पुँवार सन्देश अंक 4

प्रकाशकीय

सहयोग योगदानको अपेक्षा

    पृावार खड्का गुठीको यो चौथो पुष्प पाठकहरुको हातमा अर्पेका छौं । यहाँ पुष्पहरु मात्र नभई सम्भवतः पतकरहरु पनि साथमा होलान् । हाम्रो अभीष्ट कामना त श्रेष्टतम पुष्पहरुको संग्रह संकलन प्रस्तुत गर्नु रहेको थियो । परन्तु परिस्थितिले साथ दिइरहेको अनुभव हामीलाई भई रहेको छैन । परन्तु परिस्थितिले साथ दिइरहेको अनुभव हामीलाई भई रहेको छैन । लेखक–पाठकहरुसँग बारम्बार निवेदन गरी रहँदा पनि अपेक्षित सहयोग हामीलाई प्राप्त भइरहेको छैन । यसमा हाम्रा पनि कमिकमजोरी नहोलान् भन्न सकिदैन ।
    हाम्रो यस प्रकाशनबाहेक अन्य सञ्चारमाध्यमद्धारा पनि हामीले राजधानी बाहिरका आफ्ना बन्धु बान्धक शुभेच्छुक मित्रहरुलाई यसबारे पर्याप्त अनुरोध गर्न सकिरहेका छैनांै । हालको सीमित साधनस्रोतले त्यो हुन सम्भव भइरहेको छैन । यो स्थिति भविष्यसम्म नरहोस् । त्यसका लागि हामी सबैको बलियो हालेमालोको अपेक्षा गछौं ।
    प्रस्तु अंक के कस्तो रहेको छ, कृपया लिखित–मौखिक प्रतिक्रिया दिई समसामयिक सुधार र प्रगतिका लागि सहयोगको कामना हामी सबैसँग पुनः गर्दछौं ।

पुँवार खड्का गुठी


अनुसन्धान तथा
प्रचार–प्रसार उप–समिति
 

गतिविधि

पुँवार खड्का वंशावली प्रकाशित



    चिरप्रतिक्षित पुँवार खड्का वंशावली यही २०६१ साल आश्विन २ गतेका दिन झापा माइधारको कोटीहोमस्थलमा झापा बिर्तामोड निवासी वयोवृद्ध ९० वर्षिय श्री जयबहादुर खड्काबाट विमोचन गरिएको थियो । अन्दाजी छ सय खड्का बन्धुहरुको उपस्थितिमा सम्पन्न भएको उक्त विमोचन समारोहमा पुँवार खड्का गुठी वंशावली प्रकाशन उपसमितिका श्री ऋद्धिबहादुर खड्का, वंशावली लेखक श्री भीमप्रसाद भट्टराई र वंशावली संकलन कार्यमा सघाउनु हुने श्री कृष्णबहादुर खड्कालाई अभिनन्दन पनि गरिएको थियो ।
 

गुठीका थप आजीवन सदस्यहरुः–


    पुँवार खड्का गुठीको उद्देश्य तथा कार्यक्रमप्रति आस्था राखी निम्न महानभावहरु निम्न मितिमा आजीवन सदस्य बन्नु भएको छ । गुठी उहाँहरुको हार्दिक स्वागत गर्दछ ।
क्र।सं।    नाम,थर    वतन    मिति
१।    श्री रहरबहादुर खड्का    दोलखा,चिलंखा गाविस–६    २०६१÷१÷१६
२।    श्री लवकुमार खड्का    दोलखा, लादुक गाविस–२    २०६१÷५÷२६
३।    श्री नरेन्द्रकुमार खड्का    दोलखा, लादुक हाल भी।न।पा। १३    २०६१÷६÷२७

अक्षयकोषको लागि थप सहयोग
    गत २०५८ साद फाल्गुण १६ गतेको केन्द्रीय समितिको निर्णयनुसार स्थापना गरिएको पुँवार खड्का गुठीको अक्षयकोषको लागि थप निम्न महानुभावले निम्न मितिमा निम्न अनुसारको रकम प्रदान गर्नुभएको छ ।

