Other

भगवानको अदालतमा
पाप र पुण्यको लेखाजोखा भएरै छाड्छ
–श्रीमती विद्या खड्का८
द्वापरयुगको पौराणिक महाभारत कथा अनुसार कौरव र पाण्डव सेना वीच कुरुक्षेत्रमा चलिरहेको महा संग्रामको परिणाम पाण्डवहरुको पक्षमा जाँदै गरेका दृश्यहरु दिव्य दृष्टि पाएका संजयद्वारा अन्धा राजा धृतराष्ट्रलाई जस्ताकोतस्तै जानकारी भैरहेको थियो । कौरब सेनाको संहार भैसकेको र दुर्योधन पराजयको संघारमा पुगिसकेको अवस्थाको वर्णनले राजा धृतराष्ट्र र रानी गान्धारी अत्यन्त चिन्तित भैरहेका थिए । रानी गान्धारी आफ्नो प्यारो पुत्र अजेय होउन भन्ने चाहन्थिन । गान्धारीको भगवान प्रतिको भक्तिभाव र पतिपरायणताबाट खुसी भएर भगवानले उनलाई यस्तो वरदान दिएका थिएकि उनले आफ्नो आँखाको पट्टि खोलेर जुन व्यक्ति वा वस्तुमाथि प्रथम दृष्टि दिन्छिन त्यो वस्तु वा व्यक्ति वज्रसमान बलियो हुने थियो । उता कौरब सेना पराजय उन्मुख भएपछि दुर्योधनलाई आफ्नी ममतामयी आमा गान्धारीको दर्शन गर्ने प्रवल इच्छा भयो र आमा भेट्न उनि गान्धारी समक्ष पुगे । गान्धारी आफुलाई भगवानबाट प्राप्त वरदानको फल छोरा दुर्योधनले उपयोग गरोस भन्ने चाहन्थिन । मातृमिलन पछि गान्धारीले दुर्योधनलाई बिहान सवेरै सरोवरमा नुहाएर सर्वाङ्ग नाङ्गो अवस्थामा आफ्नो सामु उपस्थित भै वरदान प्राप्त गर्न आदेश दिइन । माताको आदेशानुसार दुर्योधन सरोवरमा नुहाएर नाङ्गै शरीर माता गान्धारीको दर्शनार्थ जाँदै गर्दा बाटोमा त्रिलोकदर्शि भगवान श्रीकृष्णले दुर्योधनलाई देख्नुभयो । भगवानले दुर्योधनलाई यो दशामा देख्ने वित्तिकै तिमी नाङ्गै यसप्रकार कहाँ जान लागेको हो भनेर तुरुन्तै दुर्योधनलाई सोध्नु भयो । दुर्योधनले पनि आफ्नी माता गान्धारीको आदेश बमोजिम यस्तो गर्नु परेको हो भनि भगवानलाई जानकारी गराउना साथ यसको दूरगामी प्रभाव बारे बुझ्न अन्तर्यामी भगवानलाई कत्ति पनि गाह्रो परेन । अतः यसबाट भविष्यमा पाण्डवहरु माथि पर्न सक्ने संकटको निराकरण तत्कालै गर्नुपर्ने भगवानले सोच्नु भयो र तुरुन्तै दुर्योधनलाई भन्नुभयो – दुर्योधन ! आमाको हृदयमा छोराछोरी सँधै नै बालक समान नै हुन्छन् तर त्यसो भन्दैमा यस्तो लक्का जवान वयस्क भैसकेको व्यक्ति आमाको सामु सर्वाङ्ग नाङ्गो अवस्थामा प्रस्तुत हुन तिमिलाई लाज लाग्दैन ? आगे तिम्रो मर्जि । यत्ति भनि दुर्योधनको मनमा संसय उत्पन्न गराई भगवान अगाडि बढ्नु भयो । दुर्योधनले पनि यो कुरा त ठिकै हो, आफु यत्रो लक्का जवान, वयस्क भैसकेको व्यक्ति माता गान्धारी स्त्री जातिको अगाडि सर्वाङ्ग नाङ्गो कसरी जाउँ भन्ने सोचि सर्वाङ्ग नाङ्गो जाने आँट गरेनन् र नजिकै रहेको केराकोबोटबाट पात टिपेर कम्मर वरिपरि वेरेर माता भएतिर लम्के ।
दुर्योधनले आमाको अगाडि पुग्नासाथ उनलाई ढोग दिए र आफु आदेश बमोजिम नुवाईधुवाई न्यासध्यान पश्चात आमा सम्मुख उपस्थित भएको अवगत गराए । तत्पश्चात गान्धारीले आफ्नो आँखाको पट्टि खोलेर पहिलो दृष्टि छोरा दुर्योधनको सम्पूर्ण शरीरमा दिइन । दृष्टि पर्नासाथ दृष्टिमा परेका शरीरका नाङ्गा भागहरु वज्रसमान कडा हुन गयो भने केराको पातले छोपेको भाग भने जस्ताको तस्तै पूर्ववत नरम नै रह्यो । त्यसरी आफ्नो वरदान खेर गएको देखि गान्धारीले दुर्योधनलाई किन यस्तो ग¥यौ तिमीले भनि प्रश्न गर्दा उनले बाटोमा श्री कृष्णसँग भेट भएको र उनकै सल्लाह अनुसार शरीरको उक्त भाग केराको पातले छोपेर प्रस्तुत भएको जानकारी गराए । तदन्तर अत्यन्त कुपित गान्धारीले भगवान् श्री कृष्णलाई बोलाउन पठाई रिसले उनलाई भनिन् – ‘हे कृष्ण तिमीले चाहेको भए यो महाभारतको युद्ध रोकिन सक्थ्यो, मेरो कौरव वंशको यस्तो दर्दनाक विनाश हुने थिएन, मेरो वरदानले दुर्योधनको सम्पूर्ण शरीर वज्रसमान हुन्थ्यो त्यसो पनि तिमीले हुन दिएनौ । अतः तिमीलाई पनि श्राप दिन्छु । तिम्रो यादव वंश पनि आजको ३६ वाँ वर्षमा एक आपसमा लडेर विनाश हुने छन् र तिनीहरुको यस्तै दर्दनाक अन्त्य हुनेछ । तर भगवानले उक्त श्राप प्राप्त गरे पनि कत्ति पनि विचलित नभै यो दैवले गरेको नियति हो माता भन्दै खुशी मुद्रामा गान्धारीलाई पूर्ववत श्रद्धापूर्वक अभिवादन गरी पाण्डहरुको शिविरमा फर्कनु भयो ।
तदनन्तर आफ्ना सबै महारथिहरु र योद्धाहरु पाण्डहरुद्वारा रणभूमिमा मारिएपछि बाँकि बचेका ३ महारथिहरु अश्वत्थामा, कृपाचार्य र कृतवर्मा पनि पाण्डवहरुको भयले अन्यत्रै गई केहि समयको लागि लुकेर बसे । रणभुमिमा दुर्योधन एक्लो बाँकी भएको र युद्ध लड्दा लड्दा अत्यन्त थकित भएकोले उनि पनि केहि समय कसैले नदेख्ने ठाउँमा कुरुक्षेत्रको पूर्वपट्टि रहेको एक विशाल सरोवरमा लुकेर थकाई मेटाउँदै थिए कि यत्तिकैमा पाण्डवहरुले दुर्योधन लुकेको उक्त ठाउँ पत्ता लगाई आफुहरु र श्री कृष्ण समेत भै दुर्योधनलाई सरोवरबाट बाहिर ल्याई मार्ने प्रयत्न गर्न लागे । तर दुर्योधन मायावि पनि भएको हुँदा सरोवरको सम्पूर्ण जललाई मायाले बाँधेर आराम गरिरहेको बेला सरोवरका डिलबाट पाण्डवहरुको आफु उपर प्रहारित तिक्ष्ण अपशब्दहरु सुन्न नसकि पाण्डवहरुसँग गदा युद्ध गर्न सरोवर वाहिर आए । तदनन्तर गदा युद्धको दौरान दुर्योधनको पल्ला भारि भैरहेको अवस्थामा भगवान श्री कृष्णको इशारामा नियम विपरित भिमसेनले दुर्योधनको जंघा (जहाँ माता गान्धारीले वरदान दिंदा आँखाको दृष्टि परेको थिएन) मा जोडदार गदा प्रहार गरे । गदा युद्धमा कम्मरदेखि तलको भागमा प्रहार गर्न वर्जित भएतापनि अघि द्रौपदी चिरहरणको समयमा दुर्योधनको जङ्गा तोडी उसलाई मृत्युको मुखमा पु¥याई प्रतिशोध लिनेछु भन्ने भिमको प्रतिज्ञा जुन थियो सो यसबाट साकार भयो र यसै पिडाले गर्दा दुर्योधनको पनि मृत्युपूर्वको अन्तिम श्वास मात्र बाँकि रहन गयो ।
उता लुकेर बसेका ३ महारथीहरु क्रमशः अश्वत्थामा कृतवर्मा र कृपाचार्यहरु दुर्योधनलाई खोज्दै आउँदा अन्तिम सास लिइरहेको अवस्थामा दुर्योधनलाई देखि यो कसरी हुन गयो भनि सोध्दा दुर्योधनले पाण्डवहरुसँग भएको गदा युद्ध र आफुलाई छल गरी भिमले अधर्म पूर्वक जङ्गामा हिर्काई यो अवस्थामा पु¥याएको दर्दनाक वृतान्त सुनाए र महारथिहरुलाई पाण्डवहरुको समुल विनाश गराई वदला लिने आदेश दिए । अश्वत्थामालाई तत्काल सेनापति नियुक्त गरी कृपाचार्यद्वारा जलको घडाले अभिषेक गराए । दुर्योधनको हृदय विदारक अवस्थाले ति तिन महारथीहरुलाई अत्यन्त विचलित गरायो । तिनैजनाले एकान्त स्थलमा वसि पाण्डवहरुसँग कसरी बदला लिने भनि विचार विमर्श गरे र रातको समयमा पाण्डव शिविरमा सवैजना सुतिरहेको समय पारि आक्रमण गर्ने निश्चय गरे । कृतवर्मा र कृपाचार्य सैनिक पालको दुबै ढोकामा पालो बसे भने अश्वत्थामा पालभित्र पसि मस्त निद्रामा रहेका द्रौपदीका सबै छोराहरुलाई पाण्डवहरु हुन भन्ने सम्झी छपाछप छप्काई मृत्युको वरण गराए र सेनापति धृष्टध्युम्न, शिखण्डी आदि अनेक महारथिहरु र वीर योेद्धाहरु सबैलाई एक एक गरी मृत्युको घाटमा पु¥याए । पाण्डव छातीमा यो जघन्य आपराधिक घटनाले ठूलो कोलाहल मच्चियो । पापिष्ट अश्वत्थामाको निकृष्ट हरकतले सबै पाण्डवहरु र भगवान श्रीकृष्णलाई अत्यन्त शोकाकुल बनायो । पाण्डवहरुको क्रोधको सिमा रहेन । अश्वत्थामालाई उसको यस्तो निकृष्ट एवं जघन्य अपराधको सजाय दिन महावली अर्जुनको अश्वत्थामासँग भिषण वाणयुद्ध भयो । अर्जुनको अगाडि अश्वत्थामाको केही जोड चलेन र उसले देवाधिदेव श्री महादेवबाट प्राप्त गरेको अनेकौं शस्त्रअस्त्रको साथै आफ्नो पिता गुरु द्रोणाचार्यले दिएको ब्रम्हास्त्र पाण्डव उपर प्रहार गरे । उक्त ब्रम्हास्त्र यस्तो शक्तिशाली थियो कि त्यसले सम्पूर्ण विश्वलाई नै तहसनहस बनाउन सक्थ्यो । गुरुवर द्रोणाचार्यले उक्त ब्रम्हास्त्र चलाउने विद्याको साथै ब्रम्हास्त्र छोरालाई दिए तापनि ब्रम्हास्त्र बारेको शिक्षा भने प्रिय शिष्य अर्जुनलाई पनि दिएका थिए । अश्वत्थामा असहनशिल, अस्थिर एवं क्रुर स्वभावका थिए र यसै कारण पिता द्रोणाचार्यले छोरा अश्वत्थामालाई जस्तो सुकै आपत विपत आइपरेपनि ब्रम्हास्त्रको प्रयोग मानव जाति उपर कदापी प्रयोग नगर्न सल्लाह दिएका थिए । तर त्यसको वावजुद अश्वत्थामाले उक्त ब्रम्हास्त्र पाण्डवहरुलाई लक्षित गरेर प्रहार गरे नै । महाशक्तिशाली ब्रम्हास्त्र बारे अविनाशी, एवं अन्तर्यामी भगवान श्रीकृष्णलाई सबै ज्ञान थियो र तुरुन्तै उनले पनि अर्जुनलाई आफनो ब्रम्हास्त्र छोडेर अश्वत्थामाको ब्रम्हास्त्र रोक्न सल्लाह दिनु भयो । अश्वत्थामाले प्रहार गरेको ब्रम्हास्त्र विनाशको लागि थियो भने अर्जुनले प्रहार गरेको ब्रम्हास्त्र विनाश रोक्नको लािग थियो । अश्वत्थामालाई सत्कार्यमा मात्र ब्रम्हास्त्र प्रहार गर्ने शिक्षा प्राप्त थियो तर दुष्कार्यकोलागि प्रयोग गरेको हुँदा ब्रम्हास्त्र फर्काउने ज्ञान प्राप्त थिएन । जुन दुस्कार्यको लागि प्रयोग भएको थियो त्यसले ठूलै अनिष्ट गरेर मात्र शान्त हुने थियो । अतः समुल कुरु वंशको नाश गर्नको लागि छाडिएको यो ब्रम्हास्त्र कुनै न कुनै रुपमा पाण्डवहरु मध्ये कुनै एकको प्राण लिएर मात्र शान्त हुन सक्ने हुँदा भगवान श्रीकृष्णको आज्ञानुसार यसको प्रहार पाण्डव वीर अर्जुन तथा सुभद्राको बुहारी उत्तराको गर्भमा रहेको पाण्डवहरुको एकमात्र सन्तानको प्राण लिएर मात्र निस्तेज भयो । प्रजापालक भगवान श्री कृष्णले तुरुन्तै प्रकृतिको जन्म र मरणको नियमलाई क्षणभर रोकि उत्तराको विलाप उपर दया राखी कुरु वंशको धरोहर उक्त मृत वालकलाई विउताइदिनुभयो । यहि बालक महाभारत युद्ध समाप्ति भएको धेरै वर्षपछि पाँचै भाई पाण्डवहरु पत्नी द्रौपदी सहित स्वर्गको महा–प्रस्थानमा जाँदा राजा परीक्षीतको नामले हस्तिनापुरको राजगद्दीमा अभिशिक्त भएका थिए । तदनन्तर महाभारतको महा संग्रामको अन्त्य भएपछि युधिष्ठिरलाई राजगद्दीमा आसिन गराई सबैसँग विदा भै भगवान श्रीकृष्ण पनि द्वारका प्रस्थान गर्नुभयो ।
महा तपस्विनी रानी गान्धारीले भगवान श्रीकृष्णलाई वंशनासको श्राप दिएको ३६ वर्ष के पुगेको थियो घुम्दै द्वारका पुगेका महर्षि विश्वामित्र, ऋषि कण्व, तपोधनादि ऋषिहरुलाई यादव वीरहरुले अवहेलना गरी जिस्काएको कारण ऋषिहरुले मुसल उत्पन्न गरी श्रीकृष्णका सबै पुत्र साम्व, वृष्णी र अन्धक तथा अन्य यादव कुलका पुरुषहरुको मुसलद्वारा संहार हुनेछ भन्ने श्राप दिएका थिए । सोहि श्रापको कारण भगवान श्रीकृष्णका यदुकुल अन्तर्गतका शिनि, भोज, अन्धक र वृष्णी वंशका महारथिहरु अत्यधिक मदिरा सेवन गरी एक अर्कालाई गाली गलौच गर्दै हातहतियार लिई एक आपसमा लड्न भिड्न लागे र कैयौं वीरहरुको अनायास ज्यान त गयो नै त्यस भिडन्तमा भगवान श्रीकृष्णका पुत्र रुक्मिणी नन्दन प्रद्युम्नको समेत ज्यान गयो । त्यो देखि भगवान श्री कृष्ण श्रापको कारण रिसले चुर भई एक मुठी ‘ऐर’ नामको घाँस जमिनबाट उखेलेर त्यसलाई मसुलमा परिणत गरी मुसलद्वारा बाँकी वीरहरुको सफाया गर्न थाल्नु भयो र हेर्दा हेर्दै सारा यदु वंशको भयङ्कर नाश भयो । मुसलको संहारले यादव वंशका भगवान श्रीकृष्ण र वलभद्र बाहेक अन्य कोहिपनि वचेनन् । आफ्नै आँखा अगाडि सारा यदुकुलका वीर पुरुषहरुको अन्त्य भएपछि सम्पूर्ण द्वारका नगरीमा केवल स्त्रिहरु मात्र देखिन थाले । पुरुषहरुको शुन्यताले गर्दा चोर, डाँका, लुटेराहरुबाट नगर, स्त्री तथा बालबच्चाहरुको समेत रक्षा हुन सकेन । भगवानलाई अब द्वापरको अन्त्य भयो, यस धर्तीमा भइरहेको लिलाको अवधि पनि समाप्त भयो भन्ने निश्चितता हुन गयो । भगवानले अब कृष्ण अवतार छोडेर वैकुण्ठ सम्हाल्न फर्कनु नै ठिक हुने भन्ने दृढ संकल्प गर्नु भयो । द्वारकाको यस्तो दयनिय परिस्थितिलाई सम्हाल्न भगवानले हस्तिनापुरमा आफ्ना बालसखा अर्जुनलाई तुरुन्त द्वारका आई द्वारकाको रक्षा गर्न खबर पठाई भगवान आफु र दाई बलभद्र पिता बसुदेवसँग विदा भै एकान्त जङ्गल तर्फ लाग्नु भयो । जङ्गगलमा भगवान वलभद्रले वासुकि, कर्कोटक र तक्षक नागहरुको रुपमा प्राण निकालि समुद्र विचमा समाधि लिनु भयो भने भगवान श्री कृष्ण जो सम्पूर्ण जगतका मालिक, तत्ववेत्ता र अविनाशी थिए तिनै लोकको रक्षाका लागि महायोग (समाधि) को अवलम्बन गर्न थाल्नुभयो । त्यतिकैमा ‘जरा’ नाम गरेको व्याधाले भगवानको पाउलाई मृग सम्झी वाण चलायो । वाण लाग्ने वित्तिकै आकाश र पृथ्वी भगवानको दिव्यकान्तिले ज्वाजल्लेमान भयो, भगवान परमधाम हुनु भयो । भगवान अन्तरीक्षमा पुगेपछि देवराज इन्द्र, अश्विनिकुमार, रुद्र, आदित्य, वसु, मुनि, सिद्ध र अपसारा आदिले भगवानको प्रेमपूर्वक स्वागत पुजा एवं अभिनन्दन गरे ।
