पुँवार सन्देश अंक 3

प्रकाशकीय

     पुँवार खड्का गुठीको अर्ध वार्षिक प्रकाशन यस पुँवार सन्देशको जन्म पुँवार खड्का गुठीको गठन, त्यसको लक्ष्य तथा उद्देश्य, भूत, वर्तमानका क्रियाकलाप र भविष्यका कार्ययोजनाहरुबारे पाठक वर्गहरुलाई जानकारी गराउने प्रयोजनबाट भएको हो । त्यसबाहेक बौद्धिक, मनोरञ्जनात्मक, खोजपरक तथा अन्य समसामयिक लेख तथ रचनाहरु प्रस्तुत गर्नु पनि यसको विषय भित्रकै कुरा हो ।
    यस प्रयोजनलाई सफल तुल्याउन गुठीको तर्फबाट भैरहेको सक्दो प्रयासका बाबजुद त्यस्ता प्रकाशन सामग्रीहरुको खडेरीले गर्दा पुँवार सन्देश अपेक्षित रुपमा रोचक अनुहार लिएर पाठकहरु समक्ष पुग्न सकिराखेको छैन, केवल आफ्नो अस्तित्वलाई थेगिराख्नसम्म मात्र सफल भएको छ ।
    पुँवार सन्देश केवल डेड वर्षको मात्र भइरहको छ । अहिले यो ताते गर्ने अवस्थामा नै भएको हुँदा पाठकवर्गबाट प्राप्त हुने लेख, रचना, विज्ञापन, आदिको खुराक दिएर यसलाई थेग्दै–थेग्दै अघि बढाउनुपर्ने अवस्था रहेको छ । त्यसैले हामीले यस अघिका अंकहरुमा पनि पाठकवर्गलाई समसामयिक लेख, रचना, विज्ञापन आदि पठाएर यसलाई सहयोग पु¥याइदिनु हुन अनुरोध गरेका थियौ । तर त्यसप्रतिको उदासिनता यथावत नै रहेको हु्ँदा यसको स्तरीय विकासमा त्यति गति आउन नसकेको महशुस भएको छ । यो पुँवार सन्देश सम्पूर्ण पुँवार बन्धुहरको आत्मिय शिशु भएको  हुँदा यसको विकासमा सहयोग पु¥याइदिनु हुन मुख्यतः पुँवारबन्धुहरुका साथै अन्य पाठकवर्गहरुमा पनि पुनः अनुरोध गर्दछौं
पुँवार खड्का गुठी
अनुसन्धान तथा
प्रचार–प्रसार उप–समिति

गतिविधि


छैठौ साधारणसभा सम्पन्न
    पँुवार खड्का गुठीको छैठौं साधारणसभा गुठीका अध्यक्ष श्री चन्द्र बहादुर खड्काको सभापतित्वमा यही २०६० साल मार्ग २७ गते शनिबारका दिन गुठीको कार्यालय का.जि. गोठाटारमा सम्पन्नभयो । जसमा साधारणसभाका सदस्यहरुको अतिरिक्त क्षेत्री समाज, राष्ट्रिय महासंघ र खड्का क्षेत्री महासमाजका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । उक्त साधारणसभाले गुठीका केन्द्रीय महासचिव श्री सहदेव खड्काले प्रस्तुत गर्नुभएको आ.व. २०५९÷०६० को वार्षिक प्रतिवेदन र केन्द्रीय कोषाध्यक्ष श्री विदुर खड्काले प्रस्तुत गर्नुभएको आ.व. २०५९÷०६० को आयव्य विवरणलाई अनुमोदन ग¥यो ।
    सामूहिक ओमकारोच्चारण्का साथ शुरु भएको उक्त सभामा केन्द्रीय सहसचिव श्री विजय सुन्दर खड्काले स्वागत भाषण र केन्द्रीय उपाध्यक्ष श्री पुस्कर बहादुर खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो । आमन्त्रित संस्थाका प्रतिनिधिहरुको तर्फबाट बोल्दै क्षेत्री समाज राष्ट्रिय महासंघको अध्यक्ष श्री बाबुरामसिंह थापाले पुँवार खड्का गुठीको कार्यमा सधै सहयोग पु¥याउने आश्वासन दिँदै गुठीको सफल भविष्यको कामना पनि गर्नुभएको थियो ।
    

साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनहरु यस प्रकार छन् ः


(क)    पुँवार खड्का गुठीका केन्द्रीय महासचिव श्री सहदेव खड्काले छैठौं साधारणसभामा प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन
    श्रीमान् सभापतिज्यू तथा साधारणसभाका
सभासदस्यहरु,
    आज पुँवार खड्का गुठीको छैठों साधारणसभामा तपाईहरु समक्ष पुँवार खड्का गुठीको वार्षिक प्रवितेदन प्रस्तुत गर्न पाउँदा मलाई ज्यादै खुशीको अनुभव भइरहेको छ । पुँवार खड्का गुठीको आ.व. २०५९÷०६० अर्थात २०५९÷४÷१ देखि २०६० असार मसान्तसम्म गुठीले गरेको काम कारवाहीहरुको प्रगति विवरण यस प्रकार प्रस्तुत छ ।
१.    गत वर्ष गठन भएको प्रचार–प्रसार उपमितिले पुँवार खड्का गुठी केन्द्रीय कार्यसमितिको निर्णयानुसार गठी सम्वन्धी अझ बढी प्रचार–प्रसार गर्ने र गुठीले गरेका कामहरु अधिराज्यभरका पुँवार बन्धुहरुमा जानकारी होस् भन्ने दृष्टिकोणले प्रत्येक ६÷६ महिनामा पुँवार सन्देश पत्रिका प्रकाशित गर्ने व्यवस्था अनुसार गत बैशाख महिनादेखि पुँवार सन्देश नामक पत्रिका प्रकाशित भएको हो । यसलाई बढी प्रभावकारी बनाउनु आजीवन सदस्यहरुबाट लेख, रचना, विज्ञापनहरु प्रचार–प्रसार उपसमितिमा उपलब्ध गराई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।
२.    विधिन्न ९ गोत्रका क्षेत्रीहरुको संगठन समावेश भई आ.व. २०५७÷०५८ मा गठन भएको खड्का क्षेत्री महासमाजको अध्यक्षता गर्ग गोत्रबाट २०६० बैशाखदेखि पुँवार खड्का गुठीले सम्हाल्ने पालो आएको हुँदा पुँवार खड्का गुठीका केन्द्रीय सदस्य श्री ललितबहादुर खड्का महासमाजको अध्यक्ष हुनु भएको छ भने श्री सहदेव खड्का महासचिव र कोषाध्यक्षमा श्री कमल खड्का रहनु भएको छ । खड्का क्षेत्रीसमाजको वर्तमान कार्यसमितिको अवधि २ वर्षको रहने छ ।
३.    यस पुँवार खड्का गुठीको प्राङ्गणमा निर्माण भएको श्री कात्यायनी भगवतीको मन्दिर र श्री कपिलेश्वर महादेवको मन्दिरको कार्य सम्पन्न भइसकेकोले गत जेठ ३० र ३१ गते विधिपूर्वक प्राण प्रतिष्ठा सम्पन्न गरी मन्दिरहरुको उद्घाटन श्री जगदाचार्य नेपाली बाबा पं. श्री तेजनाथ शर्माबाट भइसकेको विहान बेलुका नित्यपुरा गर्न गुठी घरमा बसी आउनु भएको श्री प्रेमप्रसाद शर्मालाई पुजारीमा नियुक्त गरी दैनिक पूजाआजा गर्ने कार्य चलिरहेको छ ।
