Publication
Notice
पुँवार सन्देश अंक २
पुँवार खड्का गुठी २०५४
प्रकाशकीय
पुँवार खड्का गुठीको प्रकाशनको रुपमा “पुँवार खड्का सन्देश” को पहिलो अंक गत बैशाख महिनामा प्रकाशित भएको थियो । प्रकाशनलाई निरन्तर तथा नियमितता प्रदान गर्ने हाम्रो उद्देश्य रहेको हुँदा पहिलो प्रकाशनलाई ६ महिनाभित्रै दोश्रो कअंक प्रकाशित गर्ने प्रयास गरिएको छ ।
प्रकाशनको सुरुसुरुको दिन भएको र अनुभवको कमी तथा प्रकाशन सामग्री जुट्ने कठिनाई जस्ता कतिपय कारणले गर्दा यस दोश्रो अंकलाई पनि अपेक्षित रुपमा स्तरीय किसिमबाट पाठकसमक्ष ल्याउन समर्थ भएका समर्थ भएका छैनौं । तर पनि हाम्रो प्रयास जारी रहनेछ । यस प्रकाशनलाई सफलता दिलाउन पाठक वर्गबाट पनि सुझाव तथा प्रकाशन सामग्रीहरु प्राप्त भैरहनेछ भन्ने आशा तथा विश्वास राखेको छौं । ।
पुँवार खड्का गुठीद्धारा महासमाजको अध्यक्षता
विभिन्न ९ गोत्रका खड्का क्षेत्रीहरुद्धारा ष्सठत ९ वटा संस्थाहरु आवद्ध गठन भई २०५९ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा द.नं. ८९४ मा दर्ता भएको खड्का क्षेत्री महासमाजका पुँवार खड्का गुडी पनि संस्थापनकाल देखिनै आबद्ध रही आएको हो । उक्त महासमाजको विधान अनुसार त्यसमा आबद्ध भएका संस्थाहरुले दर्ता मितिको क्रम अनुसार महासमाजको अध्यक्षता प्रत्येब २ वर्षको लागि गर्ने व्यवस्था अनुसार २०६० साल बैशाखदेखि आगामी २ वर्षको लागि यसको अध्यक्षता पुँवार खड्का गुठीबाट हुँदै आएको छ ।
हाल यसको कार्यसमितिको अध्यक्षमा श्री ललितबहादुर खड्का, महासचिवमा श्री सहदेव खड्का र कोषाध्यक्षमा श्री कमल खड्का रहनुभएको छ । उहाँहरु क्रमशः पुँवार खड्का गुठीको केन्द्रीय सदस्य, केन्द्रीय महासचिव र सचिव पनि हुनुहुन्छ ।
पुँवार खड्का गुठी महासंघमा आबद्ध
क्षेत्री समाजभित्रका विभिन्न थर वंशका संस्थाहरुबीच छाता संस्थाको रुपमा रहने गरी २०५९ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयको द.नं. ७५२ मा दर्ता भएको क्षेत्री समाज राष्ट्रिय महासंघमा विभिन्न २५ वटाभन्दा बढी क्षेत्री वंशका संस्थाहरु आबद्ध रहेको र त्यसमा पुँवार खड्का गुठी पनि संस्थापक संस्थाको रुपमा आबद्ध रहेको छ ।
२०६० साल जेष्ठ २७ गते सम्पन्न भएको उक्त महासंघको प्रथम साधारण सभाको अधिवेशनबाट श्री चन्द्रबहादुर खड्का कार्यसमितिको उपाध्यक्षमा र श्री कमल बहादुर खड्का सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँहरु क्रमशः पुँवार खड्का गुठीको केन्द्रीय अध्यक्ष र सदस्य पनि हुनुहुन्छ ।
मन्दिर उद्घाटन सम्पन्न