भगवान श्रीकृष्ण र अर्जुन नरनारायणको रुपमा यस धर्तीमा विद्यमान थिए । भगवानको परमधाम गमन पश्चात भगवानबाट प्राप्त अलौकिक एवं दीव्यशक्ति अर्जुनमा अब रहेन । स्थिति यहाँसम्म भयो कि अर्जुन आफुले पराक्रमी शत्रुहरुको नाश गर्न प्रयोग गर्दै आएको ‘गाण्डिव धनुष’ मा वाण चढाउन त परै जावस उठाउन पनि हम्मे हम्मे हुने अवस्थामा पुगे । यता कुरुराज युधिष्ठिर पनि द्वारकामा वृष्णि वंश लगायत सम्पूर्ण यादवकुलको महान शंहार भएको र भगवान वासुदेव र वलभद्र समेतले समाधी लिएको दुःखदायी खबरले अत्यन्त विचलित भए र आफु पनि राजपाठ छोडि महा–प्रस्थानमा जाने अठोट गरी अर्जुनलाई भने – भाई अर्जुन समयचक्र (काल) अत्यन्त वलवान छ, यसले प्राणीलाई चौतर्फि घुमाइरहेको हुन्छ, समयले नै प्राणीलाई विनाश तर्फ धकेलि रहेकोछ, अत हामीले कालको वन्धनलाई स्विकार गर्नै पर्छ । महाशक्तिशाली परमात्मा पनि भविष्यको काल ग्रषित बन्नै पर्ने वाध्यतालाई हामिले नर्कान हुँदैन । अतः यसबारे तिम्रो भनाई के छ ? आफ्नो विचार निर्धक्क भएर प्रकट गर । दाज्यू धर्मराज युनिष्ठिरको यस्तो भनाई प्रति अर्जुन पनि कालको महिमा उपर सहमत भए र दाज्यूको विचार अत्यन्त राम्रो मानि उनको विचारलाई अनुमोदन गरे । साथै युधिष्ठिरको यस विचारलाई भिम, नहकुल, शहदेवले पनि सहर्ष समर्थन गरे । तत्पश्चात युधिष्ठिरले युयुत्सुलाई (युयुत्सु धृतराष्टका छोरा र दुर्योधनका सौतेनि भाई हुन, यिनी महाभारतका युद्धमा दुर्योधनको अधर्मको विरोधमा पाण्डवतर्फबाट लडेका थिए) बोलाई सम्पूर्ण राज्यको देखभालको भार सुम्पे र राजसिंहासनमा पनाति परीक्षितलाई अभिषेक गरे । उता भगवान श्रीकृष्णको वंशनास र भगवानका साथै वलभद्र र वृद्ध पिता बसुदेवले पनि परमधाम अवलम्बन गरेपछि द्वारका नगरी पुरै समुद्रमा विलिन हुन पुगेको थियो । अतः युधिष्ठिरले अर्जुन पत्नी बुहारी सुभद्रालाई बोलाई पनाति परीक्षितलाई कुरु राज ंिसहासन हस्तिनापुरका राजा र वचेखुचेका यदुवंशियहरुको लागि भगवान श्रीकृष्णको नाति वज्रलाई इन्द्रप्रस्थको राज सिंहासनमा इन्द्रप्रस्थको राजा बनाउन अह्राए र आफु, भिम, अर्जुन, नहकुल, सहदेव, पत्नी द्रौपदी तथा एक कुकुर सहित महाप्रस्थान तर्फ उन्मुख भए । पाण्डवहरु महात्मा थिए भने द्रौपदी यसस्वीनी थिइन । उनिहरु सबै योगमुक्त महात्मा र त्याग धर्मका पालन गर्ने प्रकृतिका थिए । महाप्रस्थान गर्दा बाटोमा पर्ने अनेक देश, नदी र समुद्रपार गर्दै अगाडि जाँदा सबैभन्दा अगाडि राजा युधिष्ठिर र त्यसपछि क्रमश भिम, अर्जुन, नहकुल, सहदेव, द्रौपदी र कुकुरको लस्कर थियो । उनिहरु अविरल हिंडदा हिंडदा लाल सागरको छेउ के पुगेका थिए उनिहरुको सामुन्ने अग्निदेव सहर्ष उपस्थित भएको देखे र उनिहरुले अग्निदेवलाई प्रणाम गरे । अग्निदेवले पनि वडो आदरपूर्वक पाण्डवहरुलाई अर्जुनले आफ्नो साथ लिई आएका गाण्डिव धनुष र तरकस भगवान श्रीकृष्ण र अर्जुन नरनारायणका रुपमा रहँदा अग्नि देव स्वयंले भगवान वरुणबाट प्राप्त गरी अर्जुनलाई दिएको र पाण्डवहरु अब महा–प्रस्थानमा हिंडेको हुँदा उक्त गाण्डिव धनुषको कुनै आवश्यकता नहुने भएकोले अब बरुणलाई नै फिर्ता गर्नुपर्ने कारण दर्शाए । तत्पश्चात सबै भाइहरुले अर्जुनलाई उक्त धनुष फिर्ता गर्ने सल्लाह दिए । गाण्डिव धनुष प्राप्त गरी पाण्डवहरुसँग विदा भई अग्निदेव त्यहाँबाट अन्र्तध्यान भए ।
पाण्डवहरु अब पश्चिमको दिशाबाट उत्तरतर्फ बढ्दै गर्दा महागिरि हिमालय पर्वतमाला र त्यसपछि विशाल बालुवै बालुवाको पर्वतमाला र अन्तमा सुमेरु पर्वत श्रृंखला पार गरी अगाडि बढ्दै जाँदा द्रौपदी लडखडाई भुईंमा लडिन । द्रौपदीको यो दशा देखेर भिमले धर्मराज युधिष्ठिरसँग – दाइ ! राजकुमारी द्रौपदीले कहिल्यै पनि कुनैपनि प्रकारको पापकर्म गरेकी थिइनन् तैपनि जमिनबाट यति तल खस्न पुगिन, यस्को के कारण होला भनि सोधे । युधिष्ठिरले पनि भिमलाई भने – भाई ! द्रौपदी मनमा अर्जुनप्रति विशेष पक्षपात राख्ने गर्थिन, त्यसैको फल आज उनि भोग्दैछिन भने । यत्ति भनि धर्मात्मा युधिष्ठिर द्रौपदीलाई हेर्दै नहेरि चित्त एकाग्र गर्दै अगाडि बढे । केही समयपछि सहदेव पनि द्रौपदी जस्तै गरी लड्न पुगे । सहदेव गिरेको देखि भिमले दाज्यू युधिष्ठिर सँग पुनः प्रश्न गरे – दाई ! माद्री नन्दन सहदेव सधैं हामीहरुको सेवा गर्ने र कत्तिपनि अहंकार गर्ने उनको स्वभाव थिएन अतः उनि यसप्रकार धराशायी हुनाको कारण के होला भनि दुखी मनले जिज्ञासा प्रकट गरे । युधिष्ठिरले पनि सहदेवमा आफु जस्तो विद्वान अरु कोहि पनि छैन भन्ने घमण्ड थियो त्यसैको फलस्वरुप उनि गिर्न गएका हुन भन्ने जवाफ दिई अगाडि बढे । द्रौपदी र सहदेव गिरेको देखि बन्धु प्रेमी शुरवीर नकुल शोकले अत्यन्त व्यकुल भए र र उनि पनि भूमिमा गिर्न पुगे । यो देखेर भिमले पुनः राजासँग प्रश्न गरे– दाई ! संसारमा नकुलको रुपसँग समानता राख्ने अरु कोही थिएन, जसले धर्ममा आँच आउने कुनै काम गरेन,  जो सदा हाम्रो आज्ञापालक थियो, त्यस्तो हाम्रो प्रिय भाई पनि जमिनमा गिर्न पुग्यो, किन यस्तो हुन गयो ? भिमसेनको यस्तो प्रश्न आएपछि युधिष्ठिरले भने भिमसेन ! नकुल सँधै नै आफु भन्दा रुपवान यो संसारमा कोहि पनि छैन आफु नै संसारको सबैभन्दा रुपवान व्यक्ति हुँ भन्ने हरहमेसा सोचाई राख्ने गथ्र्यो, त्यसैले उसलाई पनि गिर्नु प¥यो भने । तदनन्तर अगाडि बढ्दै जाने क्रममा भिमले आफ्नो पछि पछि आएको भाई अर्जुन पनि एक्कासि जमिनमा लडेको देखि उनलाई अत्यन्त नरमाइलो लाग्यो र अर्जुन जस्तो पराक्रमी, महात्मा र ठट्टा गर्दा पनि कहिल्यै झुठ्ठो नबोल्ने भगवान श्री कृष्णको अत्यन्त प्रियतम सखा पनि यसप्रकार पृथ्वीमा गिर्नु परेको कारण दाई युधिष्ठिरलाई सोधे । जवाफमा युधिष्ठिरले अर्जुनलाई आफ्नो शुरवीरतामा ठूलो अभिमान थियो, उसमा आफ्ना शत्रुहरुलाई एकै दिनमा भष्म गर्न सक्छु भन्ने घमण्ड विद्यमान थियो  जुन उसले गर्न सकेको थिएन त्यसैले उ आज यस्तो परिस्थितिमा धाराशायि हुन पुग्यो । त्यतिमात्र हैन उसले सबै धर्नुधरहरुको अपमान गर्ने गर्दथ्यो जसले गर्दा उ आज यो दशामा गुज्रिन पुग्यो । अतः आफ्नो कल्याण चाहने व्यक्तिले कहिल्यै पनि अरुको अपमान गर्नु हुँदैन । यति भनि राजा युधिष्ठिर अगाडि बढे । राजा युधिष्ठिर केहि कदम मात्र के अगाडि बढेका थिए । स्वयं भिमसेन घडाम्म जमिनमा लडे र धर्मराज युधिष्ठिरलाई पुकारे । राजन ! एक पटक म पट्टि फर्केर हेर्नुहोस् म तपाईंको प्रिय भिम हुँ, मलाई पनि दैवले जमिनमा लडाउन पुग्यो । यदि कारण थाहा छ भने मलाई म लड्नाको कारण बताई दिनुहोस् । यत्तिकैमा युधिष्ठिरले भने – भिम तिमी धेरै खाने वानी भएको र अरुलाई कमजोर सम्झेर सँधै आफ्नो बाहुवलको घमण्ड गर्दथ्यौ, त्यसैले तिमी पनि जमिनमा गिर्न पुग्यौ । यति भनेपछि युधिष्ठिर भिमपट्टी हेदै नहेरि अगाडि बढे । अगाडि बढ्ने क्रममा अब उनको साथमा केवल एउटा कुकुर मात्र पछि पछि थियो ।
तत्पश्चात आकाश र पृथ्वीलाई प्रतिध्वनित गर्दै देवराज इन्द्र रथमा सवार भै महात्मा युधिष्ठिरको सम्मुख प्रकट भए र युधिष्ठिरलाई भने – ‘कुन्तीनन्दन’ तपाईं यो रथमा चढेर स्वर्ग जानुहोस् । देवराज इन्द्रको यस्तो आग्रह सुन्ने वित्तिकै धर्मराज युधिष्ठिरले आफ्ना जमिनमा गिरेको भाइहरु तथा पत्नी उपर दृष्टि दिए र अत्यन्त शोकसन्तप्त भै इन्द्रसँग भन्न थाले – देवेश्वर ! मेरा भाइहरु र राजकुमारी द्रौपदी बाटोमा गिरेका छन् कृपया उनिहरुलाई पनि मेरो साथै जाने अनुमतिका साथै व्यवस्था गरिदिनुहोस् अन्यथा म आफ्ना भाइहरु र राजकुमारी द्रौपदी विना स्वगर्मा पनि जान चाहन्न । युधिष्ठिरको यस्तो वचन सुनी भगवान इन्द्रले भन्नु भयो – भरतश्रेष्ठ ! तिम्रा सबै भाईहरु र द्रौपदी तिमी भन्दा पहिल्यै स्वर्गमा पुगी सके । शोक नगर । तिमी त्यहाँ पुग्ने वित्तिकै उनिहरु सबैसँग भेट हुने नै छ । उनिहरु मनुष्य शरीरको परित्याग गरी स्वर्गमा गएका हुन् । तर तिमी अत्यन्त धर्मात्मा र पाप रहित भएकोले तिमीले भने जिउँदै यही शरीरमा स्वर्गजान पाएका छौ । युधिष्ठिरले फेरी देवराज इन्द्र समक्ष विन्ति गरे – भगवान ! यो कुकुर मेरो परम भक्त हो यसले सदा नै मेरो साथ दिएको छ तसर्थ यसलाई पनि मेरो साथ जाने अनुमति दिनुहोस् । यो कुरा सुनि इन्द्रले भन्नुभयो – राजन ! तिमीलाई अमरता, मेरै बराबरको ऐश्वर्य, पूर्ण लक्ष्मी र अरु धेरै सिद्धि प्राप्त भएको छ र तिमीलाई स्वर्गिय सुख पनि सुलभ भएको छ । अतः यो कुकुरलाई यही छोडेर मेरो साथ लाग । यसमा कुनै कठोरता महशुस नगर । इन्द्रको यस्तो वचन सुनि युधिष्ठिरले भन्नुभयो – भगवान आर्य पुरुषहरुबाट निम्न श्रेणीको काम हुन सम्भव छैन र मलाई त्यो ऐश्वर्य कहिल्यै प्राप्त नहोस् जसको लागि भक्त पुरुषको त्याग गर्नु पर्ने हुन्छ । इन्द्र भगवानले फेरी भन्नुभयो – धर्मराज कुकुरपालकलाई स्वर्गमा स्थान छैन, शुभ कार्यमा कुकुरबाट विघ्न बाधा हुने भएकोले गरिएका सबै शुभ कार्यहरु क्रोधवश नामक राक्षसले हर्ने गर्छ । तसर्थ सोच विचार गरेर काम गर । यो कुकुरलाई यही छाडि देउ – यसो गर्नाले कुनै पनि निर्दयता मानिदैन । युधिष्ठिरले फेरी आग्रह गर्नुभयो – महेन्द्र ! आफ्ना भक्तहरुको त्याग गर्नु भनेको महापाप गर्नु हो । यसो गर्नु भनेको ब्रम्हहत्या गर्नु बराबर हुन्छ । म आफ्नो सुखको लागि कुनैपनि हालतमा यो कुकुरलाई परित्याग गर्न सक्तिनँ । आर्तभावबाट मेरो शरणमा आउनेहरु, आफ्नो रक्षा गर्न असमर्थ हुनेहरु, दुर्वल र प्राण बचाउन मेरो सहारा खोज्नेहरुको लागि म प्राण गए पनि छोड्न सक्तिन – यो मेरो सदाको लागि ब्रत हो । देवराज इन्द्रले फेरी भन्नुभयो – वीरवर ! तिमीले आफ्ना भाइहरु र प्रिय पत्नी द्रौपदीको परित्याग गरेर आफ्नो पुण्य कर्मको फलस्वरुप देवलोक प्राप्त गरेका छौ तसर्थ यो कुकुर भने किन छोड्न सक्दैनौ ? सबै कुराहरु छोडिसकेपछि यो अदना कुकुरको मोहमा किन परेका हौ ? देवराज इन्द्रको यस्तो वचन सुनेपछि युधिष्ठिरले भन्नु भयो – भगवान ! संसारमा यो कुरा निश्चित होकि मरेका मनुष्यको साथ न कुनै प्रकारको मेल हुन्छ न विरोध नै । द्रौपदी तथा भाइहरुलाई जिवित गर्न सक्ने कुरा मेरो वशमा छैन तसर्थ मरिसकेपछि मैले उनिहरुलाई त्याग गरेको हुँ, जिवितावस्थामा होइन । शरणमा आएकाहरुलाई डराउनु, स्त्रि जातिको वध गर्नु, ब्राम्हणको धन लुट्नु र मित्रहरुसँग द्रोह गर्नु – यि चार अधर्म एकातिर र भक्तको त्याग अर्कोतिर राखिएमा पनि भक्तको त्याग नै ठूलो अधर्म मानिएको छ ।
यसप्रकार कुकुरको शरीर धारण गरेका धर्मस्वरुपी भगवान धर्म युधिष्ठिरको कुरा सुनेर अत्यन्त प्रशन्न हुनु भयो र मधुर वचनमा बोल्नु भयो – राजेन्द्र तिमीले आफ्नो सदाचार, बुद्धि र सम्पूर्ण प्राणीहरु प्रति दर्शाएको दयाको कारण आफ्नो कुललाई उज्ज्वल गराएका छौ । यसभन्दा पहिले पनि तिमीहरु बनमा लुकेर बस्दा परीक्षा स्वरुप पानी लिन सरोवर गएका बेला तिम्रा सबै भाइहरुलाई मैले मारेको थिएँ । पछि तिमी आफ्नी आमा कुन्ती र माद्री दुबै आमालाई बराबर व्यवहार गरी आफ्ना शक्तिसाली भाई भिम र अर्जुनलाई छोडी, माद्री नन्दन नकुललाई जिवित गर्न चाहेका थियौ र अहिले पनि आफ्नो भक्त कुकुरको लागि देवराज इन्द्रको रथ परित्याग ग¥यौ । अतः स्वर्गलोकमा तिम्रो समानता गर्न सक्ने कोहि पनि छैन । यसर्थ तिमीलाई यही भौतिक शरीरको साथ अक्षयलोकको प्राप्ति भएको छ, तिमीले परम उत्तम दिव्यगति प्राप्त गरेका छौ । यति भनि धर्म, इन्द्र, मरुद्गण, आश्विनिकुमार, देवता र देवर्षिहरुले पाण्डव नन्दन युधिष्ठिरलाई रथमा विराजमान गराए र आ–आफ्ना विमान चढेर स्वर्गलोक तर्फ लागे । इन्द्रको रथमा आरुढ राजा युधिष्ठिर आफ्नो तेजका कारण पृथ्वी र आकाश दुबैलाई देदिप्यमान गराई अत्यन्त तेजका साथ स्वर्गलोकमा पुग्नु भयो र पृथ्वीमा रहँदा गर्नुभएको आफ्नो सुयशका कारण स्वर्गमा जति पनि राजर्षिहरु आए उनिहरु सबैभन्दा उच्च स्थानमा कुरुराज युधिष्ठिर विराजमान हुनुभयो । आफ्नो यश, तेज र सदाचार रुपबाट तिनैलोकलाई आवृत्त गर्दै भौतिक शरीर सहित स्वर्गलोकमा आउने पाण्डुनन्दन युधिष्ठिर बाहेक अन्य कुनै पनि राजाहरुलाई सौभाग्य प्राप्त भएको थिएन । तर यस्तो हुँदा पनि आफ्ना भाइहरु र पत्नीको वियोगबाट उनि मुक्त हुन सकेनन् र देवताहरु तथा आफ्ना पक्षका राजाहरु जो स्वर्ग पुगिसकेका थिए उनिहरु सबैको आज्ञा लिएर राजा युधिष्ठिरले भन्नुभयो – मेरा भाइहरुलाई राम्रो वा नराम्रो जुनसुकै स्थान प्राप्त भएको भएतापनि त्यही स्थान म पनि पाउन चाहन्छु । यो बाहेक म अर्को लोकमा जान कत्ति पनि चाहन्न । राजा युधिष्ठिरको यस्तो विचार सुनिसकेपछि देवराज इन्द्रले कोमल वाणीमा भन्नुभयो –महाराज ! तिमी आफ्नो सुकर्मद्वारा प्राप्त भएको यही स्वर्गलोकमा निवास गर । मनुष्यलोकको स्नेहपाश अहिलेसम्म किन खिचि रहेका छौ ? तिमीलाई यो उत्तम सिद्धि प्राप्त भएको छ जुन अर्को मानिसको लागि दुर्लभ छ । तिम्रा भाइहरुलाई यस्तो स्थान प्राप्त भएको छैन । किन अहिलेसम्म मनुष्यलोकको पिण्डले तिमींलाई नछोडेको हो ? यो त स्वर्गलोक हो; यहाँ स्वर्गवासि देवर्षिहरु, सिद्धहरु र आ–आफ्ना सुयशका कारण स्वर्ग प्राप्ति गरेका राजर्षिहरुको लोक हो । देवेन्द्रको यस्तो वाणि सुनिसकेपछि युधिष्ठिरले फेरी भन्नु भयो –  देवराज ! यो स्वर्गलोक भएपनि आफ्ना प्यारा भाइहरु विना मलाई यहाँ बस्ने कत्ति पनि उत्साह छैन । म त त्यहि जान चाहन्छु जहाँ मेरा भाइहरु छन् र जहाँ सत्वगुण सम्पन्न द्रौपदी देवी विराजमान छिन । युधिष्ठिरले यत्ति भनिसकेपछि भगवान इन्द्रले युधिष्ठिरलाई महाभारत युद्धमा वीरगति प्राप्त पाण्डवहरु, कौरवहरु र अन्य महारथिहरु भएतर्फ लिएर जानु भयो ।
धर्मराज युधिष्ठिर स्वर्गमा पुग्नु भएको मात्र के थियो सबैभन्दा पहिले उहाँले दुर्योधनलाई स्वर्गिय शोभाले सम्पन्न भै अन्य साध्यगणहरुका साथ दिव्य शिंहासनमा सूर्यसमान देदिप्यमान भएर बसेको देख्नुभयो । दुर्योधनको यस्तो ऐश्वर्य देख्ने वित्तिकै युधिष्ठिरमा सहसा ठूलो खिन्नता प्रकट भयो र ठूला ठूला स्वरमा भन्न लाग्नु भयो – आदरणिय देवताहरु ! जसको कारण हामीहरुले आफ्ना समस्त सुहृदयहरु तथा वन्धुहरुको लडाइमा संहार गर्नुप¥यो, जसको कारण धर्मपरायण पाञ्चाल राजकुमारी द्रौपदीको सभाभवनमा मान्यजनहरुको सम्मुख ल्याएर वेइज्जत गरियो । यस्तो पापी दुर्योधनको साथ म यो स्वर्गलोकमा बस्न कत्ति पनि चाहन्न । युधिष्ठिरको यस्तो वचन सुनि त्यहाँ उपस्थित नारदजीले भन्नुभयो – महाबाहु ! स्वर्गमा आएपछि मृत्युलोकको वैर–विरोध रहँदैन । स्वर्गलोकमा जति पनि श्रेष्ठतम राजाहरु छन् उनिहरु र देवताहरु सबैले दुर्योधनको विशेष सम्मान गर्ने गर्छन् । यो सत्य हो कि दुर्योधनले सदा नै तपाईंहरुलाई दुःख कष्ट दिएका थिए तथापि उनले आफ्नो शरीरको आहुति दिएर यो वीरलोक प्राप्त गरेका हुन् । अतः मनुष्यलोकमा भएको वैर छाडिदिनुहोस र यहाँ न्यायपूर्वक मिलेर बस्नुहोस् । यो स्वर्गलोक हो, यहाँ आएपछि पहिलेको बैरभाव रहँदैन ।