क्र।सं।        नाम,थर            वतन            मिति            रकम
१।        श्री विदुर खड्का,     ल।पु।कुसुन्ती       २०६०÷११÷८     रु। १११११।११


शुभकामना
–पुष्पकर खड्का
    जहान परिवार सम्पत्ति छाडेर जानु छ आखिरमा ।
संसार, शरीर अनित्य छ । बुझिलिनु प्राणी सबै जीवमा ।।
आखिर सब यो बुझर जनले सदा होसियार रही ।
धर्म कीर्ति गरेर रहनु सज्जन मनुष्य झैं ।।

नेपाल र नेपालीको माया ममता गरेन ।
नेपालीले नेपालीलाई मार्ने कुप्रयास छोडेन ।।
    बुद्धको देश शान्तिको क्षेत्र सबैको नेपाल ।
हे दाजु १ भाइ÷ गरेरदेखाउ कर्तव्य पालन ।।
    

    इश्वरसँग कुकार गर्दै शान्तिको कामना ।
गरौंन भाई, गरौंन बहिनी यो शुभकामना ।।
    पुँवर खड्काबन्धु परिवार सहित आम नेपालीमा ।
२०६१ साल विजया दशमीको हार्दिक शुभकमना ।।



संस्मरण
बद्री केदार यात्रा–एक भ्रमण एक अनुभव
–चन्द्रबहादुर खड्का
    यस पाठकको मुख्यतः बद्री, केदारको दर्शन र तीर्थश्राद्ध सम्पन्न गर्ने उद्देश्य राखेर गर्न लागिएको थियो । भागीरथी तीर्थ यात्रा समितिले हरिहर क्षेत्र, पुनपुन, गयाका साथै उत्तर प्रदेशका अन्य केही तीर्थ स्थलहरु लगायत बद्री, केदारसमेतको यात्रा गराउने कुरा थाहा पाएपछि यस संस्मरणको लखकले पनि उक्त समितिमार्फ नै जाने विचार गरे । यसभन्दा अघि पनि दुईपटक यसै समितिमार्फत भारतको तीनधाम, गंगासागर आदिको यात्रा गरिरहेको हुँदा यसका सञ्चालक तथा व्यवस्थापकहरुसँग विशेष परिचय भइसकेको थियो । समितिका व्यवस्थापक यस पटकको तीर्थयात्रा बसद्धारा गराउने पक्षमा थिए भने हामी केही यात्रीहरु चाँहि रेलद्धारा यात्रा गर्ने पक्षमा थियौं । आपसी सल्लाहपछि २५ जवान यात्रीहरु बसद्धारा जाने र यस लेखकसमेत ६ जवान हरिहर क्षेत्र, पुनपुन, गयातर्फको यात्रा रेलद्धारा पूरा गरेर अरु यात्रुहरुसँग हरिद्धारमा भेट गरी त्यहाँबाट त्यही बसद्धारा यमनोत्री, गंगोत्री, केदार बद्रीको दर्शन गर्न जाने भन्ने टुङ्गो भयो ।
    त्यसै अनुसार बसद्धारा जाने यात्रीहरु २०६१ साल जेठ १ गते प्रस्थान गरे भने यस संस्मरणका लेखक पुँवार खड्का गुठीका केन्द्रीय अध्यक्ष श्री चन्द्रबहादुर खड्का, सोह िगुठीका आजीवन सदस्य तथा मध्यमाञ्चल निर्देशक उपसमितिका का।