पुँवार खड्का गुठीको कार्यालय परिसरभित्र निर्माण गरिएको श्री कात्यायनी भगवती र श्री कपिलेश्वर महादेवको दुई मन्दिरहरुको उद्घाटन कार्य श्री विन्ध वासिनी आध्यात्मिक संद्धका प्रमुख संस्थापक श्री जगदाचार्य नेपाली बाबा पं. तेजनाथ शर्माबाट २०६० साल जेठ ३१ गतेका दिन सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि श्री नेपाली बाबालाई गुठीका अध्यक्ष श्री चन्द्रबहादुर खड्काले स्वागत गर्नुभएको थियो ।
उद्घाटन पश्चात् कार्यालयमा भएको संक्षिप्त कार्यक्रममा प्रमुख अतिथिले आशीर्वचन पनि प्रदान गर्नुभएको थियो । मन्दिरहरुको उद्घाटन अघि दुईदिन लगाएर श्री कात्यायनी भगवती र श्री कपिलेश्वर महादेवको प्राणप्रतिष्ठा पनि गरिएको थियो । देीनक पूजा संचालनको लागि बैधानिक रुपबाट एक पुजारीको नियुक्ती पनि गरिएको छ ।
तटबन्ध निर्माण
पुँवार खड्का गुठीको कार्यालय भवनको पश्चिमतर्फ रहेको खहरे खोला त्यहाँ सडक निर्माण गरिएको कारण गुठीको जग्गातर्फ ढेपिई गुठीको जग्गा र मन्दिरहरुलार्य समेत त्यसबाट क्षेति पुग्न सक्ने सम्भावना देखिएको हुँदा गुुठीको जग्गा तथा मन्दिरहरुलाई खहरेबाट बचाउनको लागि तार जालीमा ढुङ्गा भारी तटबन्ध निर्माण गर्ने काम २०६० श्रावण महिनामा सम्पन्न गरिएको छ । त्यस कार्यको लागि श्री ५ को सरकारको सम्बन्धित विभागबाट पनि केही आर्थिक सहयोग प्राप्त भएको थियो ।
गुठीका थप आजीवन सदस्यहरु
पुँवार खड्का गुठीको उद्देश्य तथा कार्यक्रमप्रति आस्था राखी निम्न महानुभावहरु निम्न मितिमा आजीवन सदस्य बन्नु भएको छ । गुठी उहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।
क्र.सं. नाम वतन मिति
१. श्रीमती उषा खड्का दोलखा जिल्ला, हा का.जि.थापाथली २०६०÷२)९
२. श्री शालिग्राम खड्का उदयपुर, ठोकसिला २०६०÷२२÷३१
३. श्री श्यामबहादुर खड्का दोलखा लादुक, हाद का.जि.बानेश्वर २०६०÷४÷५
४. श्री टहल बहादुर खड्का दोलखा, नाम्दु ६ २०६०÷४÷१२
५. श्रीमती निर्मला कुमारी खड्का दोलखा, चिलंखा हाल जोरपाटी २०६०÷४÷२८
६. श्री हेमबहादुर खड्का दोलखा,पेगु, हाल का.जि. बानेश्वार २०६०÷६÷५
पुँवार खड्का गुठी केन्द्रीय समितिको अनुरोधः–
पुँवार खड्का गुठीका सम्पुर्ण आजिवन सदस्यहरुले दैनिक एक रुपैया गुठीको सहयोगार्थ आजीवन प्रदान गरी गुठीलाई स्थायित्व र यसद्धारा भविष्यमा हुने सेवामूलक कार्यहरुलाई निरन्तरता प्रदान गर्न गुठीको अध्यक्ष श्री चन्द्रबहादुर खड्काले “दैनिक एक रुपैयाको दान गुठीको लागि महादान” भन्ने भावना साथ २०६० साल असार ७ गतेको कार्य समितिको बैठकमा प्रस्तुत गर्नभएको प्रस्ताव बैठकद्धारा पारित भई सो अनुरुप गर्न सबै आजीवन सदस्यहरुलाई अनुरोध गर्ने भन्ने निर्णय भए अनुरुप केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले २०६० साल असार १ गतेको मिति देखिनै दैनिक रु.१÷– (एक रुपैया) का दरले जम्मा गरी प्रत्येक ३÷३ महिनामा केन्द्रीय समितिमा बुझाउने कार्य समेत प्रारम्भ भइसकेको छ ।