नारदजीको यस्तो वचन सुनेपछि केहि हदसम्म आफ्नो व्याकुल चित्त बुझाउन प्रयत्न गर्दै पुनः सोधे – ब्राम्हण ! मेरा महान ब्रतधारी, महात्मा, सत्यप्रतिज्ञ, विश्वविख्यात, वीर र सत्यवादी प्यारा भाइहरुले कुन लोक प्राप्त गरे ? म उनिहरुलाई देख्न चाहन्छु । यस बाहेक सत्य प्रतिज्ञ कुन्तीपुत्र महात्मा कर्ण, महारथि, धृष्टधुम्न, महारथि सात्यकि तथा क्षत्रिय धर्म अनुसार जसले युद्धमा वीरगति प्राप्त गरेका थिए, उनिहरु कहाँ छन ? राजा विराट, राजा द्रुपद, धृष्टकेतु, पाञ्चाल कुमार शिखण्डी, द्रौपदीका पाँचपुत्रहरु तथा पराक्रमी अभिमन्यू सबै सँग म भेट गर्न चाहन्छु । युधिष्ठिरले देवताहरु समक्ष फेरि भन्नुभयो – ‘देवगण’! यहाँ युधामन्यू र उत्तमौजा जस्ता वीर महारथिहरु र ती सबै महान वीरहरु, राजाहरु, राजकुमारहरु जसले महायुद्धको अग्नीमा शरीको आहुति दिएका थिए ति सबै बीरहरु कहाँ छन् ? यदि ति सबै वीरहरुले यहि स्वर्गलोकको अधिकार प्राप्त गरेका छन् र ति सबै यहि आइसकेका छन् भने म ति महात्माहरुका साथ यहि रहनेछु । अन्यथा ती सबै भाई बन्धुहरु विना म यहाँ सुखपूर्वक कदापी बस्न सक्तिन । महात्मा कर्ण जसले युद्धमा वीरगति प्राप्त गरेपछि मात्र उनी मेरा जेष्ठ भ्राता हुन भन्ने कुरा माता कुन्तीबाट थाहा पाएँ । त्यसबेला देखि म भ्राता कर्ण प्रति अत्यन्त विह्वल छु र उनको मृत्यु प्रति म सदा पश्चाताप गरिरहन्छु । यदि कर्ण हाम्रो साथमा भएको भए इन्द्रले पनि हामीलाई लडाईंमा परास्त गर्न सक्ने थिएनन् । ती सूर्यनन्दन कर्ण अहिले कहाँ छन् ? म उनको दर्शन गर्न चाहन्छु । आफ्नो प्राणभन्दा प्यारा भिमसेन, अर्जुन, नकुल, सहदेव तथा धर्म परायण द्रौपदीलाई पनि देख्न चाहन्छु । म आफ्ना प्यारा भाइहरु तथा पत्नीसँग विछोड भएर यहाँ अलग बस्न सक्तिन, जहाँ मेरा भाइहरु छन् त्यही मेरो लागि स्वर्ग हुन्छ । म यो लोकलाई स्वर्ग कदापी मान्दिन । युधिष्ठिरको यस्तो वचन सुनिसकेपछि देवताहरुले इन्द्रको आज्ञा अनुसार युधिष्ठिरलाई उनका सहृदयहरु भएका ठाउँमा लगि उनिहरुको दर्शन गराएर फिर्ता लिइ आउन देवदुतहरुलाई अह्राए ।
तत्पश्चात राजा युधिष्ठिर र देवदुत त्यहाँ जान अगाडि बढे जहाँ भिमसेन आदि वीरहरु थिए । उनिहरु हिँडने बाटो घोर अन्धकारमय थियो । बटो अत्यन्त खराब भएकोले हिँड्न साह्रै कठिन थियो । जताततैबाट फोहर सडेगलेको मुर्दाहरुको दुर्गन्ध आउँथ्यो, तिखा तिखा चुच्चा भएका विचित्रका गिद्धहरु मडारीरहन्थे र सियोको टुप्पा जस्ता चुच्चा भएका भयङ्कर प्रेतात्मा यताउता घुमिरहेका थिए । ति प्रेतात्माका शरीरबाट कुहिएको रगत र पिप बगिरहेका थिए । प्रेतको हात, पाउ र उदरहरु काटिएका विभत्स रुपमा देखिन्थे । कतै उम्लेका पानीको नदी थियो भने कतै छुराको धार जस्तो पात गरेका रुख थिए । कहिं तातो बालुवाको पहाड थियो भने कहिं तातो फलामको पहाड । कहिं उम्लेको तेल भएको कराई थियो भने कहिं पापीहरुलाई ठूला ठूला सजाय दिएका हृदयविदारक दृश्य देखिन्थे । अतः यस्तो भयङ्कर अवस्था देखेपछि युधिष्ठिर त्यहाँ टिक्न नसकि देवदुतलाई सोधे – भाई ! अब हामी अरु कति टाढा हिंड्नु पर्छ ? धर्मराजको कुरा सुनेपछि देवदुतले भने – महाराज ! अब यही सम्म मात्र हो । देवताहरुले धर्मराज युधिष्ठिर थाकेपछि फिर्ता लिइ आउनु भनेका छन्, अतः म अब तपाईंलाई फिर्ता लिएर जाँदैछु । युधिष्ठिरलाई पनि त्यहाँ भएको दुर्गन्धित र घोर अन्धकारमय वातावरणले गर्दा घवराहट भयो र तुरुन्त फर्कने निश्चय गरे । उनि त्यसै फर्कन मात्र के लागेका थिए त्यहाँ सजाय पाउँदै गरेका दुःखी जिवात्माहरुले एकै स्वरमा अत्यन्त दयनिय भएर युधिष्ठिरलाई पुकार गरे – हे धर्मनन्दन ! तपाईं हामी उपर दया राखी केहि क्षण भएपनि यहि बसिदिनुहोस् । तपाईं आउने वित्तिकै हामीलाई सुगन्धित सास फेर्ने अवसर प्राप्त भएको छ । तपाईं क्षणभर यहाँ बसी दिनाले हामीलाई यहाँ दिइने कष्टले पनि आनन्द दिइरहेछ । तपाईंको सान्निध्यले हामीलाई ठूलो सुख भइरहेछ । ति पापी जिवात्माहरुको यस्ता भाँति भाँतिका दिन वचन सुनेर युधिष्ठिरले उनिहरुलाई सम्बोधन गरी भन्नुभयो तपाईंहरु को हुनुहुन्छ ? र यहाँ किन कुन कामको लागि बस्नु भएको हो कृपया मलाई भन्नुहोस् । यत्तिकैमा ति जिवात्माहरु भएतिरबाट आवाज आउन थाल्यो – म कर्ण हुँ, म भिमसेन हुँ, म अर्जुन हुँ, म नकुल हुँ, म सहदेव हुँ, म धृष्टध्युम्न हुँ, म द्रौपदी हुँ, हामीहरु द्रौपदी पुत्रहरु हौं । यति भनि ति सबैले विलाप गर्न लागे । यो सुनेर राजा युधिष्ठिर मनमनै विचार गर्न लागे – दैवको यो कस्तो विधान हो ? मेरा महात्मा भाई भिमसेन आदि कर्ण, द्रौपदीका पुत्र तथा स्वयं द्रौपदीले पनि त्यस्तो कुन पाप गरेका थिए जसको कारण उनीहरुलाई यो दुर्गन्धपूर्ण भयानक स्थानमा रहनु प¥यो । यिनिहरु त सबै नै पुण्यात्मा थिए । जहाँतक मलाई थाहा छ यिनिहरुले कुनै पनि प्रकारका पापकर्म गरेका थिएनन, फेरी कुन पापकर्मले गर्दा यिनीहरु यो नरकमा बस्न बाध्य भए । मेरा भाइहरु सम्पूर्ण धर्मका ज्ञाता, सुरविर, सत्यवादी तथा शास्त्र अनुकुल आचरण गर्ने व्यक्ति थिए । यिनिहरुले क्षेत्रीय धर्ममा तत्पर रहेर ठूला ठूला यज्ञादी गरेका थिए तैपनि यिनीहरुको यस्तो दुर्गति किन हुन गयो ? यस प्रकार सोच विचार गर्दै युधिष्ठिरले देवदुतसँग भन्नुभयो तिमी जसको दुत हौ उनि कहाँ फर्केर जाउ म तिमीसँग फर्कन्न । तिमी आफ्नो मालिकलाई भनिदेउ, युधिष्ठिर यही नरकमा बस्छन् रे । म यहाँ बस्नाले यहाँ रहेका मेरो सबै भाइबन्धुहरुलाई सुख प्राप्त हुन्छ । युधिष्ठिरले यति भनिसकेपछि देवदुत देवराज इन्द्रकहाँ गए र युधिष्ठिरले भनेका र गर्न खोजेका सबैकुरा निवेदन गरे ।
युधिष्ठिर त्यस नरकमा बसेको एकछिन पनि भएको थिएन कि इन्द्र आदि सम्पूर्ण देवताहरु त्यहाँ आइपुगे । साक्षात धर्म पनि शरीर धारण गरेर राजालाई भेट्न त्यहाँ आइपुगे । देवताहरु आउने वित्तिकै त्यहाँको अन्धकार हट्यो र पापीहरुले भोग्दै गरेका दृश्यहरु अब त्यहाँ कतैपनि थिएन । त्यहाँ उपस्थित सबै देवताहरुको सम्मुख इन्द्रले युधिष्ठिरलाई सान्त्वना दिंदै भन्नुभयो तिमीलाई यो नरकलोक देख्नु प¥यो भनेर कत्ति पनि क्रोध नगर । मनुष्य आफ्नो जीवनमा शुभ र अशुभ दुबै प्रकारको फल उपभोग गर्छ । यदि शुभको फल धेरै छ भने अशुभको फल पहिले भोग्नु पर्ने हुन्छ तसर्थ तिमीले थोरै मात्र अशुभको फल भोग्नु पर्ने भएकोले पहिले तिमीलाई नरकको दर्शन गराएको हुँ । तिमीले युद्धको दौरान महारथि अश्वत्थामा मरेको कुरा छलद्वारा गुरुवर द्रोणाचार्यलाई उनको पुत्र मरेको विश्वास दिलाउनु भएको थियो । यसैकारण तिमीलाई छलद्वारा नै नरकलोकको दर्शन गराइएको हो । तिम्रो पक्षमा युद्ध गर्ने जति पनि राजाहरु मरेका थिए ति सबै स्वर्गलोक पुगिसकेका छन् । महान धनुधर कर्ण, तिम्रा अन्य भाइहरु पाण्डव पक्षका अन्य राजाहरु सबैलाई उत्तम सिद्धि प्राप्त भै स्वर्गलोक पुगिसकेका छन् । अतः तिमी उनिहरु सबैलाई स्वर्गमा पुगेर हेर र तिमीले राजसूय यज्ञ तथा अन्य तपस्याबाट प्राप्त महान फल स्वर्गमा मेरासाथ उपभोग गर ।
यत्तिकैमा शरीर धारण गरेर आएका साक्षत धर्मले पनि युधिष्ठिरलाई भन्नुभयो – पुत्र तिम्रो धर्म विषयक अनुराग, सत्य भाषण, क्षमा तथा इन्द्रियसंयम गुणहरुको कारण म तिमीसँग अत्यन्त प्रशन्न छु । यो म बाट तिमीसँग गरिएको तेस्रो परीक्षा हो । तिमी कुनै पनि अवस्थामा आफ्नो स्वभावबाट विचलित भएनौ । पहिलो पल्ट द्वैतवनमा मेरो सरोवरमा पानी पिउँदा यक्षको रुपमा प्रश्न गर्दा, दोस्रो पटक महाप्रस्थानको क्रममा द्रौपदीसहित तिम्रा भाइहरुको मृत्युहुँदा कुकुरको रुप धारण गरेर तिम्रो परीक्षा लिंदा र अब यो तेस्रो पटक आफ्नो सुखको परवाह नगरी भाइहरुको सुखको लागि भाइहरुका साथ नरकमा बस्न चाहने कुराले तिमी हरतरहले महान एवं पापरहित शुद्ध प्रमाणित भएका छौं । तिम्रा भाइहरु तथा पत्नी द्रौपदी नरकको योग्य कदापी होइनन् । तिमीले जसलाई नरकको भोग गर्दै गरेको देखेका थियौ त्यो त देवराज इन्द्रद्वारा गरिएको माया मात्र हो । अर्जुन, भिम, नकुल, सहदेव र सत्यवादी शुरवीर कर्ण कोहि पनि नरक जान योग्य होइनन् ।
तिमी र तिम्रा भाइहरु, राजकुमारी द्रौपदी, सत्यवादी राजर्षि मान्धाता, राजा भगिरथ, दृष्यन्त कुमार भरत जहाँ गएका छन त्यहि स्वर्गलोकमा जान अब तिमी त्रिभुवन पवित्र गर्दै बगेकी देवनदी मन्दाकिनीको साथै त्रिलोक गामिनी गंगाजीमा स्नान गर जसबाट तिम्रो मानव स्वभाव, शोक सन्ताप, ग्लानी र शत्रुताको सबै दोष मेटिनेछ । धर्मले यति भनेपछि राजा युधिष्ठिरले देवनदी मंदाकिनीका साथै गंगाजीमा स्नान एवं दर्शन गरे । स्नान गर्ने वित्तिकै मानव शरीर त्याग भै दिव्य देह धारण भयो । दिव्य देह धारण हुनासाथ उनको हृदयको शोक संताप र बैरभाव हराउँदै गयो । तदनन्तर देवताहरुको विचमा महर्षिहरुको स्तुति सुन्दै युधिष्ठिर त्यो स्थानमा पुगे जहाँ उनका भाइहरु विराजमान थिए । त्यहाँ उनले भगवान श्री कृष्णलाई पनि मत्र्यलोकमा हुँदा कै विग्रह र भेषभुषामा देखे जसबाट दिव्य ज्योति प्रस्फुटित भैरहेको थियो । चक्र आदि विभिन्न भयंकर दिव्यास्त्रहरुले शरीर धारण गरेर भगवानको सेवा गरिरहेका थिए । तेजस्वी वीरवर अर्जुन पनि भगवानको आराधनामा लागिरहेका थिए । अर्जुनले युधिष्ठिरलाई देख्ने वित्तिकै पूर्ववत सम्मान प्रकट गरे । यसपछि युधिष्ठिरले चारैतिर नजर घुमाउँदा श्रेष्ठ धनुर्धर सूर्यपुत्र कर्ण, वायु देवताका साथ बसेका भिम, आश्विनीकुमारका साथ बसेका नकुल र सहदेवलाई देखे र अत्यन्त प्रशन्न भए । यत्तिकैमा इन्द्रले द्रौपदीलाई देखाउँदै भने – युधिष्ठिर ! यो अत्यन्त लोककमनिय र सुगन्ध प्रस्फुरित रुपमा जो देखिएकि छिन यिनी साक्षात भगवती लक्ष्मी हुन । यिनीलाई त तिमीहरुको प्रशन्नताका लागि मनुष्यलोकमा भगवान शंकरले राजा द्रुपदको कुलमा प्रकट गराउनु भएको थियो । इन्द्रले अगाडि भन्दै जानु भयो – अग्निको समान तेजस्वी पाँच गन्धर्व जो यहाँ देखिइरहेका छन् यिनिहरु तिमीहरुको विर्यबाट उत्पन्न भएका द्रौपदीका पाँच पुत्र हुन्, यिनी परम बुद्धिमान गन्धर्वराज धृतराष्ट हुन जो तिम्रा पिताको दाजु थिए । यिनी धनुर्धर कर्ण हुन जो महाभारत युद्धमा दुर्योधनको साथ थिए, उता हेर  यिनीहरु वृष्णि, अन्धक, भोजवंशक सात्यकि, कृतवर्मा आदि महारथीहरु हुन, यि चन्द्रमाको साथ बस्ने तिम्रो भतिज महान धर्नुधर सुभद्राकुमार अभिमन्यु हुन्, उता हेर – कुन्ती र माद्रीको साथ बस्ने तिम्रो पिता महाराज पाण्डु हुन्, यि वसुहरुका साथ बस्ने तिम्रा पितामह शान्तनु नन्दन भिष्म हुन्, यि गुरु वृहश्पतीको साथ बस्ने गुरुवर द्रोणाचार्य हुन् । त्यता हेर जो असंख्य संख्यामा छन् तिनीहरु विभिन्न राजगन्धर्व, यक्षहरु हुन्, जो युद्धमा तिम्रो लागि लडेर आफ्नो शरी त्याग गरेर आएका हुन् । यिनीहरु सबैलाई स्वर्गलोक प्राप्त भएको छ भनेर युधिष्ठिरलाई भगवान इन्द्रले सबैको टाढैबाट दर्शन गराउनुभयो ।
ईश्वरको लिला अपरम्पार छ । विधिको विधानमा सृष्टि स्थिति र संहार निरन्तर चलिरहने प्रकृया हो । माथि वर्णन गरिएका भगवान श्रीकृष्ण लगायत सम्पूर्ण राजाहरु रानीहरु गुरुहरु महारथिहरु र वीर योद्धाहरु मनुष्य लोकमा आआफ्नो कार्य समाप्त गरी सत्कार्य गर्नेहरु मात्र स्वर्गलोक पुग्ने र अन्य कुकृत्य गर्नेहरु विभिन्न योनिहरु भोग्न नरकलोकको वास गर्ने विभिन्न धर्मशास्त्रहरुमा वर्णन गरिएको छ । मनुष्यलोकमा सद्गुण, सद्विचार, धर्मविषयक अनुराग, सद्वचन, क्षमा र इन्द्रियसंयम कार्य गर्ने महानआत्माहरु मात्र स्वर्गलोकमा कतिसमयसम्मका लागि बस्छन् भन्ने सम्बन्धमा महाभारत ग्रन्थमा लेखिए अनुसार आत्मा स्वर्ग पुगेपछि सबै वीर विरांगनाहरु अन्ततोगत्वा आफ्नो मुलस्वरुपमा नै विलय हुन जान्छन् । जसप्रकार महान तेजस्वी भिष्म वसुहरुमा प्रविष्ट भए, आचार्य, द्रोण वृहस्पतिमा, कृतवर्मा मरुदगणमा, पद्युम्न, नकुल र सहदेव सनतकुमारमा, धृतराष्ट्र र गान्धारी देवी कुवेरको दुर्लभलोकमा, राजा पाण्डु दुबै पत्नीका साथ इन्द्रलोकमा, विराट, दु्रपद, धृष्टकेतु, निसठ, अक्रुर, साम्व, भानु, कम्प, बिदुरथ, भुरिश्रावा, शल, भुरि, कंस, उग्रसेन, वसुदेव, आदि विश्वदेवमा विलप भए । अभिमन्यू चन्द्रमामा प्रविष्ठ भए । कुरुश्रेष्ठ कर्ण सूर्यलोकमा, सकुनि द्वापरमा र धृष्टध्यूम्न अग्निमा प्रवेश भए । धृतराष्ट्रका सबै पुत्रहरु राक्षस लोकमा, सत्यवक्ता विदुर र राजा युधिष्ठिर धर्मलोकमा, भगवान बलराम रसातलमा, भगवान श्रीकृष्ण जो भगवान नारायणको नामबाट प्रसिद्ध हुनुहुन्थ्यो जसको अंशबाट कृष्ण अवतारमा जन्मनु भएको थियो उहाँ बैकण्ठ लोकमा पुगि भगवान नारायणमा प्रविष्ट हुनु भयो । अतः भगवानको अदालतमा न्याय निसाफ अवश्य हुन्छ । सति गान्धारीको श्रापबाट जसरी भगवान श्रीकृष्ण वच्न सक्नु भएन त्यसै गरी सानो झुट बोल्ने धर्मराज युधिष्ठिरले पनि छोटै अवधि भएपनि नरकलोकको भोग गर्नुप¥यो । तसर्थ हामीले पनि सत्कर्मद्वारा प्राणी मात्रको निस्वार्थ सेवा गरेमा सबैको लागि स्वर्गको ढोका खुल्ने नत्र भयङ्कर नरकलोकको यातना भोग्नु पर्ने तथ्य सबैले बुझ्न प्रस्तुत लेखको उद्देश्य रहेको छ ।
सन्दर्भ सामग्री ः संक्षिप्त महाभारत खण्ड – २ गिता प्रेस, गोरखपुर
(लेखिका ः पुँवार खड्का गुठीका अध्यक्ष श्री रुद्र बहादुर खड्काको धर्मपत्नी हुनुहुन्छ)