वा। अध्यक्ष श्री गजेन्द्रबहादुर खड्का, उहाँको श्रीमती कल्याणी खड्का, दोलखा जिल्ला खोपाचाँगु गाविस–९ का श्री परमानन्द दाहाल, श्री गणेश प्रसाद दाहाल र सोही जिल्ला बाब्रे गाविस–८ का श्रीमती तुलसी माया खतिवडासमेत ६ जवान जेठ २ गते शनिबार मकालु यातायातको बस नं। १३१३ द्धारा बिहान ९ः१० बजे काठमाडौंको कलंकीबाट वीरगञ्जतर्फ प्रस्थान गयौं र बेलुका ५ः१० बजे वीरगञ्ज पुगेर त्यहाँको अशोक गेष्ट हाउसमा बस्यौं । तीर्थयात्रा समितिको तर्फबाट हामीसँग जाने रक्सौलका रामसिंह ९रामु० पनि यात्रामा सम्मिलित हुन त्यहि आइपुगे । तर बन्दको सिलसिलामा जेठ ३ गते सडक अबरुद्ध गर्ने कार्यक्रम रहेको भन्ने हल्लाको कारण हामी निश्चित समयभन्दा एक दिनअघि नै काठमाडौंबाट हिँड्नु परेको र रेलको टिकट ४ गतेको लागि मात्र आरक्षित भएको हुँदा हामीलाई २ दिन वीरगञ्जमे बस्नु परेको थियो ।
    जेठ ४ गते सोमबारका दिन निर्धारित कार्यक्रम अनुसार हामी बिहान ६ बजे पूर्वमध्य रेल्वेको रक्सौल–मुजफ्परपुर–हाजिपुर चल्ने रेलद्धारा प्रस्थान गरी ११ बजे हाजिपुर जक्सनमा उत्रियौं । त्यहाँबाट अटोसिक्सा लिएर हामी मध्यान्न १२ बजेतिर हरिहर क्षेत्र पुगी हरिहर भगवानको दर्शन गरेर त्यहाँबाट पुनपुनतर्फ अघि बढ्यौं । अपरान्ह लगभग ३ बजेको समयमा पुनपुन पुगी श्राद्ध गर्नेहरुबाट त्यहाँ मुण्डन तथा श्राद्ध गरियो । पुनपुनमा श्राद्ध गर्ने प्रचलन सम्वन्धमा त्यहाँको पण्डासँग  जानकारी ,लँदा हाल भारतको झारखण्ड राज्यमा पर्ने प्लामु भन्ने स्थानमा एकपटक च्यवन ऋषित पस्या गरेर सबेका थिए । कारणवश तपस्याबाट उनले आँखा खुल्दा आफ्नो अगाडि राखेको जलपात्रको पानी पोखिएको देखेर ऋषित पस्स्या गरेर बसेका थिए । कारणवश तपस्याबाट उनको आँखा खुल्दा आफ्नो अगाडि राखेको जलपात्रको पानी पोखिएको देखेर ऋषिले पुनःपुन भन्ने शब्द निकाल्दा त्यहाँ नद प्रकट भई बग्न लागेको हुँदा त्यहाँ नदीको नाम पुनपुन रहनु गएको हो भन्ने जानकारी पाइयो ।
    त्यसबाहेक यसबारे अर्को कथन पनि रहेछ । एक समय त्यस आदिगंगाको नजिकै पुनपुनीया नाम गरेकी एक वेश्यया बस्दथी । त्यस पुनपुनीया वेश्याले आफ्नो जीवनबाट दिक्क भएर श्रीविष्णु भगवानको तपस्या गरेर भगवानलाई खुसी बनाएको हुँदा विष्णु भगवानले उनलाई बर माग्ने आग्रह गरेपछि ती वेश्याले मेरो शरीरलार्य छोएर आजसम्म जति मनुष्य पानी बने, त्यो भन्दा धेरै मनुय मेरो शरीरको स्पर्शबाट बैकुण्ट पुगून् भन्ने वर मागेपछि भगवानले आजदेखि यो आदिगंगा तिम्रो नामबाट प्रख्यात हुनेछ र यहाँ स्नान, तर्पण, पिण्डदान गर्नेहरु आफ्नो पितृ सहित वैकुण्ठवास गर्नेछन भनी वरदान दिएपछि त्यही नदीमा आफ्नो  शरीर त्याग गरेर बैकुण्ठ भएको हुँदा त्यस आदिगंगाको नाम पुनपुन भएको भन्ने पनि किंवदन्ती सुन्न पाइयो ।