४.    गुठीको प्राङ्गण अगाडिको खहरे खोलामा वर्षासमयमा बाढी आई मन्दिरको क्षति हुन सक्ने खतरा देखिएकोले त्यसम पर्खाल लगाई मन्दिरको रक्षा गर्नु आवश्यक भएको हुँदा केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार गुठीका आजीवन सदस्य श्री मुरारी खड्काको संयोजकत्वमा गठित उपसमितिले जलउत्पन्न प्रकोप नियन्त्रण विभाग र त्यसको डिभिजन कार्यालय भक्तपुरबाट प्राप्त भएको केही आर्थिक सहयोग र गुठीकै कोषबाट समेत रकम खर्च गरेर उक्त खहरेखोलामा तार जालीमा ढुङ्गा राखी पर्खाल लगाई तत्काल क्षति हुनबाट रोक नियन्त्रण गरेको व्यहोरा जानकारी गराउँदछु ।
५.    पुँवार खड्का गुठी भवन परिसरमा रहेको श्री कात्यायनी भगवती र श्री कपिलेश्वर महादेवको दैनिक पूजाआजा नित्यनिरन्तर चलाउनु पर्ने साथै गुठी भवनको भौतिक संभार पनि गरिरहनु पर्ने हुन्छ । गुठीको तत्काललाई आयस्रोत केही नभएको र गुठीको दैनिक कार्यमा खर्च चाँहि दिनानुदिन बढ्दै जाने गरेको हुँदा गुठीका अध्यक्ष श्री चन्द्रबहादुर खड्काले गुठीका सम्पूर्ण आजीवन सदस्यहरुलाई दैनिक त्यूनतम रु. १÷– का दरले आजीवन सहयोग गर्न प्रस्ताव राख्नुभएकोमा मितिः २०६०÷३÷७ गते बसेको केन्द्रीय कार्य समितिको बैटकमा व्यापक छलफल भई सर्वसम्मतिबाट स्वीकृत भएकाले २०६० आषाढ १ गतेदेखि लागू हुने गरी गुठीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु मध्ये २०६०÷३÷१ ग्तेदेखि २०६१ ऋाषाढ मसान्तसम्म १३ महिनाको न्यूनतम रु. १÷– ले हुने रु ३९५÷– प्रदान गर्नु हुनेहरुमा उपाध्यक्ष श्री पुस्करबहादुर खड्का, महासचिव श्री सहदेव खड्का, सदस्य श्री अर्जुन खड्का, सदस्य श्री मीनबहादुर खड्का, सदस्य श्री उदीराम खड्का, सदस्य श्री कृष्ण बहादुर खड्का गोठटार र १ वर्षको दिनुहुनेहरुमा सदस्य, श्री कल्याणध्वज खड्का, सदस्य श्री ईश्वर खड्का, सदस्य श्री ध्रुव खड्का,सदस्य श्री धनध्वत खड्का र आजीवन सदस्य श्री अर्जुन खड्का खोटाङ्ग रहनु भएको छ ।
यसै गरी पाँच महिनाको रकम दिनुहुनेहरुमा सदस्य श्री बोलेन्द्र खड्का, सचिव श्री कमल बहादुर खड्का र त्यस्तै ३ महिनाको रकम दिनेहरुमा सहसचिव श्री विजयसुन्दर खड्का, सदस्य श्री कमलबहादुर खड्का र सदस्य श्री भीमबहादुर खड्का हुनुहुन्छ । यस बाहेक अन्य आजीवन सदस्यहरुले पनि गुठीको लागि दैनिक न्यूनतम रु. १÷– सहयोग गरी दिनुहुन र आज यहाँ उपस्थित नहुनु भएका आजीवन सदस्यहरुलाई पनि यहाँ पाल्नु भएका सदस्यहरुले यो कुराको जानकारी गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।  