पेट्रोलियम पदार्थको आधारभूत ज्ञान एवम् यस व्यवसायमा अन्र्तनिहित चूनौतिहरु

रुद्र बहादुर खड्का
अध्यक्ष
पुँवार खड्का गुठी, नेपाल

नेपाल पूर्वमा मेची र पश्चिममा महाकाली नदी विच ऐतिहासिक मकवानपुर, बाइसी र चौविसि राज्यहरु, उपत्यकाका कान्तिपुर, भक्तपुर र ललितपुर राज्यहरु तथा पूर्वका वीजयपुर र चौदण्डी राज्यहरु एकिकरण भै बनेको एउटा सुन्दर मुलुक हो । परापूर्वकालदेखि नै दुई ठूला शक्तिशाली राष्ट्र चीन र भारत वीच भूपरिवेष्ठित अवस्थामा रहेर पनि ती दुबै छिमेकीसँग सौहार्दपूर्ण वातावरण कायम गरी स्वतन्त्र तथा सार्वभौम रहेको हाम्रो मुलुक संयुक्त राष्ट्रसँघको सदस्य रहि असंलग्नता र शान्तीप्रति कटिवद्ध रहँदै आएको छ । मध्ये एसियाको प्लेट्यु र भारतीय उपमहाद्विपको मध्य भागमा पू.डण्ण्द्द’–८८०घ’ देशान्तर र उ. द्दटण्द्द’–३००७’ अक्षांस विच पूर्व देखि पश्चिम लम्बाई ८८५ कि.मि. र उत्तर दक्षिण चौडाई सरदर १९३ कि.मि भएको हाम्रो मुलुक चार, जात छत्तिस वर्णको सुन्दर फुलबारी हो । यसै भूमिमा हामी सबै जातजाती हुर्केको समाज सप्तरंगी इन्द्रेणी समान भै नेपाली आकाशमा सदा सोभायमान भइ आएका छौं ।  झण्डै पाँच हजार वर्षदेखि आगमन र बसाई सराई, अन्तर्घुलन र सहकार्य, आपसि भाइचारा र एकता कायम गर्दै आर्य र मङ्गोलहरु, आष्ट्रिक र द्रविडहरु, हिन्दु र बौद्धहरु, मुस्लिम र प्रकृति पुजकहरु, मैदानी र पहाडीहरु हामी सबै नङ्गमासु जस्तै विभन्न रङ्गहरु अंकित संगमरमरको रुपमा रहेका छौं र यहि सिंगो संगमर्मर रुपी ढिक्का नेपाल राष्ट्र बनेको छ । नेपालको भूमिमा संसारमा पाइने हरेक प्रकारको चट्टानी भुवनावट ९तभचचबष्ल० र हावापानी पाइन्छन् । उष्ण हावापानी भएको दक्षिणी होचो मैदानी भाग देखि उत्तरमा वरफले बाह्रै महिना ढाकिइरहने हिमालका असंख्य चुचुराहरु वीच हिमाल राज सगरमाथा संसारकै श्रीपेच भएर उभिएको छ । नेपालको भुभाग ८४% पहाडि र हिमाली क्षेत्रले भरिएको छ तापनि परम्परागत रुपको कृषि व्यवस्था यहाँका बासिन्दाको मुख्य व्यवसाय हो । पहाडै पहाड र हिमालै हिमालले बनेको मुलुक भएतापनि भूगर्भविदहरुको भनाइ अनुसार यहाँका पहाडहरु अन्य मुलुकको पहाडका तुलनामा अत्यन्त नयाँ पहाड ९थयगलन जष्िि० हो । अतः नयाँ भएकै कारण नेपालका पहाडहरुमा धातु तथा पेट्रोलियमजन्य खानीहरुको संभाव्यता खासै नभएको विभिन्न भौगर्भिक सर्वेक्षणले देखाएको छ ।
नेपालको कूल भुभाग मध्ये खेतियोग्य जमिन २८.६%, वनक्षेत्र ३९.६%, चरन क्षेत्र १२%, हिम तथा चट्टानि क्षेत्र १७.२% र जलक्षेत्र २.६% रहेको छ । सन २०१० को जनगणना अनुसार (प्रकाशित भै नसकेको) नेपालको जनसंख्या पौने तिन करोडको हाराहारीमा रहेको अनुमान छ । केहि वर्ष अघि मात्र नेपाल हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र बनिसकेको छ । जनचाहना अनुरुप राजतन्त्रात्मक राष्ट्रबाट संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रमा परिणत पनि भैसकेको छ । यो मुलुकमा बसोबास गर्ने व्यक्तिको आयु हालका वर्षहरुमा सरदर ५८ वर्षको हाराहारीमा रहेको छ । अत्यधिक गरिबि र विकासको हिसाबले नेपाल विश्वका गरिब मुलुकहरुको समूहभित्रै पर्दछ । जिवनयापनको लागि मानिसहरु मुख्यतया परम्परागत खेतिपातीमा नै निर्भर हुनु पर्छ । उद्योग धन्दाको हकमा तयारी पोशाक, गलैचा निर्यातमुलक उद्योग हुन् भने चिनी, चिया आदि उद्योगहरु घरायसी प्रयोजनका उद्योग हुन् ।  प्राकृतिक श्रोत साधन, उद्योगमा जल विद्युत र पर्यटन उद्योग प्रमुख हुन् । मुलुकलाई आवश्यक पर्ने वस्तुहरुको आयात र विक्रीको तुलना गर्दा प्रत्येक वर्ष आयात हुने वस्तको मूल्य निर्यात हुने वस्तुको भन्दा अत्यधिक रहने गर्छ । जस्ले गर्दा सोधनान्तर स्थिति ऋणात्मक हुने गर्छ । आफ्नो मुलुकमा रोजगारको स्थिति अत्यन्त नाजुक भएको करण शिक्षित, अशिक्षित सबैखाले युवायुवतीहरु विदेशमा गइ श्रम गर्नु पर्ने वाध्यता दिनानुदिन बढ्दो क्रममा रहेको छ ।
विभिन्न इन्धनको विश्वव्यापि खपत प्रतिशत
विश्वमा प्रयोग हुने विभिन्न इन्धन ९भलभचनथ कयगचअभ० को २००८ को तथ्यांक अनुसार पेट्रोलियम ३३.५% कोइला २६.८% प्राकृतिक ग्यास २०.८% चभलभधबदभि भलभचनथ ९जथमचय, कयबिच, धष्लम, नभयतजभचmब िर दष्यागभ०ि १२.९%, आणविक ९लगअभिबच० ५.८% र अन्यमा ४% थियो । यसमा पेट्रोलियम र कोइला मात्र जोड्ने हो भने पनि धयचमि भलभचनथ कगउउथि  मा ६०% प्रतिशत भन्दा बढि यसैले स्थान हासिल गरेको थियो । पेट्रोलियम जसलार्य ायककष् िागभ िपनि भनिने गर्छ  यसको खपत सन् १९६५ देखि नै लगातार बढ्दै आएको छ । त्यसमा पनि हालका वर्षहरुमा त पेट्रोलियम, प्राकृतिक ग्यास र कोइला तिनै थरी पदार्थ अत्यन्त द्रुतगतिले सबैको चाहनाको इन्धन बन्न पुगेको छ । झन सन् २०११ मा जापानको पूर्वि तटमा आएको सुनामीले धेरै जापानीहरुको धनजनको क्षति पु¥याउनाका साथै आणविक इन्धन ९बतयmष्अ ागभ०ि बाट चल्ने विद्युत गृहमा आणविक चुहावट हुँदा सम्पूर्ण जापान र छिमेकी मुलुकमा समेत आणविक असर पर्न सक्ने कारण सन् २०१२ देखि जापानले आफ्नो सबै आणविक भट्टियुक्त उयधभच नभलभचबतष्यल अभलतचभ बन्द गरेको छ । यो बन्दले अब आणविक इन्धनको स्थान ायककष् िागभ िले लिन सक्ने हुँदा पेट्रोलियम र कोइलाको माँग आगामि दिनहरुमा अझ बढ्ने टड्कारो देखिन्छ ।
इन्धन ९ागभ िभलभचनथ० को महत्व र प्रयोग
जीवनयापनको लागि मानिसको जीवनमा इन्धनको ठूलो महत्व रहि आएको छ । विहान उठेदेखि अवेर वेलुकासम्म मानौ चौविसै घण्टा उसलाई कुनै न कुनै इन्धनको आवश्यकता ति उपकरणहरु संचालन गर्न परि नै रहेको हुन्छ, चाहे त्यो आकाशमा उड्ने होस् वा सडकमा गुड्ने होस् वा पानीमा हिँड्ने होस् वा कलकारखानामा संचालन गर्न होस् वा अस्पताल, नर्सिङ्गहोममा उपचारजन्य उपकरण संचालन गर्न होस, प्रत्येक पाइलामा कुनै न कुनै प्रकारको इन्धन को अत्यावश्यकता परिनै रहन्छ । मानौ इन्धन विनाको जीवन अब निरर्थक मात्र हैन असम्भव प्राय छ । तर हाम्रो दुर्भाग्य नेपालमा जलविद्युत ९जथमचय भभिअतचष्अ उयतभलतष्बष्तिथ० बाहेक अन्य कुनै पनि इन्धनको खानी ९चभकभचखभ० छैन । पेट्रोलियम पदार्थ जसलाई अर्थशास्त्रीय भाषामा तरल सुन ९ष्त्रिगष्म नयमि० पनि भनिन्छ, आजको विश्वमा अत्यन्त महत्वपूर्ण वस्तुमा रुपान्तरित भएको छ । पेट्रोलियमको राजनीतिले ठूलाठूला शक्तिसाली राष्ट्रहरु विभत्स रुपमा धाराशायी भएका छन् भने तेलको राजनीति गर्ने राजनेताहरुको अत्यन्त हृदय विदारक अन्त्य भएको पनि हामी सबैले देखेका छौं । यस्को ज्वलन्त उदाहरण हालैका लिविया र इराकलाई हेरे मात्र पुग्छ । उक्त मुलुकहरुमा तेलको राजनीतिले कस्तो दुर्दशा निम्त्याएको छ ।
पेट्रोलियम पदार्थको खानी भएका विश्वका विभिन्न मुलुकले वडो होसियारीका साथ आफ्नो तेल प्रशोधित वा अप्रशोधित अवस्थामा उपत्पादन गरी विक्री वितरण गर्दै आएका छन् । पेट्रोलियम पदार्थ विश्वमा धेरै लामो अवधिसम्म नरहने र छिट्टै यसको भण्डारण रित्तिने पेट्रोलियम विशेषज्ञहरुको राय रहँदै आएको छ । नेपालको परिप्रेक्ष्यमा एक त हामी निर्धन राष्ट्र भएकोले विदेशी मुद्राको अभाव सँधै नै खट्कि रहन्छ भने हामीसँग तेलको खानी नभएकोले वाध्यात्मक अवस्थामा विदेशी मुद्रा पेट्रोलियम पदार्थको खरिदमा नै अत्यधिक खर्चिनु पर्ने भइरहेको छ । नेपालको भूपरिवेष्ठित अवस्थाले गर्दा समुद्रसम्मको पहुँच अत्यन्त कठिन छ । विश्वमा भूपरिवेष्ठित राष्ट्रहरु अरु पनि नभएका होइनन् तर ति मुलुकहरुका छिमेकि राष्टहरुको सहायताले गर्दा उनिहरुले समुद्र सम्मको पहुँच सरल रुपमा नै निरन्तर प्राप्त गरिरहेका छन् । उदाहरणको रुपमा स्विट्जरलैण्ड । स्विट्जरलैण्ड युरोपको भुपरिवेष्ठित राष्ट्र मध्येको एक हो । तर यो मुलुकको दक्षिण तर्फ समुद्र सहितको छिमेकि राष्ट्र इटलिले बन्दर्गाहको राम्रो सुविधा दिएकोले स्विट्जरलैण्डले उसलाई आवश्यक पर्ने पेट्रोलियम पदाथको पाइपलाइन इटलीको गेनोआ देखि ३५० किमि टाढा स्विट्जरलैण्ड बोर्डर सहरमा पु¥याई पेट्रोलियम पदार्थको समुचित आयात, संचय एवं प्रशोधन निर्वाध रुपमा विना कुनै झंझट गर्दै आएको छ । त्यस्तै गेनोआ देखि जर्मनीको दक्षिणि शहर इंगोलस्टाड सम्म करिव ८०० कि.मि. लामो पाइपलाइन जडान गरी जर्मनीले पनि तेल पम्पिङ्ग कार्य निर्वाध रुपमा गर्दै आएको छ । तर हाम्रो मुलुक नेपाललाई भारतले दिएको कलकत्ता र हल्दिया पोर्ट सुविधा नाममात्रको सुविधा भएको छ । यदि भारतले पनि असल छिमेकिको हैसियतले नेपाललाई पेट्रोलियम व्यवस्थापनको लागि हल्दिया पोर्टमा छुट्टै संरचना विकास गरी सहयोग पु¥याई दिने हो भने नेपालको विकासमा कायापलट हुन सक्छ । यस्तो सहयोग एउटा विकासोन्मुख भूपरिवेष्ठित मुलुकको लागि सामुद्रिक सुविधा भएको छिमेकि मुलुकले गरेको सहयोगको उत्कृष्ट उदाहरण हुन सक्छ । तर भन्दा नेपालमा विकाश होस र शान्ती छावस भन्ने तर व्यबहारमा भने त्यसको अनुभूति कत्ति पनि गराउन नसक्ने वर्तमान परिस्थिति मध्यनजर राख्दा यस्ता एक दुई वटा अत्यावश्यक परियोजना बनाएर नेपाललाई सहयोग गरेमा नेपालीको मन जित्न भारतले अवश्य सक्छ र परम्परागत रुपमा रहेको मित्रवत सम्बन्धमा कुनै चिसोपनको प्रवेश भएको छैनहै भन्ने कुरा पुनः प्रमाणित हुन सक्छ ।
नेपालमा कच्चा तेल९अचगमभ यष्०ि को सम्भाव्यता अध्ययन एवं अन्वेशनको प्रयाशहरु ः
नेपालमा प्राकृतिक ग्यास र कच्चा तेलको खानी विभिन्न स्थानमा रहेका छन् भनेर विभिन्न भौगोलिक अध्ययनका पुस्तकहरुमा पढ्न पाइन्छ । तर व्यापारिक प्रयोजन ९अयmmभचअष्ब िभहउयिष्तबतष्यल० को रुपमा यि पदार्थहरु ज्यादै नै नगण्य रुपमा रहेको पनि भौगर्भिक सर्वेक्षणका जरनलहरुमा उल्लेख भएको पाइन्छ । प्रकृतिले पनि हामीलाई साँच्चै नै ठगेको हो कि भन्ने हामीलाई कताकता भान पर्नु पनि अस्वभाविक होइन । उदाहरणको रुपमा केहि वर्ष अगाडि काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा प्राकृतिक ग्यास ९लबतगचब िनबक० को संभव्यता अध्ययन सरकारीस्तरमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरु मार्फत गराईएको थियो । संस्थाहरुको अन्वैशन विवरणमा देखाइएका ग्यास रिजर्भ लोकेशन मध्ये टेकु पचली क्षेत्रमा निकै नै परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भएअनुसार ग्यास प्राप्त गर्न उपकरण जडान गरी खन्ने ९मचष्ििष्लन० काम गर्दा जमिनमुनि पानीमा ग्यास मिसिएर रहेको नतिजा प्राप्त भयो । यसप्रकार ग्यास मात्र छुट्टै नरहेको र पानीमा मिसिएर रहेको ग्यासलाई पानीबाट छुट्याएर निकाल्नु पर्दा आर्थिक दृष्टिकोणले फाइदाजनक नहुनेदेखि योजना नै बन्द गर्नु परेको तथ्यांक हाम्रो सामु रहेको छ ।
त्यस्तै २०४५–४६ सालतिर कैलाली जिल्लाको धनगढी क्षेत्र, मोरङ्ग जिल्लाको लेटाङ्ग क्षेत्रमा विश्व बैंकको सहयोगमा बहुराष्ट्रिय कम्पनी सेल इन्टरनेशनलले कच्चा तेल खानीको सम्भाव्यता अध्ययनको लागि ‘ड्रिलिङ्ग’ कार्य गर्दा प्रारम्भिक रुपमै सम्भाव्यता नदेखिएको कारण उत्खनन् कार्य विचमै बन्द गरेको थियो । हाल केहि वर्ष यतापनि चितवन जिल्लाको दक्षिणी भागमा धष्लचयअप नामक अन्तर्राष्ट्रिय कम्पनीले पनि ड्रिलिङ्ग कार्य गर्दा उत्साहजनक रुपमा खानी नभएको रिपोर्ट प्राप्त भएको छ । अतः कच्चातेल खानीको सम्भाव्यता नेपालमा रहेको नदेखिएको कारण मुलुकलाई आवश्यक पर्ने विभिन्न प्रकारका प्रशोधित तेल विभिन्न तेल उत्पादक मुलुकबाट आयात गरेर नै मुलुकको आपूर्ति व्यवस्थापन गर्नुपर्ने एकमात्र विकल्प रहेको छ ।
नेपाललाई आवश्यकपर्ने विभिन्न पेट्रोलियम पदार्थहरुः
नेपालको भुभाग साधारणतया पहाडि र हिमालीक्षेत्र भएकोले हवाई र सडक यातायात नै यहाँको प्रमुख यातयातका साधन हुन् । बढ्दो शहरीकरणले गर्दा वन जङ्गलको विनास अत्यन्त द्रुतगतिले भएको कारण इन्धनको रुपमा प्रयोग हुँदै आएको काठ दाउराको बैकल्पिक व्यवस्थापन हुनु पर्ने पनि टड्कारो आवश्यकता देखिएको छ । रेल यातायातको विकास नभएको र जलविद्युतको विकास पनि नगण्यरुपमा भएकोले इन्धनको लागि पेट्रोलिय पदार्थ बाहेक अन्य भरपर्दो विकल्प केहि पनि देखिंदैन । व्यवसायिक प्रयोगको हिसाबले नेपाललाई वर्तमान अवस्थामा देहाए बमोजिमका विभिन्न पेट्रोलियम ग्रेडहरुको आवश्यकता परिनै रहन्छ । पेट्रोलियम ग्यास (ष्त्रिगषष्भम उभतचयभिगm नबक०, पेट्रोल ९नबकयभिलभ०, डिजल ९जष्नज कउभभम मष्भकभ०ि, मट्टितेल ९कगउभचष्यच पभचयकभलभ०, हवाई इन्धन ९बखष्बतष्यल तगचदष्लभ ागभ०ि, लाइट डिजल ९ष्निजत मष्भकभ०ि फ्युल आयल ९ागभ ियष्०ि तथा विभिन्न प्रकारका तैल्य पदार्थ ९गिदचष्अबतष्लन यष्०ि नेपाललाई नभै नहुने पेट्रोलियम पदार्थहरु हुन् । उपादेयताको हिसाबले सवारी साधन ग्रुपमा पेट्रोल, डिजल र हवाई इन्धन पर्छन भने तताउने इन्धन ग्रुपमा मट्टितेल, लाइट डिजल, फ्युल आयल पर्छन । पेट्रोलियम ग्यास भने सवारी र हिटिङ्ग दुबै ग्रुपमा पर्छन । पेट्रोलियम ग्यासलाई नेपालमा खाना पकाउने ग्यासको नामले पनि चिनिन्छ यो ग्यासको बनावट ९अयmउयकष्तष्यल० तेल प्रशोधनशालाबाट निस्कने प्रोपेन ९उचयउबलभ० ग्यासमा ब्युटेन ९दगतबलभ० ग्यास साधारणतया ६०ः४० को प्रतिशतमा प्रशोधनशाला मै मिसाएर ठूला ठूला बुलेट ट्रकमा ढुवानी गरी ग्यास उद्योगीहरुले १४.२ के.जी. ग्यास ससाना स्पातबाट बनेका सिलिण्डरमा भर्ने काम गरी ग्राहक समक्ष विक्री वितरण गरिन्छ । सिलिण्डरमा रहँदा यो ग्यास तरल अवस्थमा रहन्छ भने पाइपको नोजलबाट बाहिर आउनासाथ ग्यासमा परिणत हुने गर्छ । त्यसैले यसलाई ष्त्रिगषष्भम उभतचयभिगm नबक  भनिएको हो ।
कच्चातेलको प्रशोधन ः
पृथ्वीको धरातलमा करौडौं वर्ष पहिलेदेखि मरेका जीवजन्तु, रुखपात आदि कुहिएर कच्चातेलको रुपमा जम्मा भैरहेको अवस्थामा विभिन्न यान्त्रिक उपकरणको प्रयोगद्वारा जमिन बाहिर निकाली प्रशोधनशालाको सहायताले यथोचित उपादेयता एवं प्रयोगको लागि कच्चा तेललाई परिस्कृत गरी प्रयोगमा ल्याइने गरिन्छ । तेल प्रशोधनशाला प्राविधिक हिसाबले कच्चातेलको गुणस्तर हेरी निर्माण गर्ने गरिन्छ । तेल प्रशोधन प्रविधि ९चभाष्लष्लन तभअजलययिनथ० एउटा छुट्टै प्राविधिक विषय भएकोले साधारण पाठकको लागि त्यति आवश्यक नहुन सक्छ तसर्थ यसबारे यहाँ चर्चा गरिरहनु त्यति सान्दर्भिक नहोला । साधारणतया ः कच्चातेलबाट क्रमशः के कुन प्रकारका पेट्रोलियम ग्रेड निस्कन्छ प्रशोधन सम्बन्धी आधारभूत जानकारी देहाय बमोजिम ष्लिभ मष्बनचबm बाट बुझ्न सकिन्छ ।  तेल प्रशोधनशालाको प्रकार ९अयलाष्नगचबतष्यल० धेरै थरीको हुने गर्छ । व्यापारीक दृष्टिकोण र माँग तथा आपूर्तिको हिसाबले विकसित मुलुकहरुले तेल प्रशोधन केन्द्रको स्थापना गरेका हुन्छन्
 