यस पवित्र कार्यद्धारा गुठीको आर्थिक सुदृढीकरणमा थप योगदान मिल्ने विश्वास गुठीप्रति सद्भाव र सहयोग दर्शाउने सबैको रहेको छ ।
अतः उक्त निर्णय अनुसार आजीवन दैनिक रु. १÷– (एक रुपैया) गुठीको नाममा छुट्याएर त्यसरी संकलित रकम प्रत्येक ३÷३ महिनामा केन्द्रीय कोषाध्यक्ष वा सह–कोषाध्यक्षतर्फ गुठीको कोषमा वा सिधै राष्ट्रिय वाणिज्य बैंक गौशालामा रहेको गुठीको बचत खाता नं. १२६९१ मा जम्मा गराई गुठीको दिगो सहयोग पु¥याइदिनु हुन सम्पूर्ण आजीवन सदस्यहरुमा अनुरोध गरिएको छ ।
पुँवार परिवारको संक्षिप्त परिप्रेक्ष
– हरि बंदी खड्का
अतीततिर फर्कदा
भारतको उज्जैन, धरानगरीदेखि नेपाल प्रवेश गरेपछि हाम्रा पुँवार वंशी पूर्वजहरु पश्चिम नेपालदेखि पूर्वी नेपालका हिमाली भेक, पहाडी क्षेत्र तराई चारैतिर फैलिए । एक अनुमान अनुसार खड्काहरुको जनसंख्या नेपालमा हाल सोह्र लाखभन्दा बढी छ भनिन्छ । निश्चय पनि नेपाल मातृभूमिको विकासका सबै क्षेत्रमा पुँवार वंशी खड्काहरुको बहुपक्षीय योगदानले मुलुकको अतीत गौरवान्वित छ । विशेष गरी सैनिक सेवा, कृषि, उद्योग, शिक्षण स्वास्थ्य आदि जीवनक सबै पक्षमा पुँवार वंशी खड्काहरुले जिम्मेवारी र कुशलता पूर्वक अत्यन्त महत्वपूर्ण योगदान पु¥याई आएका छन्
भारतदेखि नेपाल र नेपालभित्र पनि जीवनका उकाला–ओरालाहरुमा संघर्षरत रहँदै तत्कालीन विकट भौगोलिक परिस्थितिमा यत्रतत्र छरिएर रहँदा कति चुनौती, कति कठिनाई, हाम्रा पूर्खाहरुले भोग्नु प¥यो होला, केवल कल्पना र अनुमानको षिय बन्न सक्छ । उपलब्त्र ऐतिहासिक दस्तावेजहर, सामाजिक–राजनीतिक घटनाक्रमबाट स्पष्ट हुन्छ । यी पुर्खाहरुले जुनसुकै मुल्यमा पनि सयोत्री जातीय कुल परम्पराको आत्म स्वाभिमानको गौरब वर्चस्व कायम गर्दै योगिन्द्र नरहरि–भूपालको यो भनाई
परिवर्तिनि संसारे मृतः को वा न जायते
स जातो ऐन जातेन याति वंश समुन्नतिम् ।
पाई सार्थक सिद्ध गरी दिएको छन् ।
वर्तमानलाई नियाल्दा