६.    पुँवार खडका गुठीको तर्फबाट विभिन्न सेवामूलक सामाजिक कार्यहरु जस्तैः छात्रवृत्ति, निःशुल्क स्वास्थ्य परिक्षण केन्द्र आदि संचालन गर्न एवं अन्य विभिन्न आवश्यक कार्यहरु गर्न समेतको लागि गुठीको स्थायी आयश्रोत बढाउनु पर्ने भएकोले हाल अक्षयकोष वृद्धि गर्नु बाहेक आय श्रोतको अर्काे विकल्प नभएको हुँदा गत वर्ष गुठीका अध्यक्ष श्री चन्द्रबहादुर खड्का तत्कालीन अध्यक्ष श्री ईश्वरबहादुर खड्का र सदस्य श्री ललितबहादुर  खड्काले अक्षयकोष राख्न दिनुभएको क्रमशः १,००,००१÷–, ३७,०००÷– र  १३,०००÷– गरी जम्मा रु. १,५०,००१÷–  गत वर्षमा नै बंैक जम्मा भएको व्यहोरा विदितै छ । गुठीको कार्यालयसँग जोडिएको जमिन खरि गर्ने कुरा चलिरहेकोमा अनेक प्रयासको बावजूद उक्त जग्गा खरिद गर्ने कुरा मिल्न नसकेकोले हाललाई जग्मा खरिद गर्ने कार्य स्थगित राखि यसा गुठीका पदाधिकारी तथा सदस्यहरुले पहिले जग्गा खरिद गर्न दिने भनी कबोल गर्नु भएको रकम अव अक्षयकोषमा जम्मा गरिदिनुहुन उहाँहरुसँग अनुरोध गर्ने भनि केन्द्रीय समितिको  बैठकले निर्णय गरेको हुँदा उक्त निर्णयको कदरगर्दै सदस्य श्री ललितबहादुर खड्काको जग्गा खरिद गर्न भनी कबोल गर्नु भएको रकम अव अक्षयकोषमा जम्मा गरिदिनुहुन उहाँहरुसँग अनुरोध गर्ने भनी केन्द्रीय समितिको बैठकले निर्णय गरेको हुँदा उक्त निर्णयको कदर गर्दै सदस्य श्री ललितबहादुर खड्कले जग्गा खरिद गर्न दिने भनी कबोल गर्नु भएको रु.८,००१÷– र त्यस्तै सदस्य श्री रामचन्द्र खड्काले आफूले जग्गा खरिद गर्न दिने भनी कबोल गर्नु भएको रकम मध्ये रु. ६,१११÷– अक्षयकोषमा राख्न हाल दिनुभएको हुँदा उक्त रकम रु. १४,११२÷– नेपाल आवास विकास वित्त कम्पनी लि. नयाँ बानेश्वरमा जम्मा भइसकेको छ ।
    सोही अनुसार केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरु र आजीवन सदस्यहरुले पनि गुठीको लागि जग्गा खरिद गर्न दिने भनी कबोल गर्नु भएको रकम  अक्षयकोषमा जम्मा गर्न दिनहुन निर्णयअनुसार हार्दिक अनुरोध गर्दछु । यस बाहेक गुठीका अन्य आजीवन सदस्यहरुले पनि आफ्नो इच्छा अनुसार स्वविवेकले अक्षयकोषमा रकम जम्मा गर्न सहयोग गरिदिनुभए गुठीको स्थायी श्रोत वृद्धिमा ठूलो सहयोग पुग्नेछ । रु ५,०००÷– र सो भन्दामाथि दिने व्यक्तिहरुको नाम शिलापत्रमा लेखिने र सोभन्दा कम दिने व्यक्तिहरुको नाम गुठीको रेकर्डमा राख्ने भन्ने कुराको पूर्व निर्णय भइसकेको हुँदा त्यस्तो रेकर्डमा राखेका नामहरु प्नि गुठीबाट प्रकाशित हुने पत्रिकामा प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।
(ख)    पुँवार खड्का गुठीका केन्द्रीय कोषाध्यक्ष श्री विदुर खड्काले छैठौं साधारणसभाम प्रस्तुत गर्नु भएको आ.व. २०५९÷०६० को आयव्यय विवरण श्रीमान सभापतिज्यू तथा साधारणसभाका सभासदस्यज्यूहरु, म केन्द्रीय कोषाध्यक्षको हैसियतले आजको यो साधारण सभामा आ.व. २०५९÷०६० को निम्नबमोजिमको आयव्यय विवरण प्रस्तुत गर्दछु । मिति ः २०५९÷४÷१ देखि २०६०÷३÷३२ सम्मको आयव्यय विवरण