इन्धन ९ागभ०ि  का प्रकारहरु ः
हामीले प्रयोग गर्दै आएका भलभचनथ  का कयगचअभ हरुमा परापूर्वकालदेखि प्रयोग हुँदै आएका ९अयलखभलतष्यलब०ि र तिनिहरुको विकल्पको रुपमा प्रयोग हुने वैकल्पिक ९बतिभचलबतष्खभ० मूख्य दुई प्रकारका कयगचअभ हरु रहेका छन् । अयलखभलतष्यलब िकयगचअभ या भलभचनथ मा काठ, दाउरा, कृषिबाट पैदा हुने भुस, मकैका खोया र खोष्टा  ९ बनचष्अगतिगचभ चभकष्मगभ० गाई गोरु, राँगा, भैंसीको गोबरबाट बनेका गुइठा ९बलष्mब िधबकतभ० जल विद्युत, पेट्रोलियम पदार्थ, कोइला आदि हुन भने बतिभचलबतष्खभ कयगचअभ या भलभचनथ मा दष्यनबक, कयबिच भलभचनथ र धष्लम भलभचनथ हुन् । इन्धनहरुमा पनि अस्थाई र स्थाई बर्गिकरण गर्दा सकिंदै जाने र सँधैभरी रहने गरी २ प्रकारका भलभचनथ का श्रोतहरु रहेका छन् ।
(१)    सकिंदै जाने इन्धनका श्रोतहरु ९लयल चभखभधबदभि कयगचअभ या भलभचनथ० (२) कहिले पनि नसकिने इन्धनका श्रोतहरु ९चभलभधबदभि कयगचअभ या भलभचनथ० पेट्रोलियम पदार्थहरु कोइला, प्राकृतिक ग्यास आदि लयल(चभलभधबदभि भलभचनथ हुन भने सौर्य उर्जा ९कयबिच भलभचनथ०, धष्लम भलभचनथ, जथमचय भलभचनथ, लगअभिबच भलभचनथ चभलभधबदभि कयगचअभ या भलभचनथ हुन् ।
पेट्रोलियम पदार्थ उत्पादक र निर्यातक विश्वका प्रमुख राष्ट्रहरुः
आफ्नो मुलुकमा प्रचुर परिमाणमा कच्चातेल खानी रहनाको साथै तेल प्रशोधनशाला समेत भएका मुलुकहरु विश्वमा धेरै छन् तापनि प्रचुर परिमाणमा कच्चातेलका साथै अत्याधुनिक प्रशोधनशाला भएका राष्ट्रहरु मध्ये संयुक्त राज्य अमेरिका, रुस, वेलायत, क्यानडा, भेनेजुयला, साउदि अरेविया, कुवेत, इजिप्ट, कतार, यमन, ओमान, यु.ए.ई., बहराईन, इराक, इरान, टर्कि, लिविया, चिन, भारत, मलेशिया, अष्ट्रेलिया, नाइजेरिया, मेक्सिको प्रमुख हुन् ।
पेट्रोलियम पदार्थ निर्यात गर्ने राष्ट्रहरुको संगठन इएभ्ऋ ९यचनबलष्शबतष्यल या उभतचयभिगm भहउयचतष्लन अयगलतचष्भक०
यो एउटा स्थाई अन्र्तसरकारी संगठन हो । स्थापनाकालको शुरुमा यसको मुख्य उद्देश्य पेट्रोलियम पदार्थको उत्पादन र विक्रिमा सामञ्जस्यल्याई विक्री मूल्यमा स्थायित्व प्रदान गर्ने रहेको थियो । तर हाल विगतका केहि वर्षहरुदेखि यसले घुमाउरो पाराले तेलको हतियारद्वारा अन्य राष्ट्रहरु माथि तेलमा निर्भरता जगाई उत्पादन र विक्री मूल्य आफ्नो हितमा हुने गरी नियन्त्रण र निर्धारण गरी फाइदा उठाउने रहेको छ । यो संगठनमा विश्वका तेल उत्पादन गर्ने, प्रमुख राष्ट्रहरु मध्ये १२ राष्ट्र सदस्य रहेका छन् । सदस्यहरुमा इरान, इराक, कुवेत, साउदि अरेविया, भेनेजुयला, संयुक्त अरब इमिरेट्स, कटार, अंगोला, लिविया, इक्वैडोर, अंगोला र नाइजेरिया रहेको छ । युरोप, उत्तर अमेरिका र एसियाका पेट्रोलियम उत्पादक राष्ट्रहरु भने यो संगठनमा सम्मिलित भएका छैनन् ।
नेपालमा पेट्रोलियम पदार्थको आयात, संचय र विक्री व्यवस्था ः
वि.सं. २०२७ पौष २६ गते भन्दा पहिले नेपालमा विभिन्न बहुराष्ट्रिय तेल कम्पनीहरुले  नेपालमा पेट्रोलियम पदार्थको कारोवार गर्दथे । इस्सो इन्टरनेशनल, वर्मासेल, व्रिटिस पेट्रोलियम, मविल, इण्डियन आयल इन्टरनेशनल नामक संस्थाहरुले प्रतिस्पर्धात्मक रुपमा तेलको व्यापार व्यवस्थापन गराई आएका थिए । २०२७ पौष २६ गते नेपाल आयल निगमको विधिवत स्थापना भएपछि ति कम्पनीहरुको राष्ट्रियकरण भयो र स्वतः नेपाल आयल निगममा विलय भए । हाल नेपालमा आयल निगम लि. नामक एकमात्र पेट्रोलियम मार्केटिङ्ग कम्पनी रहँदै आएको छ । मुलुकभर यही एउटा कम्पनी कार्यरत छ जसले सरकारी स्वामित्वको निगमको रुपमा मुलुकलाई आवश्यक पर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको आयात, विक्री र संचय व्यवस्था निर्वाध रुपमा गर्दै आएको छ । नेपाल सरकारको ९८.३६% र बाँकी १.६४% अंश राष्ट्रिय विमा संस्थान, नेशनल ट्रेडिङ्ग लि., नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको सेयर स्वामित्वमा निगम संचालित छ ।
नेपालमा कच्चा तेलको खानी नभएको कारण मुलुकको पुरै आवश्यकता प्रशोधित तेल नै आयात गरी आवश्यकता परिपूर्ति गर्नुपर्ने बाध्यता छ । नेपालले निगमको स्थापनाकालदेखि नै भारत सरकारको पूर्ण स्वामित्वमा रहेको तेल कम्पनी इण्डियन आयल कर्पोरेशनसँग सम्झौता गरी नेपाललाई आवश्यक पर्ने विभिन्न प्रकारका पेट्रोलियम ग्रेडहरु नेपाल भारत सिमा नजिक रहेका भारतीय इन्धन डिपोहरुबाट खरीद गरी आपुर्ति व्यवस्था मिलाई आएको छ । सन् २००२ अगाडिसम्म इण्डियन आयल कर्पोसनसँग भएको सम्झौता वस्तु विनिमय ९उचयमगअत भहअजबनभ बनचभझभलत० सम्झौता बमोजिम नेपालले अन्तराष्ट्रिय बजारबाट डिजल र मट्टितेल (नेपालमा अत्यधिक खपत हुने पदार्थ) थोक परिमाणमा टेण्डर प्रक्रियाद्वारा खरीद गरी ठूला ठूला जहाजमा ढुवानी गराई इण्डियन आयल कर्पोरेशनलाई उस्ले निर्दिष्ट गरेको भारतीय पोर्टमा डेलिभरि दिने र दष्िि या बिमष्लन  मा उल्लेखित परिमाण र मूल्य बराबरको रकम भारतीय रुपैयाँमा नेपालले फिर्ता पाउने व्यवस्था गरिएको थियो । साथै नेपालको आवश्यकता भने डिजेल र मट्टितेल बाहेक अन्य विभिन्न पेट्रोलियम पदार्थ जस्तै पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास आदि पनि भएकोले सम्झौतामा उल्लिखत शर्तअनुसार विभन्न अयकत अयmउयलभलत  जोडी भारतीय इन्धन डिपोबाट उठाई नेपाल भित्र विक्री वितरण एवं संचय गर्ने व्यवस्था थियो । सिधा हिसाबले भन्नु पर्दा निगमले समुद्रपारका तेल उत्पादक तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ टेण्डर प्रकृयाद्वारा ख्याती प्राप्त सप्लायर कम्पनीबाट खरीद गरी भारतलाई विक्री गर्ने  (नेपालमा समुद्र नभएकोले वाध्यतावस) र इण्डियन आयलबाट पुनः उसको उत्पादन भारतीय रुपैयाँमा खरीद गरी नेपालको अन्तर्राष्ट्रिय बजारमा उपस्थितिको निरन्तरता थियो ।
तर उपरोक्त व्यवस्था सन् २००२ को अप्रिल देखि पुरै परिमार्जन हुन गयो । कारण २००२ को अप्रिलदेखि भारतमा पेट्रोलियम पदार्थको आयात र विक्रीमा निजिकरण ९मभचभनगबितष्यल० भयो अर्थात एकातिर भारतमा सरकारी स्तरका पेट्रोलियम कम्पनी बाहेक अन्य नीजि क्षेत्रले पनि पेट्रोलियम पदार्थको कारोवार गर्न पाउने व्यवस्था गरियो भने भारतमा यि दुबै क्षेत्रका आयल कम्पनीहरुले तेल प्रशोधन केन्द्रको अत्यधिक विस्तार गरेको हुँदा  (हाल भारतमा सरकारी र नीजि क्षेत्र गरी १६ वटा तेल प्रशोधन केन्द्र रहेका छन्) प्रशोधन केन्द्र पूर्ण क्षमतामा चलाई संचालन नाफा गर्न भारतमा कच्चा तेल मात्र आयात गर्ने नियम कायम हुन गयो । यसप्रकार यो प्रणालीबाट नेपाल पनि अछुतो रहन सकेन । भूपरिवेष्ठित भै भारतमाथि निर्भर भएको हाम्रो जस्तो मुलुकले पनि प्रशोधित तेलको सट्टा अब कच्चातेल नै आयात गरी इण्डियन आयललाई उपलब्ध गराउनु पर्ने वाध्यात्मक अवस्थाको सृजना भयो । एक त नेपालको धरातलमाकच्चा तेलको सम्भाव्यता नभएको र अर्कोतर्फ प्रकृतिले समद्रबाट वञ्चित गरेको हुँदा कच्चा तेल चाहेर पनि आयात गर्न नसकिने अवस्थाका साथै प्रशोधनशाला र प्रशोधनशालाबाट निस्कने प्रशाधित विभिन्न पदार्थ कुन निश्चित कच्चातेलको के कति प्रतिशत परिमाण पेट्रोल, डिजल, मट्टितेल, हवाईइन्धन, लाइट डिजल, फ्युल आयल, नाफ्था, प्रोपेन, वेश आयल, जुट व्यचिङ्ग आयल, टर्पेन्टाइन आयल, लोसल्फर हेमिस्टक, पेटलियम वाक्स, विटुमिन आदि ज्यावत ग्रेड परिमाण निस्कन्छ हामीमा त्यसको प्राविधिक एवं पेट्रोकेमिकल्सको ज्ञानको कमि हुनाको कारण कच्चा तेल आयात गरेर इण्डियन आयललाई दिएमा उसले जेजस्तो भने गरे पनि त्यसैलाई विश्वास गर्नुपर्ने अवस्था श्रृजना हुन जाने हुँदा नेपाल ठूलो असमञ्जस स्थितिमा पुग्न गयो ।
यस्तो परिस्थितिमा ६०% भन्दा बढि विदेशी मुद्रा पेट्रोलियम पदार्थमा खर्चिंदै आएको मुलुकको आर्थिक मेरुदण्ड मानिएको नेपाल आयल निगम जस्तो संस्थालाई मुलुकको हितमा उत्तरदायित्व बहन गरी पेट्रोलियम पदार्थ आयात व्यवस्थापन गर्न फाइदामुलक एवं झन्झटमुक्त सक्षम व्यवस्था के कस्तो हुन सक्छ भन्ने बारे विभिन्न तहमा छलफल र विचारविमर्शको आधारमा कच्चा तेल आयात नगर्ने तर इण्डियन आयलसँग उसले आफ्ना रिफाइनरीमा उत्पादन गरेका पेट्रोलियम पदार्थ नेपाललाई विलिङ्ग गर्दा तेल उत्पादक मुलुकबाट खरीद गरेको कच्चा तेल भारतीय रिफाइनरीसम्म ल्याउँदा लाग्ने मालको मूल्य, विमा, ढुवानी तथा अन्य सामूद्रिक खर्च, भंसार महसुल, प्रशोधन गर्दा लागेको प्रशोधन खर्च जोडि रिफाइनरी गेट मूल्यमा इण्डियन आयलको व्यापारिक मार्जिनहरु, रेल्वे फ्रेट आदि थप गरी नेपालको लागि एक्स डिपो मूल्य तयार गरि यसै एक्सडिपो मूल्यमा नेपालले तेल उठाउने प्रावधान रहेको छ । कच्चातेल भारत भित्रंदा तिरेको भंसार महशुलको हकमा भने दोहोरो कर लिनु नहुने प्रावधान अनुसार भारत सरकारले पछि नेपाललाई फिर्ता गर्ने गर्छ । यसप्रकार नेपालको लागि प्रति किलोलिटर विक्री मुल्य (सम्झौतामा उल्लिखित शर्तको अधिनमा रहि) इण्डियन आयलकै उत्पादन खरीद गर्ने व्यवस्था कायम रहेको र यो व्यवस्था केहि परिमार्जन सहित हालसम्म विद्यमान रहेको छ ।
२०४६ सालको भारतीय नाकावन्दी र पेट्रोलियम आयातः
२०४६ सालमा भारतले अनयास नेपालमाथि नाकावन्दी लगायो । नाकावन्दीले गर्दा निर्वाध रुपमा भारतबाट आइरहेको पेट्रोलियम पदार्थ आउन अब ठ्याम्मै बन्द हुन गयो । नेपाललाई परेको यो संकटमा विभिन्न अन्तर्राष्ट्रिय मुलुकहरु लगायत संयुक्त राष्ट्रसंघले पनि नेपालको पक्षमा भूपरिवेष्ठित मुलुकले पाउनु पर्ने अन्तर्राष्ट्रिय कानून अनुसारको पारवहन सुविधाको हकमा आवाज उठाए । फलस्वरुप नेपालले सिमित नाकाबाट पेट्रोलियम पदार्थ ल्याउन पाउने अवस्था सृजना भयो । भारतले तेल दिन बन्द गरेतापनि निगमले अन्तराष्ट्रिय नियम अन्तर्गत समुद्रसम्मको पहुँच प्रावधान प्रयोग गरी कलकत्ता पोर्टमा निजी क्षेत्रका व्यापारीहरुको स्टोरेज डिपोहरु रातारात भाडामा लिने व्यवस्था गरी सिंगापुरको सप्लायरहरुबाट ससाना पानी जहाज ९खभककभ०ि बाट पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धन आयात गरी संचय गर्ने र टैंकरहरुद्वारा निर्वाध रुपमा वीरगंज नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्र्याउने व्यवस्था गरी सोझै समुद्रपार मुलुकसँग तेलको व्यापार निर्वाध रुपमा सम्पन्न गर्ने व्यवस्था भयो । करिब १ वर्ष जति भैसकेको थियो नेपालको सिधा व्यापार सिंगापुरका अन्तर्राष्ट्रिय तेल कम्पनीहरुसँग विना झंझट र अनिश्चितता । तर विडम्बना भारत माथिको तेलको निर्भरता हट्न गै समुद्र पारका मुलुकसँग भरपर्दो नयाँ व्यवस्था कायम हुँदा हुँदै २०४६ साल पछि बनेको पहिलो सरकारले विना सुझबुझ उपरोक्त व्यवस्थाको अनायास अन्त्य गरी प्राप्त हुन आएको अन्तर्राष्ट्रिय बजारबाट सिधा तेल खरीद गरी नेपाल ल्याउने भरपर्दो एवं दरिलो व्यवस्था सदाको लागि अन्त्य भयो । नेताहरुको अदूरदर्शिताको कारण नेपालको हितमा भएको व्यवस्था अब अतितको सपना
भयो । यदि उक्त व्यवस्था हालसम्म कायम रहन गएको भए अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो हुँदा खरीद गरी भण्डारण गर्ने र महँगो हुँदा सोहि स्टक खर्च गर्न सकिन्थ्यो । जसले गर्दा अहिलेको जस्तो भयावह स्थिति आउने थिएन ।  
यसको साथै हाल वीरगंज र विराटनगरमा सुख्खा बन्दरगाह समेत निर्माण सम्पन्न भै कलकत्ताबाट वीरगंजसम्म सोझै दचयबम नबगनभ चबष्धिबथ निर्वाध रुपमा संचालन भैरहेको परिप्रेक्ष्यमा निगमको कलकत्ता पोर्टको व्यवस्था र अन्तर्राष्ट्रिय बजारबाट सोझै खरीद गर्ने प्रावधान कायमै भएको भए कलकत्ता र हल्दिया पोर्टबाट ठूलाठूला क्षमताका चबष्धिबथ धबनयल सहितका चबपभ (रेल डिब्बाको समूह) सिधा नेपाल आउन आउन सक्थ्यो र नेपालको विकासको मेरुदण्ड पेट्रोलियमको सुनिश्चित व्यवस्था हुन सक्थ्यो । तर विडम्वना राजनैतिक र आर्थिक सुझबुझ नेताहरुले नपु¥याउँदा पेट्रोलियम जस्तो अत्यावश्यक एवं संवेदनशिल वस्तु प्राप्तिको निर्णय अत्यन्त हलुका पाराले लिइदिंदा पुनः भारत माथि नै सदाका लागि निर्भर रहनु पर्ने वाध्यताले निरन्तरता पायो ।
कच्चातेल ९अचगमभ यष्०ि को प्रकार र यस्को मूल्य निर्धारण ः
पाँच–छ दशक अगाडि सम्म पनि पेट्रोलियम पदार्थ राम्रो जीवनयापन व्यतित गर्ने सोखको वस्तु रहेको थियो भने हाल आएर यो पदार्थ जीवनयापनको लागि नभै नहुने अत्यावश्यक वस्तुमा परिणत भएको छ । प्राणीमात्रको लागि नभै नहुने हावा र पानी जस्तै पेट्रोलियम पदार्थ पनि नभै नुहने वस्तुको कोटिमा पर्न गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक राष्ट्रहरुले आफ्नो उत्पादन कच्चा वा प्रशोधित दुबै अवस्थामा विक्रीको लागि छाडिएका हुन्छन् । खरीदकर्ता मुलुकको चाहना बमोजिम ायद  ९ाचष्भनजत यल दयबचम०  अष ९अयकत ष्लकगचबलअभ बलम ाचष्भनजत० मूल्यमा उपरोक्त दुबै प्रकारका पेट्रोलियमको मूल्य तोकिएका हुन्छन् । अन्तर्राष्ट्रिय प्रचलन अनुसार कच्चातेलको विक्री त्यस्ता मुलुकलाई मात्र गर्न सकिन्छ जसको आफ्नै प्रशोधनशाला रहेको छ । तेल प्रशोधनशाला नभएका मुलुकलाई कच्चातेल विक्री गरिंदैनन् । तर प्रशोधित तेलको हकमा प्रशोधनशाला भएका वा नभएका दुबै प्रकारका क्रेता मुलुकलाई न्यूनतम निश्चित थोक परिमाणमा आफुले चाहेको उत्पादक राष्ट्रहरुबाट परिस्कृत पेट्रोलियम प्राप्त गर्न कुनै कठिनाई हुँदैन । कच्चातेलको मूल्य निर्धारण त्यसको गुणस्तरमा आधारित हुने गर्छ । कधभभत अचगमभ र कयगच अचगमभ गरी संसारमा मुख्य २ किमिसका कच्चातेल उत्पादन हुन्छन् ।  कधभभत अचगमभ बाट धजष्तभ यष् िनचयगउ का पेट्रोल, डिजल, मट्टितेल, हवाइ इन्धन धेरै प्रतिशत निस्कने भएकोले यो कच्चा तेल महंगो हुने गर्छ । कयगच अचगमभ बाट धजष्तभ यष् ि कम र दबिअप यष् िनचयगउ का फ्युलआयल, लाइट डिजल आयल, ीक्ज्क्, दष्तगmभलत जस्ता बाक्लो पदार्थ धेरै निस्कने भएकोले यो कच्चातेल सस्तो पर्न जान्छ ।
कधभभत अचगमभ का प्रकार संसारमा मुलुकै पिच्छे धेरै थरिका हुन्छन् जसमध्ये सबैभन्दा राम्रो केहि नाम लिनुपर्दा बेलायतको दचभलत ष्निजत अचगमभ, अमेरिकाको धतष्, र लथmभह इजिप्टको नयकm कुवेतको पगधबष्त ष्निजत, एमनको mबकष्बिु,  मलेशियाको तबउष्क,  साउदिको बचबदष्बल ष्निजत र इराकको ष्चबत्र ष्निजत प्रमुख हुन् । यिनिहरु राम्रा त्यो मानेमा हुन कि यि कच्चातेलबाट धेरै प्रतिशत पेट्रोल, डिजल, मट्टितेल, हवाईइन्धन, पेट्रोलियम ग्यास निस्कन्छन् । साथै अन्य तेल उत्पादक मुलुकहरुको पनि राम्रा नराम्रा दुबै प्रकारका कच्चातेल उत्पादन हुन्छन् तर तिनिहरुको परिमाण उल्लेख्य धेरै नभएकोले यहाँँ उल्लेख गरिएको छैन । क्रेता मुलुकले सबै प्रकारका कच्चातेल सजिलै प्राप्त गर्न सक्दैनन् । कतिपय उत्पादक मुलुकले खरिदकर्तासँग निश्चित अवधिका लागि अग्रिम करार गरी करारका शर्तको अधिनमा रहि विक्री गर्ने गर्छन । कच्चातेल खरीद गरी आफ्नो मुलुकमा प्रशोधन गर्न चाहने मुलुकले कच्चतेल उत्पादक मुलुकको पोर्टबाट निश्चित मूलयमा आफ्नै तेल बोक्ने जहाज प्रस्तुत गरेर वा भाडामा लिइएका जहाज प्रस्तुत गरेर कच्चातेल खरिद गर्छन् । साधारणतया यस्ता थोक परिमाण बोक्ने जहाजको क्षमता तिस हजार मेट्रिक टन देखि पाँचलाख मे.टन सम्म हुन्छन् । कच्चातेलको परिमाण मापन व्यारेल ९दद०ि  मा मापन हुन्छ  । कन्भर्सनको हिसाबले एक मेट्रिकटनमा कच्चातेल ७.३३ व्यारेल हुन्छ र एक व्यारेलमा १५९ लिटर हुन्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको औषत विक्री मूल्य यससँग सम्बन्धित ुअलदअ धष्चभु वा ुउबिततक अचगमभ mबचपभत धष्चभु भन्ने संस्थाको धभदकष्तभ बाट प्रत्येक दिन २४ सै घण्टा जान्न सकिन्छ । यि संस्थाहरुनै कच्चातेलको विक्रीमूल्य थाहा पाउने आधिकारिक र भरपर्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त माध्यम हुन् ।
कच्चातेल नेपालमा प्रशोधनशाला नभएकोले आयात गरिन्न । तसर्थ यसबारे यसको अरु चर्चा गर्नु यहाँ सान्दर्भिक नहोला ।
नेपालमा प्रशोधनशाला ९चभाष्लभचथ० को सम्भावना
नेपालको पेट्रोलियम खपतको आधारमा ठूला क्षमताका रिफाइनरी आवश्यक नपर्ने र साना क्षमताका रिफाइनरी नाफा मुलक ९अयकत भााभअतष्खभ० नहुने भएकोले रिफाइनरी बनाउने अवधारणा युक्तिसँगत छैन । यदि कहिं कतैबाट रिफाइनरी स्थापना गरी उत्पादन गर्ने आँट गरेमा पनि कच्चा तेल नेपालमा ल्याउन नेपालको आफ्नै पोर्ट छैन तापनि ९चभाष्लभचथ० बनाई प्रशोधन गर्ने आँट गरेमा नेपालको नजिकैको भारतीय पोर्ट हल्दियामा डिपो, जेट्टि तथा नेपालसम्मको पाइपलाई पूर्वाधार बनाउनु पर्ने हुन्छ । तर यो योजना अत्यन्त महँगो पर्ने हुँदा रिफाइनरी आर्थिक दृष्टिकोणले कत्ति पनि सम्भव नभएको विज्ञहरु बताउँछन् । यस्तो स्थिति हुँदा हुँदै पनि यदि कसैले नेपालमा रिफाइनरी बनाउँछु भन्छ भने त्यो उसको अत्यन्त महत्वकाँक्षी दिवास्वप्न एवं जनतालाई झुक्याउने योजना मात्र हुनेछ । वर्तमान परिप्रेक्ष्यमा नेपालमा रिफाइनरी बनाई पेट्रोलियम पदार्थ बनाएर बेच्छु भन्नु बँदेलको टाउको देखाएर सुंगुरको मासु बेच्ने जस्तो हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य किन बढ्ने घट्ने गर्छ ?
आजको विश्व बजार अत्यन्त उतार चढाव हुने ९खयबितष्भि० प्रकृतिको छ । संसारको कुनै पनि ठाउँमा राजनैतिक वा आर्थिक घटना घट्ने वित्तिकै पेट्रोलियम बजारमा पत्यक्ष असर परिहाल्छ । केहि वर्ष पहिले इराक युद्धको कारण तेलको बजारमा भाउ आकासिएको थियो भने अहिले अफ्गानिस्तानको युद्धले । त्यस्तै हालैका वर्षहरुमा लिविया र इजिप्टको घटनाले गर्दा तेलको मूल्यमा सिधा असर परिरहेको हामी पाउँछौं । हाल इरानमाथि लागु भएको तेलको नाकावन्दीले गर्दा अन्य तेल उत्पादक मुलुकले तेलको  भाउ अत्यधिक मागको कारण बढाउने गर्दैछन् । प्राकृतिक कारणले गर्दा पनि साधारणतया तेलको विक्री मुल्यमा असर पर्ने गर्छ । विकसित मुलुकहरुमा खास गरेर युरोपियन मुलुकहरु र अमेरिकामा धेरै जाडो भए पनि वा धेरै गर्मि भएपनि तेलको माँग र आपूर्तिमा तुरुन्तै असर परिहाल्छ । यति सम्म कि तेल उत्पादक मुलुकको संगठन ‘ओपेक’का सदस्य राष्ट्रहरुलार्य रकमको आवश्यकता बढि पर्ने वित्तिकै उसले यात भाउँ बढाउँछ या उत्पादन घटाउँछ । भाउ बढाएपनि उनिहरुलाई फाइदा र उत्पादन घटाए पनि बजारको माग सम्बोधन गर्दा जति मुल्य तोकेपनि हुने हुँदा उनिहरुलाई फाइदा पुग्ने हुन्छ । यसको बाबजुद नेपाल, भारत, पाकिस्तान, श्रीलंका जस्ता मुलुकको मुद्रा अमेरिकी डलरमा आवद्ध भएकोले डलरसँगको भहअजबलनभ चबतभ निरन्तर बढ्न जाँदा ति मुलुकहरुलाई भहअजबलनभ चबतभ कै कारण तेल किन्दाको मुल्य महँगो नै पर्न जान्छ । साथै यसबाहेक अन्य धेरै प्राविधिक र आर्थिक कारणहरु छन्  जसले निरन्तर तेलको मूल्यमा प्रभाव पारिरहेका हुन्छन ।
