Activities

३. गुठीद्वारा भएगरेका मुख्य गतिविधिहरुः

पुँवार खड्का गुठीको विधिवत् स्थापना भए पश्चात हालसम्म देहाय गतिविधिहरु सफलतापूर्वक सम्पन्न भईसकेका छन् ।

 

(क) गुठीको भवन निर्माणः गुठीको घोषित उद्देश्यहरु परिपूर्ति गर्नका लागि गुठीकै आजीवन सदस्य श्री कृष्णबहादुर खड्काबाट भवन निर्माणार्थ काठमाडौँको गोठाटार गा.वि.स. मा ६ आना जग्गा प्रदान भएको र उक्त जग्गामा गठीका संरक्षक पूर्वमन्त्री श्री खुमबहादुर खड्का लगायत अन्य पुँवार खड्का बन्धुहरुकै आर्थिक एवम् भौतिक सहयोगबाट केन्द्रीय कार्यालय भवनको निर्माण भएको छ ।

(ख) मन्दिर घरको निर्माणः गुठी भनवन कम्पाउण्ड भित्रै अग्रभागमा श्री कपिलेश्वरमहादेव र माता कात्यायनी भगवतीको मन्दिर निर्माण भएका छन् ।

(ग) प्रकाशनः गुठीको पुँवार खड्काहरुको बंशावली आजीवन सदस्यहरुका डाइरेक्टरी, “पुँवार सन्देश” नाम पत्रिका नियमित रुपमा प्रकाशन गर्दै आएको छ ।

(घ) निन्य पूजा र नवरात्री पुजाः माता कात्यायनी भगवती र श्री कपिलेश्वर महादेवको नित्य पूजा ब्राम्हणद्वारा गर्ने व्यवस्था गरिएको छ । साथै प्रत्येक बडादशैका नवरात्रीमा गुठी भवनमा जमरा राखी व्राम्हणद्वारा नित्य पूजा गरेर दशमीका दिन इच्छुक सम्पूर्ण खड्का बन्धुवान्धवहरुलाई जमरा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।


(१) छात्रवृत्तिः

(१) गुठी भवन रहेको गा.वि.स.का माध्यमिक विद्यालयबाट एस.एल.सी. परीक्षामा उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई प्रोत्साहन स्वरुप प्रत्येक वर्ष नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको छ ।

(२) व्यक्तिगत व्यवस्था बमोजिम गुठीको माध्यमबाट दोलखा जिल्लाका निम्न माध्यमिक तथा माध्यमिक विद्यालयबाट जिल्ला स्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने एक एक जना विद्यार्थीलाई पनि प्रत्येक वर्ष प्रोत्साहन स्वरुप “पदमकुमारी शैक्षिक पुरस्कार”को नामबाट नगद पुरस्कार तथा प्रमाण पत्र दिने व्यवस्था गरिएको छ ।


४. अन्य गतिविधिहरुः

(क) गुठीको साधनस्रोतले भ्याएसम्म मुलुकमा आइपर्ने दैवि प्रकोप तथा राष्ट्रिय विपत्तिमा गुठीले आर्थिक एवम् भौतिक सहयोग प्रदान गर्दै आएको छ ।

(ख) पुँवार खड्का वंशका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई समय समयमा उनीहरुले पु¥याएको योगदानको कदर स्वरुप समारोह आयोजना गरी अभिनन्दन गर्ने व्यवस्था रहेको छ ।

(ग) राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा छरिएर रहेका पुँवर खड्का बन्धुबान्धव एवम् अन्य सम्बन्धित व्यक्ति, संस्थाहरुलाई गौरवशाली पुँवार खड्का बंशको उत्पत्ति, विकास र वर्तमान अवस्था बारेको गतिविधिबारे जानकारी रहोस भन्ने हेतुले वेभसाइट निर्माण गर्ने तयारी भइरहेको छ ।

(घ) गुठीको आजीवन सदस्य÷साधारण सदस्य बन्न इन्छुक सबै पुँवार खड्का बन्धुहरुलाई प्रेरित गर्दै जाने कार्यक्रमलाई निरन्तरता दिइआएको छ ।

(ङ) विद्यमान पूर्वाञ्चल, मध्यमाञ्चल र सुदुरपश्चिमाञ्चल क्षेत्रमा पनि गुठीको जिल्ला कार्यसमितिहरु गठन गर्ने योजना रहेको छ ।

(च) शुभकामना आदान प्रदान तथा बर्धा ज्ञापन कार्यक्रमः विभिन्न महत्वपूर्ण चाडपर्व तथा पर्वहरुमा यस गुठीद्वारा चियापान, शुभकामना आदान–प्रदान गर्नुका साथै गुठीका सदस्यहरु कोही उच्च पदमा नियुक्त भएमा वा पदोन्नति भएमा बधाई दिने कार्यक्रम गर्दै आएको छ ।


५. अक्षयकोष स्थापनाः गुठीको उद्देश्य पूर्तिको लागि उदारमना दाताहरुद्वारा प्राप्त आर्थिक सहयोगबाट अक्षयकोषको स्थापना गरिएको छ । त्यसरी रकम प्रदान गर्नुभएका र अक्षयकोषका लागि पनि भविष्यमा रकम प्रदान गर्नुहुने दाता महानुभावहरुको नाम शिलापत्रमा उल्लेख गरिने व्यवस्था रहेको छ ।


६. गुठीको आह्वान

(क) मुलुकमा एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहनु भएका पुँवार खड्का बन्धुहरुलाई कुलको गौरबशाली इतिहास कायम राख्न आ–आफ्ना पुर्खा बारेको जानकारी गुठीलाई उपलब्ध गराई दिनु हुन अनुरोध गरिएको छ ।

(ख) प्रतिष्ठित पुँवार खड्का कुलमा जन्मेका खड्का बन्धुहरुबाट स्वस्फूर्तः रुपमा गठीको घोषित उद्देश्य परिपूर्ति गर्नै महान कार्यका लागि यथोचित आर्थिक सहयोग सबैबाट प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको छ ।