    श्राद्धकार्य सम्पन्न गरेर त्यहाँका प्रस्थान गरी हामी साँझ ५ः३० बजेतिर पटना जक्सनमा उत्रियौं । पटनाबाट गयाको लागि रेलको टिकटको अग्रिम आरक्षण भइसेको हुँदा हामी राती ११ बजेको समयमा गया–दामोदर एक्सप्रेसद्धारा गयाको लागि प्रस्थान गरेर रातको १ः३५ बजे गया जक्सनमा उत्रियौं । हामीलाई त्यही नै नेपाली पण्डका सिपाहीले फेला पारिसकेका थिए । हाम्रो यो गयायात्रा पहिलो पटकको भएको र आफूहरु त्यहाँको लागि विल्कुल नौलो भएको हुँदा उज्यालो भएपछि निजसँगै जाने कुरा भयो । त्यहाँ नेपाली पण्डको मानिसहँग संयोगवश हाम्रो भेट भएको होला भनी ठानेर हामी खुशी भएको थियौं । तरपछि थाहा भयो कि त्यो संयोग होइन रहेछ । स्टेशनमा आएर त्यहाँ आएका नेपाली यात्रुहरुलाई खोजी–खोजी जम्मा पारेर पण्डाकहाँ पु¥याउनु उसको दैनिकी नै रहेछ ।
    भोलिपल्ट जेठ ५ गते मंगलबारबा दिन बिहान ५ः१५ बजे अटोरिक्साद्धारा पण्डाको सिपाहीको अगुवाइमा गया जक्सनबाट प्रस्थान गरेर हामी ७ बजेतिर नेपाली पण्डाको घरमा पुग्यौं । गयाको फल्गुनदीमा स्नान गरेर त्यहाँ तर्पण पिण्डदान आदि पितृकार्य गरमा आफ्ना पितृहरु प्रेतयोनीबाट तर्छन भन्ने हाम्रो धार्मिक मान्यता भएको  हुँदा मालसामान पण्डको घरमा राखेर हामी सिधै नदीतर्फ लाग्यौं । यस मौसममा नदीमा पानी नभई केवल बालुवामात्र हुँदो रहेछ । त्यही बालुवामा ठाउँठाउँमा खाल्डो खनेर निकालेको पानीबाट काम चलाइदो रहेछ र हामीले पनि त्यही अनुसार श्राद्ध कार्य सम्पन्न ग¥यौं । त्यसपछि नदीपारी गएर त्यहँ रहेको सीता कुण्डका अतिरिक्त अन्य केही स–साना मन्दिरहरुमा रहेका देवीदेवताहरुको दर्शन गरियो । त्यसपछि बेलुका चाँहि त्यहाँको विष्णुपद मन्दिरममा गई दर्शन गर्ने काम भयो जुन रमाइलो वातावरणमा सम्पन्न भयो ।
    फाल्गुनदीमा पानी नहुनुको कारणबारे त्यहाँ सोधनी गर्दा केही मौसमको कारण भने अन्य केहीबाट चाँहि एक समय श्रीराम, सीता र लक्ष्मण श्राद्ध गर्ने इच्छाबाट गया पुग्नु भएको थियो । श्राद्ध गर्ने सामान्य त्यहाँ नभएको हुँदा राम, लक्ष्मण सामन लिन गएको अवस्था पारी दशरथ महाराज आएर सीतासँग पिण्ड दिन आग्रह गरेको हुँदा सीताले केही सामान उपलब्ध नभएको कारण त्यही नदीको बालवाको पिण्ड बनाएर दिएपछि दशरथ फर्की गएछन् । केही समयमा राम, लक्ष्मण फर्की आएपछि सीताले त्यो कुरा बताउँदा रामले नपत्याएको हुँदा सीताले फल्गु दीलाई साक्षीको रुपमा बताई दिन आग्रह गर्दा फल्गु नदीले झुट्टो बालेको कारण रिसाएर सीताले ‘तिमीले झुट्टो बोल्यौं त्यसैले तिमीले जमिनमुनि जानु परोस्’ भन्ने श्राप दिएको कारण नदीको पानी जमिन भित्रभित्र बग्ने गरेको हो भन्ने पनि सुनियो ।