नेपालमा पेट्रोलियम पदार्थको आयात, मूल्य निर्धारण र प्राप्तिको अवस्था ः
सन् २००२ को अप्रिल देखि नेपालले भारतको आफ्नै प्रशोधनशालामा उत्पादित पेट्रोलियम पदार्थ खरीद गर्ने गरेको कुरा माथि उल्लेख भैसकेको छ । विक्री वितरणको हिसाबले इण्डियन आयलको विभिन्न रिफाइनरी, टर्मिनल र डिपोहरुबाट खरीद गरी आफ्नै ढुवानी व्यवस्थाबाट नेपालका पाँचै विकास क्षेत्रमा निर्माण भएका निगमका भण्डारण डिपोमा संचय गरी भहमभउयत वा मभकतष्लबतष्यल मभष्खिभचथ मूल्यमा अधिकृत विक्रेताहरु मार्फत आम उपभोक्ता माझ पेट्रोलियम उपलब्ध गराउने गरिन्छ । पेट्रोलियमको विक्री मुल्य मुलुकको भुभागको अवस्था हेरी फरक फरक तोकिने गर्छ । साधारणतया तराइ बाहेक अन्य स्थानमा ढुवानीकै कारण मूल्य क्रमश ः महँगो हुने गर्छ । विक्री मूल्य तय गर्दा एक्सडिपो मूल्यमा नेपाल भंसार, मूल्य अभिवृद्धि कर, स्थानिय विकास कर, नगरपालिका ढुवानी भाडा, तापक्रमबाट हुने ह्रास, डिलर कमिशन, विमा, डिप्रेसियशन, प्रशासनिक खर्च इत्यादि लागत खर्च जोडिने गर्छ ।
अन्तराष्ट्रिय बजारमा प्रशोधित तेल मध्ये मट्टितेल सबैभन्दा महँगो र त्यसपछि क्रमशः डिजल, पेट्रोल र पेट्रोलियम ग्यास महँगो हुने गर्छ । तर नेपालमा कुरा ठिक विपरित छ । सरकारले आफ्नो आम्दानीको राम्रो स्रोत पेट्रोलियम पदार्थमा नै देख्ने परम्परा रहेको छ । सरकारी महशुल तथा करहरु अत्यधिक भएकै कारण पेट्रोलियम पदार्थ महँगो हुने गर्छ । पेट्रोल, हवाइ इन्धन, एल.पि ग्यास अत्यधिक महँगो हुनुमा राजश्वको दरहरु नै मूख्य कारक तत्व रहेको छ । ढुवानीको साधनमा प्रयोग हुने डिजल र आम उपभोक्ताले खाना पकाउन र बत्ति बाल्न प्रयोग हुने मट्टितेल सस्तो पार्न पेट्रोल, हवाईइन्धन र एल.पि.ग्यासमा अत्यधिक मूल्य बृद्धि गरी प्राप्त नाफाबाट डिजल र मट्टितेलमा हुने घाटापूर्ति गर्ने गरिन्छ । यो प्रणालीलाई अचयकक कगदकष्मथ  को रुपमा लिइन्छ । तर आमजनमानसमा एउटा भ्रम के विद्यमान छ भने सरकारले आयल निगमलाई पेट्रोलिय पदार्थको कारोवारमा अनुदान ९कगदकष्मथ० दिने गर्छ । साधारण व्यक्तिहरु मात्र हैन ठूला ठूला नेता, पढेलेखेका विद्वान तथा व्यक्तित्वले पनि यो कुरा यसरी नै बुझ्ने गरेका छन् । सरकारले अनुदान दिएपनि निगम घाटामा छ, पेट्रोलियम आपूर्ति गर्न सक्तैन भन्ने प्रश्न उठिरहेको हामी पाउँछौं । तर कुरा त्यस्तो पटक्कै होइन । निगमको स्थापना कालदेखि नै पेट्रोलियम पदार्थमा सरकारी अनुदान दिइएको छैन । आयल निगमले नै आन्तरिक अनुदान ९अचयकक कगदकष्मथ० व्यवस्था गरेर सबै पेट्रोलियम पदार्थको विक्री व्यवस्थापन गर्दै आएको छ । यो व्यवस्था आर्थिक स्थिति नभएका आम उपभोक्ताको लागि क्रय शक्ति बलियो भएका हुनेखाने र सुकिलामुकिला उपभोक्ताले प्रयोग गर्ने पेट्रोल, हवाईइन्धन र एल.पि. ग्यासमा अत्यधिक मूल्य वृद्धि गरी डिजल र मट्टितेलमा भएको घाटा समायोजन गर्न गरिएको मात्र हो । हालका केही वर्षहरु यता आएर मात्र सरकार आफु ग्यारेण्टी बसेर निगम घाटोन्मुख हुँदा हुँदा उठ्नै नसक्ने गरी थला परिसकेको हुँदा अन्य संस्थाहरु मार्फत ऋण स्वरुप केही रकम तेल किन्ने कार्यको लागि उपलब्ध गराइ दिने व्यवस्था गर्ने गरेको मात्र हो । अतः सरकारी स्तरबाट अनुदान हालसम्म निगमलाई नदिने गरेको कुरा यहाँ सबैले बुझ्न जरुरी देखिन्छ । यदि निगमलाई घाटामा राखेर उपभोक्तालाई सस्तो मूल्यमा तेल उपलब्ध गराईएको अवस्थालाई नै अनुदानको नामाकरण गरिएको हो भने यो अनुदानको नयाँ परिभाषा हुनेछ ।  प्रकारान्त हिसाबले वार्षिक ८० अर्ब रुपैयाँको हाराहारीमा  कारोवार गर्ने निगमको बअअगmगबितभम ऋण तथा घाटा २०६९ आषाढ मसान्तसम्म मात्र पनि तीस अर्ब रुपैयाँको हारहारीमा रहेको निगम श्रोतको भनाई छ ।
पेट्रोलियम पदार्थ दिनानुदिन महँगो हुँदै गएको छ । आयल निगम अघोषित रुपमा टाट पल्टिसकेको छ, उसँग ऋण तिर्न परै जावस दैनिक आवश्यक पर्ने तेल किन्ने पैसा छैन, सरकार अनुदान दिन सक्तैन, इण्डियन आयल उधारोमा तेल दिन चाहँदैन र सप्लाई बन्द वा कटौति गर्ने धम्कि दिइरन्छ । गरीब जनताका काँधमा रित्तो सिलिण्डर र हातमा जेरिकेन बोकेर दैनिक काम माया मारी तेल प्राप्तिको लागि घरि यो डिलर त घरि त्यो डिलर कहाँ भौँतारी रहन्छ । पेट्रोल डिजलको लाइन पेट्रोल पम्पमा कहिल्यै खाली हुँदैन मानौ अब हाम्रो विकास भनेको दिनहुँ पेट्रोलियमको खोजिमा नै लाग्ने हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एक्कासि धेरै बढ्दैन । बढे पनि क्रमशः विस्तारै अलि अलि गरी बढ्ने गर्छ । अन्तर्राष्ट्रिय बजारमा बढेको बेलामा बढाउने गरेमा थोरै थोरै मात्र बढ्ने हुँदा हामीले पनि समायोजन गरेमा खासै फरक पर्दैन । माँग र आपूर्ति सजिलै नियमन गर्न सकिन्छ । तर सरकार त्यसो गर्न चाहँदैन । जन विरोध आउला र कुर्सि गुम्ला भन्ने डरले उ मूल्यलाई स्थिर राखी छाड्छ । जब थेग्नै नसक्ने गरी अन्तर्राष्ट्रिय मूल्य अत्यधिक माथि जान्छ तब सरकार वाध्य भएर अत्यधिक भाउ बढाउँछ । तर विडम्बना के छ भने सरकार भाउ बढाउँछ उसकै विद्यार्थी संगठन विरोधमा उत्रन्छ, चक्काजाम, बन्द हडतालको आव्हान गर्छ अनि बढेको भाउमा सानो रकम घटाए जस्तो गरेर जन आक्रोस सिथिल पार्छ । विद्यार्थीले हड्ताल गराए वापत सहुलियतमा पेट्रोलियमका केहि सुविधा पाउँछन् । गरीब निमुखा जनता भने किकर्तव्यविमुढ भै अन्यौलमै चित्त बुझाउन बाध्य हुन्छन् ।
सरकारले यसरी कति दिन जनतालाई राख्ने ? के सरकारको कर्तव्य जनताको पिर मर्का निराकरण गर्ने हैन ? के सहज र सरल रुपमा पेट्रोलियम पदार्थ पाउने नैसर्गिक अधिकार जनताको होइन ? दिनभर लाइनमा लाग्नु भन्दा केहि बढि मूल्य तिरेर सामान प्राप्त गर्न जनता तैयार हुँदाहुँदै  उनिहरुलाई अनिश्चितताको भुमरीमा राख्नु नयाँ नेपालको लागि सुहाउने काम हो ? अतः जनताको असन्तुष्टिको ज्वालामुखि फुट्नु अघि सरकार सचेत र दूरदर्शि हुन अत्यन्त जरुरी छ । अहिले जनतामा सामान महँगो भन्दा पनि सामान समयमा नपाउनु उनिहरुको चिन्ताको विषय हो । पेट्रोलियमको भाउ बढेको केहि दिन नवित्दै फेरि पेट्रोलियम पाइन छाड्छ अनि अनिश्चितताको सिलसिला फेरी शुरु हुन्छ र त्यस्तै परिस्थितिले उसलाई आक्रोशित तुल्याउने गर्छ । अतः लेखकको अनुभवको आधारमा पेट्रोलियम पदार्थ सर्वसुलभ र मुल्य पनि केहि सरल बनाउन सकिने उपायहरु मध्ये केहि तल दिए बमोजिम हुन सक्ने देखिन्छ ।
(१)    पेट्रोलियम पदार्थमा एकाधिकार समाप्त गरी निजीक्षेत्रको सहभागिता गर्ने ।
२०६५ सालमा सरकारले नीजि क्षेत्रले पनि पेट्रोलियम पदार्थ आयात गर्न पाउने प्रावधान खुला गरेपनि यसको लागि आवश्यक पर्ने पेट्रोलियम कानून ९उभतचयभिगm बअत० हालसम्म तयार भै नसकेकोले यो प्रावधान अधुरै रहेको छ । मुलुकमा बढ्दो पेट्रोलियम पदार्थको खपत, गिर्दो आर्थिक अवस्था,  अनियन्त्रित बजार भाउ, विगं्रदो राजनैतिक अवस्था, विकृति र विसंगतिमा डुबेको सरकारी एवं संस्थानतन्त्र र आमजनताको दयनिय क्रयशक्तिलाई मध्यनजर राख्ने हो भने अब पेट्रोलियम पदार्थको आयात, विक्री र संचयमा वैकल्पिक व्यवस्था खोज्नै पर्छ । विभिन्न विकसित मुलुक र हाम्रा छिमेकि विकाशसिल मुलुकहरुमा समेत पेट्रोलियम पदार्थको विक्री व्यवस्थापन नीजि क्षेत्रको हातमा पुगिसकेको छ । नीजि क्षेत्रमा स्थापित विभिन्न तेल कम्पनीहरुले आफ्नो लागतमा न्यूनतम् नाफा जोडि बजारिकरण गर्दैछन् । ति मुलुकहरुका नीजिक्षेत्रले आ–आफ्ना उत्पादनको मूल्य आफै तोक्न सक्ने भएकोले प्रतिस्पर्धात्मक रुपमा गुणस्तरीय तेलको विक्री व्यवस्था गर्दै चाहेको बखत विना कुनै झंझट ग्राहकले माग बमोजिम खरीद गर्न सक्ने भरपर्दो व्यवस्था कायम गराएका छन् । राज्यको हकमा पनि आपूर्तिको खासै जवाफदेहिता विना नै अविच्छिन्न रुपमा सबै राजश्वका दरहरु सजिलै प्राप्त गरिरहेका छन् । उदाहरणको रुपमा नेपाल खाद्य संस्थालाई लिउँ । सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले दाल, चामल, पिठो, तेल आदि सहुलियत र अनुदानसहितको मुल्यमा विक्री गर्ने गर्छ तर जनताले आफ्नो इच्छाअनुसार सामान खाद्य संस्थानमा भन्दा अन्यत्रै पाउने भएकोले अन्यत्रैबाट खरिद गर्ने गर्छन । खाद्यको सामान विक्न गाह्रो भएको समाचार पढ्न पाइन्छ भने नीजि क्षेत्रको सामान महँगै भएपनि विक्रि भैरहन्छ । नेपालमा खाद्यान्न पाइन्न भन्ने कुरा विरलै सुनिन्छ । यो नै उदारिकरणको फरक हो । अतः यदि आयल निगमको प्रतिद्वन्दि कम्पनी पनि भएको भए निगम यात राम्रैसँग सुध्रिनु पर्दथ्यो या नसुध्रेमा बन्द भै सक्नु पथ्र्यो । तसर्थ नेपालमा पनि उदारीकरण गरेर आन्तरिकका साथै बाह्य मुलुकका बहुराष्ट्रिय कम्पनीहरुलाई आव्हान गर्दै इच्छुकलाई तेलको कारोवार गर्न खुला गरेमा तेलको वर्तमान अनिश्चितता हट्न गै मुलुकको आर्थिक स्थिति सबल र सक्षम हुनसक्ने निश्चित प्राय देखिन्छ ।
(२)    मूल्य संरक्षण कोष ९यष् िउयय िबअअयगलत०
मुलुकमा अहिलेकै जस्तो एउटै तेल कम्पनी भैरहेमा वा अन्य कम्पनीहरु थप हुन गएमा पनि यो यष् िउयय िबअअयगलत  को व्यवस्था लागु गरेमा मूल्य समायोजनमा  अत्यन्त हितकारी व्यवस्था सावित हुन सक्छ । आयल कम्पनीहरुले अन्तर्राष्ट्रिय बजारबाट तेल खरीद गर्दा कहिले बढेको मूल्यमा र कहिले घटेको मूल्यमा खरिद गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य थपघटको कारण जहिले पनि आन्तरिक विक्री मूल्य ९मयmभकतष्अ कभििष्लन उचष्अभ० मा असर पर्ने गर्छ । तेल कम्पनीहरुले अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बृद्धि हुँदा आफ्नो उत्पादनको पनि विक्री मुल्य बृद्धि गरी हाल्छन् भने बजार भाउ घट्दा बचत हुने रकमलाई कम्पनीको सञ्चालन मुनाफामा समावेश गर्ने गर्छन् । यसले गर्दा उपभोक्ता वर्गलाई भने जहिले पनि र जुनसुकै अवस्थामा पनि मूल्य वृद्धिको मार सहनु पर्ने हुन जान्छ । अतः आयल कम्पनीहरुले अन्तराष्ट्रिय बजारमा तेलको भाउ घट्न जाँदा उक्त नयाँ खरीद गर्ने मूल्यमा किनेको परिमाण पहिले बढेको मुल्यमा विक्री गर्दा हुन आउने फरक रकम मूल्य संरक्षण कोष शिर्षकमा जम्मा गर्नु पर्ने हुन्छ र पुनः अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न गएमा घरेलु मूल्य नबढाई घाटा हुन आउने रकम यही यष् िउयय िबरअ बाट समायोजन गर्ने गरी यष् िउयय िबरअ को व्यवस्था गरेमा मूलय वृद्धिको समस्या केहि हदसम्म समाधान हुन जान्छ । यस्तो व्यवस्था छिमेकि मुलुक भारतमा धेरैवर्ष देखि प्रचलनमा रहँदै आएको छ ।
(३)    राज्यले लिने करका दरहरु घटाउने ः
सरकारले राजश्व बढाउन प्रत्येक आर्थिक वर्षको अन्त्यमा कुनै न कुनै रुपमा पेट्रोलियम पदार्थमा कर र महशुल शुल्कको दरमा बृद्धि गर्ने गर्छ । यसरी बढेका दरहरु यात प्रति लिटर विक्री मूल्यमा जोडि ग्राहकबाट असुल्नु पर्छ या निगम स्वयंले व्यहोर्नु पर्ने हुन्छ । विक्री मूल्यमा बढेको करका दरहरु जोड्दा उपभोक्त मारमा पर्ने, नजोड्दा निगमको घाटा वृद्धि हुने नमिठो अवस्थाको सृजना हुन्छ । एकातिर राज्यले लिने अत्यधिक करको कारण तेलको मूल्य महँगो हुने र अर्कोतिर अन्तर्राष्ट्रिय बजारमा हुने मुल्य वृद्धिको कारण उपभोक्ता सिधै मारमा पर्ने त छँदैछ यसको अलावा तेलबाट चल्ने ढुवानी साधनको पनि भाडा बढ्न जाने हुँदा सम्पूर्ण उपभोग्य सामानको मूल्य पनि बढ्ने गर्छ । अतः अन्तर्राष्ट्रिय बजारको मूल्य बृद्धिको चापलाई नियन्त्रण गर्ने हो भने राज्यले लिने विभिन्न शिर्षकको करहरुको दायरा र दर घटाउनै पर्छ ।
(४)    एयचत ँबअष्ष्तिथ म्भखभयिउ गरेर अन्र्तराष्ट्रिय बजारबाट सोझै तेल खरिद गर्ने व्यवस्था ः
नेपाललाई अन्तर्राष्ट्रिय कानून बमोजिम भारतको कलकत्ता र हल्दिया पोर्टहरुको सुविधा प्राप्त छ । तर ति पोर्टहरुमा हाम्रो छुट्टै संरचना ९ष्लाचबकतचगअतगचभ० को विकास भैनसकेको अवस्था छ । समुद्रपारका मुलुकहरुबाट कन्टेनरमा राख्न सकिने ठोस सामानको आयात र नेपालबाट आफ्ना उत्पादन तयारी पोशाक, उनी गलैँचा, विभिन्न खाद्यान्न आदि सामानहरुको निर्यात गर्नेसम्मको सुविधा मात्र उपभोग गरिंदै आएको छ । मुलुकलाई अत्यावश्यक पर्ने पेट्रोलियम पदार्थ भने भारतबाट मात्र खरीद गरी नेपाल भित्र्याउने प्रावधान रहेको छ । अतः एकाइसौं शताब्दीको द्रुततर गतीमा लम्केको विकाससँग नेपाल पनि सहभागि हुने हो भने अन्र्तराष्ट्रिय बजारमा उत्पादन हुने तेलको अस्थिर मूल्य प्रणालीको फाइदा उठाउन हामीले उपरोक्त पोर्टहरुमा आफ्नै संरचनाको विकास गरी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा ठूलै परिमाण खरीद गरेर भण्डारण गर्ने र मूलय बढेको बेला आयात कम गरी भण्डारबाट खर्च गर्न सकिने हुँदा मुलुकलाई आर्थिक भार पर्नबाट जोगाउन सकिन्छ । नेपाल भित्रै विरगंज, विराटनगरमा सुख्खा बन्दर्गाह बनिसकेको परिप्रेक्ष्य र वीरगंजमा ब्रोडगेज रेल्वे समेतको व्यवस्था भेसकेकोले वीरगंजमा स्टोरेज डिपो बनाएर पेट्रोलियम पदार्थ निर्वाध रुपमा रेल्वे वाइगन  को व्यवस्था गरी ल्याउन सकिन्छ । यस व्यवस्थाले मुलुकलाई आर्थिक रुपमा फाइदा मात्र  हैन अपितु बजार व्यवस्थापनमा पनि निरन्तरता कायम भै सँधै हुने अन्यौलको स्थिति अन्त्य गर्न सकिन्छ ।
५.    निगमको आफ्नै ग्यास प्लाण्टको व्यवस्था हुनुपर्ने ।
माथि उल्लेख भएका सबै प्रकारका पेट्रोलियम पदार्थ निगम स्वयंले आयात एवं विक्रि व्यवस्थापन गरेर आएतापनि एल.पि.ग्यास ९ष्त्रिगषष्भम उभतचयभिगm नबक० को कारोवार भने पुरै नीजि क्षेत्रको अधिनमा छाडेको छ । नीजि क्षेत्रलाई निगमले भारतका हल्दिया, बरौनी र मथुरा रिफाइनरीहरुबाट एक्स रिफाइनरी मूल्यमा ग्यास उपलब्ध गराउने कार्य मात्र गर्ने गर्छ । रिफाइनरीबाट ग्यास उठाई ग्यास उद्योगीहरुले आफ्नो प्लाण्टमा ल्याई १४.२ के.जी. ग्यास ससाना स्टिल सिलिण्डरमा भर्ने काम गरी आआफ्ना डिलर मार्फत ग्राहकसम्म पु¥याउने कार्य आफै सम्पन्न गर्छन् । निगमको दायित्व रिफाइनरीबाट ग्यास उपलब्ध गराउने र खुद्रा विक्री मूल्य तोक्ने कार्यमा सहमति दिनेसम्ममा सिमित रहेको छ । रिफाइनरीबाट ग्यास प्राप्त गरे पश्चात नेपाल भित्र आफ्नो प्लाण्टसम्म ल्याउने सम्पूर्ण खर्चहरु तथा प्लाण्टबाट डिलरसम्म सिलिण्डर पु¥याउने सम्पूर्ण खर्चहरु समेत जोडिएका विक्री मूल्यमा उपभोक्ताले ग्यास पाउने गर्छन । ग्यासमा कालाबजारी, कमतौल भर्ने तथा अन्य हुन सक्ने अवाञ्छित कृयाकलाप बारे ग्यास उद्योगी तथा डिलरको अनुगमन राज्यले तोकेको अनुगमन समितिले गर्ने प्रावधान छ । नेपालमा हाल तिस भन्दा बढि ग्यास कम्पनीहरु कार्यरत छन् । यति धेरै कम्पनीहरु भएपनि ग्यास, आपूर्तिमा भने सँधै नै बाधा व्यवधान हुने गरेको बराबर देख्न सुन्न र भोग्नु परेको छ । पेıोलियम ग्यास अत्यन्त प्रज्वलनशिल वस्तु भएकोले ग्याँसका सिलिण्डरहरु अन्तराष्ıिय प्राविधिक मापदण्ड अनुरुप गुणस्तर विगार्ने धृष्टता गर्ने उधोगि र  पेट्रोलियम ढुवानीका लागि करारमा दिएको टैंकर भित्र ठूला ठूला ड्रमहरु लुकाई छिपाई डिपोबाट तेल चोर्ने प्रयत्न गर्ने लालची व्यबसायीलाई जे गरे पनि हुने रहेछ भन्ने मनोविज्ञान अन्य उद्योगिहरुमा नजाला भन्ने कुरा नकार्न सकिन्न । एक दुईवटा यस्ता उद्योगहरुले गर्दा अन्य सबै ग्यास उद्योगीहरु बदनामीको घेरामा पर्ने हुँदा सबै मिलेर बदमासिमा उत्रने त्यस्ता उद्योगलाई तुरुन्त तिरस्कार गर्न सक्नुपर्छ ।
अतः ग्यासको बजारमा समय समयमा आइपर्ने अप्राकृतिक बाधा व्यवधान चिर्न र ग्यासको थोक तथा खुद्रा मुल्य बढि विश्वसनीय एवं सरल रुपमा निर्धारण गरी ग्यासको माग र आपूर्तिमा सन्तुलन कायम गर्न ग्यास सुरक्षा नीति ९कबाभतथ चभनगबितष्यल० तयार गरी ग्यास उद्योगीहरुसँग सौहार्द वातावरण कायम गरी प्रतिस्पर्धात्मक किसिमले मुलुकको ग्यास व्यवस्थापन सल्ट्याउने हो भने भारतमा इण्डियन आयलले गरे जस्तै निगमले पनि पूर्ण क्षमताको आफ्नो नबक दयततष्लिन उबिलत  स्थापना गरिहाल्नु पर्ने आम उपभोक्ताको आकांक्षा एवं मुलुककै हितमा देखिन्छ ।  साथै प्रयोजनको हिसाबले ग्यासको घरायसी, औद्योगिक र सबारी गरी ३ वटा मूल्य कायम गरेमा ग्यासको बजार व्यवस्थापनमा प्रतिस्पर्धा हुन गै आम उपभोक्ताले ग्यास नपाउने अनिश्चितता सदाको लागि अन्त्य हुने निश्चित प्राय देखिन्छ भने घरायसी प्रयोजनको लागि अनुदान सहितको मूल्यमा दिईने ग्यासको बिक्रि वारे निगम र ग्यास उद्योगीहरु विच राम्रो सामञ्जश्य कायम हुनु पर्ने पनि त्यत्तिकैआवश्यकता देखिन्छ ।
६.    पेट्रोलमा इथानोल ९भतजबलय०ि मिसाई विक्रि गर्ने ः
नेपालमा चीनीमिलहरुको संख्या निकै नै रहेको छ । ससाना खाँडसारि मिलदेखि ठूलाठूला चिनी मिलहरु तराई बेल्टमा छरिएर रहेका छन् । चिनी मिलबाट चिनी निकालिसकेपछि निस्कने छुवा ९mयबिकष्क०  बाट केहि परिमाणमा रक्सी बनाउने स्पिरिट भतजबलय ि निकालिन्छ भने धेरैजसो छुवा प्रयोग हुन नसकि फ्याक्ने काम गरिन्छ । विकसित मुलुकहरु खास गरेर, ब्राजिल, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्युवा, भारत जस्ता मुलुकहरुले खेरजाने छुवाबाट इथानोल बनाई त्यसलाई पेट्रोलमा मिसाएर विक्री गर्ने गरेका छन् । यसरी बन्ने पेट्रोललाई ग्यासोहल ९नबकयजय०ि नाम दिइएको छ । पेट्रोलमा १०% सम्म इथानोल मिसाएर प्रयोग गर्दा गाडिको चाल ९उभचायचmबलअभ० मा कत्ति पनि फरक पर्दैन । यसको प्रयोगबाट एकातिर खेर गैरहेको छुवाबाट इथानोल बनाउन प्रयोग भै चिनी मिलहरुलाई आर्थिक लाभ हुने र अर्को तर्फ पेट्रोलको विक्री मूल्य केही सस्तो हुने भै  त्यति नै बराबरको रकम आयात प्रतिस्थापनबाट मुलुकलाई पेट्रोलको आयातमा विदेशी मुद्रा बचत हुने देखिन्छ । राजश्वको हकमा भंसार महशुल वापत प्रापत हुने रकम केही कम हुने भएपनि त्यति नै बराबरको रकम अन्तशुल्कबाट उठ्ने हुँदा राज्यलाई राजश्वमा खासै फरक पर्दैन ।
७.    लागत मूल्यमा निश्चित रकम थप गरी यो एकपटकको लागि मूल्य वृद्धि गर्ने ९अयकत उगिक अयलअभउत०
महंगोमा खरीद गर्ने र सस्तोमा विक्री गर्ने वर्तमान परिपाटीको अन्त्य जबसम्म हुँदैन निगमलाई नाफामा लैजान पेट्रोलियमको भाउ बढाउनु बाहेक अन्य कुनै विकल्प देखिंदैन । वार्षिक खर्चमा कटौति, कर्मचारी सुविधामा कटौति, विकास निर्माणका काममा कटौति वा अन्य कुनै पनि झिना मसिना विकल्पले निगम नाफामा जाने देखिन्न । कारण वार्षिक ८० अरब भन्दा बढिको कारोवार गर्ने संस्थामा यस्ता साना खर्च कटौतीले निगमको आर्थिक स्थितिमा कुनै माने राख्दैन । अतः वर्तमान आयात लागत मूल्यमा केहि निश्चित रकम थप गरी (घाटा र ऋण पनि पूर्ति गर्ने गरी) बजार मूल्य तोकेमा आपूर्ति विश्वसनिय हुनाको साथै अनिश्चितताको पनि सदाको लागि अन्त्य हुनेछ ।