वर्तमान कालमा पुँवार वंशीय खड्का क्षेत्रीहरुको व्यक्तिगत, सामाजिक गतिविधिको औपचारिक गतिविधि वृहत लोखाजोखा आँक्ने सामग्री उपलब्ध हुन सकेको छैन । व्यापक रुपमा यस सम्वन्धी चासो अध्ययन, अनुसन्धान हुनुपर्ने ठूलो खाँचो छ । २०४४ सालमा “चिलंखे खड्का गुठी” को स्थापना हुनु र यस गुठीको अग्रगामी क्रम कडीका रुपमा चिलंखे खड्का गुठीको नवौं साधारण सभाले अधिराज्भरि छरिएर बसोबास गरेका सबै पुँवार खड्काहरुलाई समेट्ने उदार उद्देश्य राखेर पूर्व गुठीको नाममा संशोधन तथा परिमार्जनका साथ “पुँवार खड्का गुठी” राखेको र यो गुठी हाल उत्तरोत्तर प्रगतिको दिशामा कार्यरत छ ।
वैयक्तिक स्तरमा वर्तमान सन्दर्भमा पुँवार वंशी खड्काहरु मुलुकको राजनीति, प्रशासन, प्रहरी तथा निजामती सेवा, धर्म, शैक्षिक स्वास्थ्य, उद्योग सृजनात्मक अर्थात पेशागत विविध क्षेत्रमा उल्लेखनीय रुपमा स्वदेशको सेवामा ठूलो संख्यामा सहभागिता गरिरहेका छन् । यस तथ्यलाई सिमित स्तरमा भए पनि हालसम्म प्रकाशित जातीय एवं व्यक्तित्व परिचय र प्रकाशोन्मुख वंशावली एवं अन्य परिचयात्मक सूचना सामग्रीले केही जानकारी जनसमक्ष पु¥याउने अपेक्षा राखिनु स्वभाविक हुनेछ । “पुँवार खड्का गुठी” कार्य
द्धारा निर्दिष्ट उद्देश्यहरु अनुरुप गुठीले क्रमशः थालेका समुदाय सेवा कार्यक्रमहरुमा संगठात्मक प्रतिबद्धता, शैक्षिक सेवा प्रबद्र्धन, धार्मीक अनुष्ठान आदि कार्य सामजिक सहभागिताका उल्लेखनीय उदाहरणहरु हुन् भने भविष्यका लागि आयोजित बहुउद्देश्यीक सेवाका विस्तृत पक्षहरुलाई मूर्त स्वरुप दिने अभियानतिर गुठी अग्रसर र तत्पर रहनु उज्यालो शुभ लक्षण मान्न सकिन्छ ।
भविष्यतिर चियाउँदाः
पुँवार खड्का वंशीहरुले सविस्तारित आफ्ना बान्धबहरुको व्यक्तिगत र सामूहिक उन्नतीका उन्नायक समस्त गतिविधिहरुलाई कार्यमूलक दिशातिर उन्मूख गराउने व्यावहारिक योजनाहरु विवेकपूर्ण रुपमा तर्जुमा गर्ने, वंशगत एकता सूत्रलाई सुदृढ गर्दै लैजाने, स्ववंशीय कमजोर तथा पछि परेका बन्धु बान्धवबो सामाजिक, आर्थिक तथा स्वस्थ्य एवं बौद्धिक विकासका लागि प्रेरणात्मक सामुहिक कार्यक्रमहरु स्थानीय स्तरदेखि क्रमशः राष्ट्रियस्तरसम्म सञ्चालन गर्नुपर्ने समयको माग छ । यस अन्तर्गत निःशुल्क अथवा न्यून शुल्क चिकित्सा सेवा, जेहेन्दार, असहाय, गरीब विद्यार्थीका लागि छात्रबृत्ति व्यवसथा, राजधानीमा सहुलियत दरमा घुकालीन आवास व्यवस्था जस्ता कतिपय सम्भावनाहरु उपर सोच र सक्रियता बढाउन सकिने पक्षहरु थुप्रै छन् । यस बहुद्देश्यीक कल्याणकारी कार्यक्रमहरुमा व्यक्तिगत तथा सामुहिक योगदानमा मानसिक, आर्थिक, भौतिक आदि सबै किसिमको सक्रियता स्वागतयोग्य स्तुत्य कदम हुनेछ ।