आय विवरण     रकम        व्यय विवरण    रकम    
गत वर्षको बैंक बाँकी गत  वर्षको नगद मौज्दात बाँकी
(क) मूल खाताकोः– ५५३६÷६०
(ख) मन्दिरकोः– १९४५७÷–
जम्मा           २५०८३÷६०    २७३५८÷–



२५०८३÷६०    ०२



    संस्थाको नविकरण खच
पो. बक्स नविकरण र हुलाक खर्च
बैठकमा चिया, नास्ताको लागि खर्च
बिजुली महशुल खर्च
गत सालको ले.प. शल्क भुक्तानी     १३५÷–
५५५÷–
२४४१÷–
१५८९÷–
२५००÷–    




आजीवन सदस्यता शुल्क प्राप्त    ६००८÷–        सा. सभामा फोटोकपी र कम्प्युटर खर्च    १९७०÷–    ७५
विज्ञापनबाट प्राप्त     ९५००÷–        मसलन्द सामानमा खर्च    ७७३÷–    
पुँवार सन्देश पत्रिका बिक्री १५२    १५२०÷–        ढुवानी भाँडा, ज्याला खर्च    ७००÷–    
सोफा खरिद गर्न सदस्यहरुबाट सहयोग प्राप्त     
८५००÷–    
    तुल कपडा लेखाई खर्च    ८६०÷–    
पूजाको लागि सहयोग    १०२÷–        सा.सभामा प्लास्टिक प्लेट, गिलासको खर्च    
१५४०÷–    

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय भ.पु.बाट प्राप्त     
१३,३०२÷–    
    पद्मा कुमारी शैक्षिक पुरस्कार     १७०२÷–    
यस आ.व. मा बैंकबाट व्याज प्राप्त    ५६९÷–        अन्य संस्थालाई आर्थिक सहयोग
(क) क्षेत्रीहरुको महासंघ २०००÷–
(ख) खड्का क्षेत्री महासमाज ३०००÷–
जम्मा               रु. ५०००÷–    



५०००÷–    




ने.आ.वि.कं. बाट ब्याज प्राप्त    ७३४५÷४७        रेडियोमा विज्ञापन खर्च    ६७६६÷–    
अन्य सहयोग प्राप्त     १०००÷–        सोफासेट खोलसमेत खर्च    ९३०५÷–    
मन्दिरको लागि सहयोग प्राप्त    १३,१२३÷–        ताला जोर ३ खरिद खर्च    १७०÷–    
पुस्कर बहादुर खड्कालाई भुक्तानी दिनुपर्ने    ८०२७÷–        नेमप्लेट र बोर्डको लागि     ३२००÷–    
रामचन्द्र खड्कालाई बढी खर्चको भुक्तानी दिनुपर्ने     २०९३÷–        मेच टेबुलको भाँडा ज्याला    १६५०÷–    
आ.व. २०५९÷०६० को.ले.प.शुल्क भुक्तानी दिनुपर्ने    २५००÷–        पुँवार सन्देश पत्रिका छपाई     ६५००÷–    
अक्षयकोषको लागि सहयोग प्राप्त     १,५०,००१÷–        क्षेत्रीय समाजको विधान खरिद     ६१÷–    
            विविध फुटकर खर्च     ६६६÷–    
            रामचन्द्र खड्कामार्फत खर्च
मन्दिरको लागि सिमेन्ट,  ब्रुस
मार्वल र शिलालेख खर्च
रङ्ग रोगनको सामान
ज्यालाको लागि खर्च
मन्दिरको लागि विविध सामान
पुष्कर बहादुर खड्काबाट पुजाको लागि विविध खर्च
लेखा परीक्षण शुल्क ०५९÷०६० का
रा.वा.बैंकमा मौज्दात बाँकीे
नेपाल आवास विकास कं.मा बाँकी
नगद मौज्दात बाँकी मूल खाताको     
८४५÷