नेपालमा सुशासन सम्बन्धि कानूनी व्यबस्था

                                                        
अधिवक्ता ः टिकाध्वज खड्का (एल.एल.एम,
अन्तराषर््िट्रय कानून)

 


१. सुशासन के हो ?
 चुस्त सार्वजनिक क्षेत्रको व्यवस्थापन,उत्तरदायित्व, निःशुल्क सूचना प्रवाह र विकास सम्बन्धि अवधारणा नै सुशासन हो ।  भनी विश्व बैकले सुशासनको परिभाषा गरेको पाईन्छ । नेपालको कानूनहरुमा सुशासनको स्पष्ट परिभाषा पाईदैन तर नेपालमा सुशासन कायम गर्ने सम्बन्धमा भएका कानूनहरुको अवलोकन गर्दा सेवाग्राहिको हित र चाहना अनुसारको सेवा दिने गरी सार्वजनिक संस्थाहरुको संचालनलाई नै सुशासन अर्थात असल शासन भन्न सकिन्छ ।
 सुशासनले योजना बनाउने, कार्यान्वयन गर्ने एवम् कानून र प्रक्रियालाई जनताको इच्छा र आवश्यकता अनुरूप सुधार गर्दै लैजाने प्रक्रिया समेतलाई बुझाउछ ।  जनतालाई सेवा दिने (सेवा प्रदायक) सार्वजनिक संस्थाहरुले सेवालिन आउने नागरिक अर्थात सेवाग्राहिलाई सेवा दिदा कसैलाई पनि भेदभाव नगरी, समान ढंगले विना स्वार्थ कानूनले तोकेको प्रक्रिया बमोजिम सरल र सहज तरिकाले सेवा दिने काम गरेमा सुशासन कायम भएको मानिन्छ । सुशासनले  सरकारी कार्यालयको काममा आउने ढिला सुस्तिलाई हटाई सरकारी कार्यालयहरुलाई सेवामुखी समेत बनाउ“छ ।