सयोत्रीय बन्धुहरुमा स्थानीय प्रभाव वा अन्य कारणले सांस्कृतिक प्रचलनहरुमा कूल देवताको पूजा जस्ता प्रथा कसैले गरी आएको र कसैले नगर्ने गरेका विविधता पाइन्छ । यस्ता अन्य कतिपय व्यवहार प्रचलनलाई प्रकाश पार्ने सूचनाको सम्प्रेषण संचार गर्न सकिएमा परस्परको सम्बन्धमा समझदारीपूर्ण प्रगाढ स्नेह सम्वन्धमा शास्वत अभिबृद्धि भइरने कुरा निर्विवाद छ । भौगोलिक दूरी र समुदायगत सूचना संचारको अभावमा विद्यमान विषमतालाई समतामा बदल्ने र संवादहीनताको सीमित स्थितिमा सुधार ल्याई निरन्तरको सुदृढ सम्पर्कबाट व्यापक जातीय उत्थानको साथै अहिले असम्भव लाग्ने कतिपय महत्व कांक्षी योजना समेत भविष्यमा लागू गरेर समकालीन अन्य नेपाली बन्धुहरुका बीच प्रेरणात्मक प्रोत्सहानको आर्दश मूलय स्थापना पनि विस्तार गर्न सकिने छ ।
तीर्थयात्राको नालीबेली
–चन्द्रबहादुर खड्का
दक्षिण भारतका केही तीर्थस्थलहरुको दर्शन गनृे उद्देश्य राखेर ४२ जनाको एक टोली गत २०६० साल आश्विन १२ सोमबारका दिन स्थानीय गौशाला नजिकको तिलगंगाबाट विहान ७ ः२० को समयमा लु.अ.अ. ३१४५ नम्बरको बसद्धारा भैरहवातर्फ प्रस्थान गयौं । सो तीर्थयात्रा कार्यक्रम गौशालास्थित भागिरथी तीर्थयात्रा समितिले संचालन गरेको थियो र हाम्रो टोली साथ तीर्थयात्रा गराउनको लागि त्यस समितिका गोपाल टण्डन र उनको सहायकको रुपमा टिका पौड्याल र रक्सौलका राम (रामसिंह) गएका थिए ।
तीर्थयात्रा कार्यक्रम स्वतन्त्र तथा व्यक्तिगत आधारबाट तयार गरिएको थियो, तापनि संयोगवश यसमा पुँवार खड्का गुठीसँग सम्वन्धित केही व्यक्तिहरु पनि समावेश थियौं । जसमा यस संस्मरणका लेखक (चन्द्रबहादुर खड्का, अध्यक्ष पुँवार खड्का गुठी) का अतिरिक्त उक्त गुठीका उपाध्यक्ष श्री पुष्कर बहादुर खड्का र उहाँको श्रीमती, गुठीका पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहाकार श्री हरि बहादुर खड्का र केन्द्रीय सदस्य श्री बोलेन्द्र बहादुर खड्का तथा उहाँको श्रीमती, केन्द्रीय सदस्यहरु श्री चन्द्रबहादुर खड्का र उहाँको श्रीमती, आजीवन सदस्य श्री रामेश्वर खड्काहरु हनुहुन्थ्यो । यस अतिरिक्त उक्त टोलीमा खड्का समाज राष्ट्रिय महासंघका केन्द्रीय सदस्य श्री शुरेश सिंह देउजा तथा उहाँको श्रीमती, पूर्व डी.आई.जी. श्री बलेन्द्र बहादुर सिंह तथा उहाँको श्रीमती, गौशाला निवासी श्री सुजनकुमार खड्का तथा उहाँको श्रीमती प्रभा खड्का, दोलखा जिल्लाका श्री इन्द्रशंकर आचार्य, श्री अमृत बहादुर पाण्डे, श्री गणेश बहादुर बस्नेत, सुनिता रिसाल, बबरमहल निवासी श्री पुनम प्रधान तथा उहाँका परिवारका सदस्यहरु, रामकोटका अर्जुन गिरी, तोयम रायमाझी र उहाँको श्रीमती समेतका अन्य केही व्यक्तिहरु पनि रहनु भएको थियो ।
विहानीको चिसो हावाको साथसाथै बस आफ्नो गन्तव्यतर्फ अगाडि बड्यो । पृथ्वी राजमार्