भोलिपल्ट जेठ ६ गते बुधबार बिहान ७ः३० बजेको समयमा अटोरिक्सा लिएर हामी बुद्धयगातर्फ लाग्यौं । त्यहाँ पुगेर महाबोधी बिहारसमेत बुद्ध भगवानको सम्मानमा विभिन्न देशहरुबाट बनाइएका विभिन्न ढाँचा र प्रविधियुक्त मन्दिरहरुका साथै महावोधिवृक्षको समेत अवलोकन गर्ने मौका मिल्यो । जसको छेउमा हिन्दी भाषामा ‘राजकुमार सिद्धार्थले ६२३ इ।पु। वैशाखी पूर्णिमाका दिन यसै वोधिवृष मुनि बुद्धत्व प्राप्त गरेका थिए’ भन्ने लेखिराखेको देखियो ।  संसारभर शान्ति र अहिंसाको सन्देश फैलाउने नेपालमाताका सपुत गौतमबुद्धको सम्मानमा त्यहाँ गरिएको त्यस्तो भव्य तथा आकर्षक व्यवस्था र उहाँले बुद्धत्व प्राप्त गरेको त्यो बोधिवृाप्रति गरिको आदरपूर्ण संरक्षणाई देख्दा त्यस्ता महानमानवले जन्म लिएको देश नेपालको नागरिक हुन पाएकोमा यस लेखकलाई हृदय खुसीले गद्गद् भएको र आफ्नो शिर गर्वले ठाडो भएको जस्तो महशुस भयो । तर अर्को क्षणमा त्यस्तो महामानवको जन्म लिएको शान्ति क्षेत्र नेपाल भूमि हामी नेपालीहरुकै कारण आज हत्या र हिंसाको थलो भएको सम्झनाले भने मन ज्यादै खिन्न भयो र राजा भर्तुहरिद्धारा रचित ‘शैलेशैले न माणिक्यं मौतिकं न गजे साधवो नहि सर्वत्र चन्दनं न न बने बने ।’ अर्थात सबै पर्वतमा माणिक हुँदैन, सबै हात्तीमा गज–मोती पनि पाइदैन । सबै ठाउँमा साधु हुँदैनन् र सबै वनमा श्रीखण्ड पनि पाइदैन भन्ने श्लोकको स्मरण गरेर चित्त बुझाउनु प¥यो । हामीलाई त्यहाँबाट त्यसैदिन जानु थियो, साथै पाण्डको दस्तुर बुझाउनु पनि बाँकी नै थियो । त्यसैले हामीले पण्डालाई भेटेर विदाइबारे जानकारी दियौं । प्रायः पण्डाहरु स्वभावैले जति दिए पनि चित्त नबुझाउने किसिमका हुँदा रहेछन् । हामी बसेको घरको पण्डा पनि त्यसको अपवाद थिएनन् । त्यसैले हामीले उनको माग पुरा गर्ने प्रयास गर्दै आफ्नो गच्छेअनुसार केही रकम बुझाएर अपरान्ह १ः००० बजेतिर त्यहाँबाट गया जक्सनतर्फ प्रस्थान ग¥यौं । केहीबेर त्यहाँ रेलको प्रतिक्षापछि ३ः१० बजेको समयमा महोवाधी एक्सप्रेसद्धारा इलाहावादको लागि प्रस्थान गरेर मुगलसराय हुँदै राति ८ः३० बजे इलाहावाद जक्सनमा उत्रियौं । ज्यादै गरमका साथ तातो हावा पनि चलेको कारण रेलमा दिनभर सिसाको झ्याल बन्द गरेर हिँड्नु परेको थियो । त्यस दिन त्यहाँको तापक्रम ५४।७ डिग्री सेन्टिग्रड पुगेको रहेछ ।
यात्रा कार्यक्रम अनुसार हरिद्धार जानको लागि हामीले यहाँ रेल बदल्नु पर्ने थियो । तर रेल आइपुग्न केही समय बाँकी नै भएको हुँदा स्टेशनमा बसेर रेलको प्रतिक्षा गर्न लाग्यौं । गर्मी ज्यादै भएको हुँदा चिसो देशका बासिन्दालाई त्यहाँ केही घण्टा बिताउन पनि साह्रै मश्किल परेको थियो । हामीलाई हरिद्धारतर्फ लैजाने इलाहावाद–हरिद्धार–इलाहावाद एक्सप्रेस आइपुगेपछि रातको १२ बजे हामी त्यहाँबाट हरिद्धारको लाग