सुशासनको अवधारणाले सार्वजनिक प्रशासन, समुदाय, गैरसरकारी सामाजिक संघसंस्था, निजीक्षेत्र लगायत सबै क्षेत्रबाट प्रवाहित सम्पूर्ण सेवालाई समेट्दछ । उपर्युक्त क्षेत्रहरू मध्ये सार्वजनिक प्रशासन सबै भन्दा व्यापक र सरकारको ज्यादै महत्वपूर्ण अंग भएकोले सार्वजनिक प्रशासनलाई सुशासनको अवधारणा अनुरूप सञ्चालन गर्न सकेमा अन्य क्षेत्रहरूमा त्यसको  प्रभाव सहजै पर्दछ ।

सुशासनको लागि सार्वजनिक संस्थाहरुको जवाफदेहिता,उत्तरदायित्व,सहभागिता, पारदर्शीता अति महŒवपूर्ण हुन्छ । संङ्क्षेपमा निम्न कुराहरु भएमा सुशासन भएको मानिन्छ ः
ड्ड    जनताको हित, तथा कल्याणलाई बढाउने गरी सेवा प्रदायक संस्थाले काम गरेमा सुशासन भएको मानिन्छ ।
ड्ड    जनतालाई प्रभाव पार्ने विषयको निर्णय प्रक्रियामा स्वयम् उनीहरुलाई सहभागी गराउने कुरा पनि सुशासनसंग सम्बन्धित छ ।
ड्ड    स्थानीय विकासको निर्णय प्रक्रियामा जनताको सहभागिता, सुनिश्चित गराउने कुरा पनि सुशासन संग सम्बन्धित छ ।

२. उत्तरदायित्व के हो ?  
उत्तरदायित्व भनेको कर्तव्य अर्थात जवाफदेहिता वा जिम्मेवारी समेत हो । देशमा भएका प्रचलित ऐन कानूनहरुको सम्मान तथा पालन गर्नु हरेक नागरीकको कर्तव्य हो भने सुशासनको आधारभूत्ँ म्ाँपदण्ड बमोजिम सेवाग्राहिलाई सेवा दिनु सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको कर्तब्य अर्थात उत्तरदायित्व हो । उत्तरदायित्वलाई अर्को शब्दमा जनताप्रतिको जवाफदेहिता वा जिम्मेवारी समेत भनिन्छ ।

सरकारी संस्था एवम्् निकायहरुले देशको संविधान एवम् कानूनमा तोके बमोजिम इमान्दारिता पूर्वक कर्तव्यनिष्ट भई काम र जिम्मेवारी निर्वाह गर्नु पर्दछ र त्यसरी गरिएको कामको र काम गर्न नसकेमा नसक्नुको कारण समेत जनतालाई दिनु पर्दछ ।

३. पारदर्शीता के हो ?
 पारदर्शिता भन्नाले सार्वजनिक सरोकारको विषयमा सरकारी तथा गैर सरकारी क्षेत्रको काम कारवाहीको सूचनामा सर्वसधारणले पहु“च राख्न पाउनु हो । जसले सार्वजनिक संस्थाहरुको कामकारवाहीलाई स्पष्ट र छलङ्ग पार्दछ । सरकारी तथा गैर सरकारी निकायहरुको काम कारबाहीलाई पारदर्शी बनाउनको लागि नेपालमा सूचनाको हक सम्बन्धी ऐन नै बनिसकेको छ । उक्त ऐनमा “राज्यको काम कारवाही लोकतान्त्रिक पद्धतिअनुरुप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउने” र “सार्वजनिक निकायमा रहेको सार्वजनिक महŒवको सूचनामा आम नागरिकको पह“ुचलाई सरल र सहज बनाउने” उल्लेख गरिएको छ ।  

४. सुशासनको महŒव
लोकतान्त्रिक शासन प्रणालीमा सरकारी  तथा गैर सरकारी क्षेत्रले आफ्ना कामकारवाही सञ्चालन गर्दा जनताको सर्वोत्तम हित र कल्याणलाई प्रवद्र्धन गर्ने गरी गर्नु पर्दछ । त्यसैले पनि सुशासन, सेवा प्रदायक, सरकारी तथा गैर सरकारी संस्थाले जनताको चाहना बमोजिम सेवा प्रदान गर्न अपनाउने मापदण्ड पनि भएकोले यस्ता मापदण्डको जति बढि पालना गर्न सक्यो त्यतिनै मात्रामा जनताले सुशासन प्राप्त गर्दछन् । जनताले सुशासन प्राप्त गरेको अनुभूति गरेमा मात्र राष्ट्र, प्रजातन्त्र र मानव अधिकारको जगपनि बलियो हुन्छ । अतः सुशासन प्रजातन्त्र र मानव अधिकार कै महŒवपूर्ण मापदण्ड भएकोले समाजमा सुशासनको महŒव निम्न अनुसार छन्ः
    
ड्ड    सुशासन कायम भएमा सर्वसाधारणले सरकारी तथा गैर सरकारी निकायबाट सेवा सरल, छिटो, छरितो र पारदर्शी ढंगबाट पाउन सक्दछन् ।
ड्ड    सुशासनले सर्वसाधारण जनता र सरकारी निकाय बीचको सम्बन्धलाई घनिष्ट र बलियो बनाउ“छ ।
ड्ड    सुशासनले सरकारी  र गैर सरकारी निकाय प्रति जनताको आस्था, विस्वास र अपनत्व बढाउ“छ ।
ड्ड    सुशासनले सरकारी र गैर सरकारी निकायका पदाधिकारी तथा कर्मचारीलाई सेवाग्राहि जनसाधारण प्रति जिम्मेवार र उत्तरदायी बनाउ“छ ।
ड्ड    सुशासनको कारणले सरकारी तथा गैर सरकारी निकायको काम कारवाहीको वारेमा जनसाधारणले सजिलै थाहा पाउछन् ।
ड्ड    सुशासनको अबधारणले जनतालाई आफूलाई प्रभावपार्ने विषयकोे निर्णय प्रक्रियामा सहभागी गराउनमा जोड दिन्छ ।


५. सुशासन तथा भ्रष्टाचारका सम्बन्धमा नेपालका कानूनी व्यवस्थाहरु

क. नेपालको अन्तरिम संविधान २०६३  
नेपालको अन्तरिम संविधान अन्तरगत सुशासनको वारेमा यसरी उल्लेख गरेको पाइन्छ ।
प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ ।
विश्वव्यापी रुपमा स्वीकृत आधारभूत मानव अधिकार, बहुदलीय प्रतिष्प्रधात्मक लोकतान्त्रिक प्रणाली, जनतामा निहित सार्वभौम सत्ता र जनताको सर्वोच्चता, संवैधानिक सन्तुलन र नियन्त्रण, कानूनको शासन, सामाजिक न्याय र समानता, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, नागरिक समाजको अनुगमन, पूर्ण प्रेस स्वतन्त्रता, जनताको सूचनाको अधिकार, राजनैतिक दलहरुका क्रियाकलापहरुमा पारदर्शिता र जवाफदेहीता, जनसहभागिता, निष्पक्ष, सक्षम तथा स्वच्छ प्रशासनतन्त्रका अवधारणाहरुको पूर्ण परिपालना गर्ने, राजनैतिक प्रणाली अवलम्बन गरी भ्रष्टाचार र दण्डहिनताको अन्त्य गरी सुशासन कायम गर्ने ।  

ख. सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४
मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागिता मूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउने, कानूनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रिकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्सात गरी सर्वसाधारणले पाउनुपर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढंगबाट पाउने व्यवस्था सिर्जना गर्ने । तथा सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन र प्रशासन संयन्त्रलाई सेवा प्रदायक संयन्त्र तथा सहजकर्ताको रुपमा रुपान्तरण गर्ने कुरा ऐनमा उल्लेख गरिएको छ ।  उक्त ऐनमा भएका सुशासनस“ग सम्बन्धित मूख्य व्यवस्थाहरु निम्न अनुसार छन् ः

सुशासनका लागि प्रशासनिक कार्य सञ्चालनका आधार
मुलुकमा सुशासन कायम गर्न सरकारी निकायका पदाधिकारी तथा कर्मचारीहरूले कार्य सम्पादन गर्दा जनताको बृहत्तर हित समन्याय र समावेशिकरण, कानूनको शासन मानवअधिकारको प्रत्याभूति ,. पारदर्शीता, वस्तुनिष्ठता, जवाफदेहिता तथा इमान्दरिता,आर्थिक अनुशासन, भ्रष्टाचारमुक्त, चुस्त र जनमुखी प्रशासन, प्रशासन संयन्त्रको तटस्थता तथा निष्पक्षतालाई आधारमानी गर्नुपर्दछ ।

सुशासनको लागि नेपाल सरकाले अख्तियार गर्ने नीतिहरुः
नेपाल सरकारले प्रशासनिक कार्य संचालन गर्दा आर्थिक उदारिकरण, गरीबि निवारण, सामाजिक न्याय, प्राकृतिक तथा अन्य सार्वजनकि स्रोतको दीगो तथा कूशल व्यवस्थापन, महिला सशक्तिकरण तथा लैङ्गिक न्यायको विकास, वातावरणीय संरक्षण, जनजाति, दलित तथा आर्थिक तथा सामाजिक रुपमा पिछडिएका बर्गको उत्थान,लगायतका नीतिहरू अख्तियार गनुृपर्छ ।  

सुशासन कायम गर्नको लागि सार्वजनकि पदधारण गरेका व्यक्तिको जिम्मेवारी
सार्वजनिक पदधारण गरेको व्यक्तिको जिम्मेवारी अन्तरगत सेवा प्रदायक संस्थाका प्रमुख तथा कर्मचारीहरूले आफू बहाल रहेको कार्यालयबाट जनसाधारणलाई प्रदान गरिने सेवालाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरेको छ ।

सुशासनको लागि प्रशासनिक कार्य सम्पादन गर्दा अनपनाउनु पर्ने कार्यविधि
सुशासनकायम गरी सेवाग्राहिलाई प्रभावकारी, सरल र सहज ढंगबाट सेवा प्दान गर्ने सेवाप्रदायक संस्थाका प्रमुख तथा कर्मचारीहरूले कुनै निर्णय गर्नु पर्दा कानूनमा तोके बमोजिमको समय भित्र निर्णय गर्नुपर्ने, कुनै कारणवस समय भित्र निर्णय गर्न नसके सो को कारण खुलाई निर्णय गर्नुपर्ने पारदर्शी ढंगले निर्णय गर्नुपर्ने, तथा आफ्नो स्वार्थ बाझिएको वा आफ्नो स्वार्थस“ग सम्बन्धित निर्णय गर्नु नहुने व्यवस्था गरेको छ ।   
नागरिक बडापत्र राख्नुपर्ने

सर्वधारणलाई सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम गर्ने सबै सरकारी कार्यालयले सबैले देख्ने ठाउ“मा कार्यालयले दिने सेवा र त्यसको प्रकृत्ति,सेवा ग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने प्रक्रिया (कार्यविधि),सेवा प्रदान गर्न लाग्ने समयसिमा,सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण,सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सो को विवरण समेत खुलाएर नागरिक वडापत्र राख्नु पर्ने व्यबस्था गरेको छ ।  

ग. सुशासन व्यवस्थापन तथा संचालन नियमावली २०६५
 ऐनमा भएको व्यबस्थालाई प्रभावकारि ढंगले कार्यान्वयन गर्नको लागि नियमावलीले सेवा प्रदायक संस्थाले सेवाग्राहिलाई प्रभावकारी सरल र सर्वसुलभ ढंगले सेवा प्रवाह गर्नको लागि सरकारी कार्यालयका कर्मचारीले सार्वजनिक चासोको विषयको कार्यान्वयनको शीलशीलामा परामर्श गर्दा सरोकारवाला तथा नागरिक समाजका सदस्य वा प्रतिनिधिलाई विषयको प्रकृति हेरी मनासिव समय दिई उपस्थितिको लागि सूचना दिनु पर्ने, अनुशासनमा रही इमान्दारी र तत्परताका साथ कर्तव्य पालन गर्नुपर्ने, कम्पनी स्थापना, संचालन तथा व्यापार व्यवसाय गर्न नहुने, निर्वाचनमा कुनै राजनैतिक दलको प्रचार गर्ने र समर्थक भई भागलिन नहुने र कर्तव्य पालना गर्दा शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने, तोकिएको जिम्मेवारी निर्वाह गर्दा कुनै पनि प्रकारको असर पर्न सक्ने गरी दान उपहार चन्दा प्राप्त गर्न र सापटी लिन दिन नहुने, थप व्यवस्था गरेको छ ।

नागरिक वडापत्र सम्बन्धी व्यवस्था अन्तरगत  ऐनमा उल्लेख भए बमोजिम बाहेक सेवाप्राप्त गर्ने सेवाग्राहिले पेश गर्नुपर्ने कागजात, सेवाग्राहिले सेवा सम्बन्धमा गरेको गुनासो सुन्ने अधिकारीको पद र नाम, सेवा प्रदायक निकायको तालुक (ठाउ“), कार्यालय र टेलिफोन नम्बर समेत नागरिक वडापत्रमा खुलाउनु पर्ने कुरा उल्लेख गरेको छ ।

परियोजना र आयोजनामा जनताको सहभागिता र स्वामित्व
परियोजना वा आयोजनामा जनताको प्रत्यक्ष सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्था कायम गर्र्न सेवा प्रदायक संस्थाले परियोजना वा आयोजनाको छनौट गर्दा जनताको माग र आवश्यकताको आधारमा गर्ने, परियोजना वा आयोजनाको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा जनसहभागिता सुनिश्चित गर्ने व्यवस्था मिलाउने  व्यवस्था नियमावलीले गरेको छः।  

सेवाग्राहिको गुनासो व्यबस्थापन सम्बन्धी व्यबस्था
यस व्यबस्था अन्तरगत प्रत्येक सरकारी कार्यालयमा गुनासो सुन्ने जिम्मेवार अधिकारी (नोडल अफिसर) तोक्नु पर्ने,गुनासो सुन्न निशुल्क टेलिफोन सेवा उपलब्ध गराउनु पर्ने,प्राप्त भएका गुनासो २४ घण्टा भित्र कार्यालय प्रमुख समक्ष पेश गरी गुनासोको उचित व्यबस्थापन गर्नु पर्ने व्यबस्था गरिएको छ ।

घ. सूचनाको हक सम्बन्धी ऐन, २०६४  
राज्यको काम कारबाही लोकतान्त्रिक पद्धती अनुरुप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महŒवको सूचनामा आम नागरिकको पहु“चलाई सरल र सहज बनाउन र नागरिकको सुसुचित हुनेहकलाई संरक्षण तथा प्रचलन गराउने मुख्य उद्देश्य सूचनाको हक सम्बन्धी ऐनको रहेको कुरा ऐनमा उल्लेख गरिएको छ ।  

“सूचनाको हक” भन्नाले सार्वजनिक निकायमा रहेको सार्वजनिक महŒवको सूचना माग्ने र पाउने अधिकार सम्झनु पर्दछ र सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखत सामग्री वा सो निकायको काम कारबाहीको अध्ययन वा अवलोकन गर्ने सार्वजनिक महŒवको निर्माण कार्य भई रहेको स्थलको भ्रमण र अवलोकन गर्ने, कुनै सामग्रीको प्रमाणिक नमूना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्र मार्फत प्राप्त गर्ने अधिकारलाई जनाउ“छ भनी उल्लेख गरिएको छ ।
 
यसैगरी “सूचना” के हो भनी परिभाषा गर्ने क्रममा ऐनमा सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महŒवको काम, तत्सम्बन्धी कारवाही वा निर्णयस“ग सम्बन्धित कुनै लिखत, सामग्री वा जानकारी नै सूचना हो भनी उल्लेख गरिएको छ ।  

उक्त ऐन ले सार्वजनिक निकायको सूचना प्रत्येक नेपाली नागरिकले पाउने कुराको व्यवस्था गरेकोे छ । तर उक्त सूचना पाउनको लागि सूचना प्राप्त गर्न चाहने नेपाली नागरिकले सूचना अधिकृत समक्ष निवेदन दिनु पर्दछ ।  
 
ङ निजामति सेवा ऐन,२०४९
 निजामति कर्मचारिको आचरण अन्तरगत ऐनमा निजामति कर्मचारिले दान,उपहार,चन्दा तथा सेवाग्राहिबाट सापटी लिन नहुने, आफनो कार्यालयमा काम गर्दा सबै संग शिष्ट व्यबहार गर्नु पर्ने । मर्यादापूर्बक, निष्पक्ष,स्वच्छ र छिटो छरितो रुपमा कार्य सम्पादन गर्नु पर्ने । सेवाग्राहि संग मर्यादित व्यबहार गर्नु पर्ने र सेवाग्राहिको काम गर्दा काम संग सम्बन्धित विषय,प्रकृया र काम सम्पादन गर्न लाग्ने समयको स्पष्ट जानकारी सेवाग्राहिलाई दिनु पर्ने व्यबस्था गरेको छ ।

च. निजामति सेवा नियमावली, २०५०
  निजामति कर्मचारिको नैतिक दायित्व अन्तरगत सेवाग्राहिप्रति समान व्यबहार गर्ने, राष्ı र जनताको बृहत्तर हितलाई प्राथमिकता दिने,वस्तु तथा सेवाको वितरणको मापदण्ड र कार्यविधिको पारदर्शीता कायम गर्ने,न्यूनतम समयमा जिम्मेवारी सम्पादन गर्न प्रयत्न गर्ने तथा आधारभूत मानवीय मस्ल्य मान्यता पं्रति सम्मान गर्ने जस्ता सुशासन सम्बन्धी व्यबस्था गरिएको छ ।  

छ. निजामति कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५   
उक्त नियमावलीमा निजामति कर्मचारीले आफ्नो कार्यालयबाट प्रदान गरिने सेवा सुविधा आपूर्ति गर्ने वा उपलब्ध गराउने सामाग्री वा निर्माण कार्य संचालन गर्ने भए सो सम्बन्धी तौर तरिका र त्यसको निर्णय प्रक्रियालाई पारदर्शी बनाउनु पर्ने व्यवस्था  गरेको छ ।  

    यसैगरी निजामती कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रुपमा गर्न प्रयत्नशील रहनु पर्ने र सेवा दि“दा बृद्धा, अशक्त, अपाङ्ग, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने, सेवाग्राहिको काम समयमै गरीदिनु पर्ने कुनै कारणबाट समयमै काम गर्न नसकेमा वा काम गर्न नमिल्ने भएमा त्यसको आधार र कारण सक्दो चाडो सेवाग्राहिलाई दिनुपर्ने, सेवाग्राहिलाई सकेसम्म सरल र सहज,सजिलै बुझ्नसक्ने भाषामा जानकारी तथा सल्लाह दिनुपर्ने व्यवस्था गरेको छः ।

यसैगरी सेवा प्रवाहमा नागरिकहरुको कार्यालय प्रति कुनै गुनासो रहेमा उक्त नागरिकको गुनासो प्रति संवेदनशील रहनुपर्ने र सकेसम्म गुनासो नआउने गरी आफूले काम गर्नुपर्ने र सरकारी कार्यालयको कामवारे कुनै नागरिकले जानकारी लिन चाहे उपयुक्त र प्रभावकारी जवाफ शिष्टताको साथ दिनुपर्ने समेत व्यवस्था गरेको छ ।  

ज.स्थानीय स्वायत्त शासन ऐन,२०५५

ड्ड    विकेन्द्रिकरणको माध्यमबाट सार्बभौम जनतालाई शासन प्रकृयामा बढि भन्दा बढी सहभागि हुने अवशर जुटाई प्रजातन्त्रको लाभ उपभोग गर्न सक्ने ब्यवस्था गर्ने,विकास प्रकृयामा समग्र जनताको सहभागिता अभिबृद्धि तथा जवाफदेही स्थानीय निकायको विकास गर्ने कुरा ऐनमा उल्लेख गरिएको छ ।

ड्ड    स्थानीय स्वायत्त शासनका सिद्धान्त तथा नीति अन्तरगत स्थानीय निकायमा स्थानीय जनताको लागि सोच्ने र जवाफदेही बहन गर्न सक्ने संस्थागत संयन्त्र र कार्यगत संरचनाको निर्माण गर्ने,स्थानीय निकायलाई अधिकार दिदा प्रजातान्त्रिक प्रकृया,पारदर्शी व्यबहार,जनउत्तरदायित्व र जनताको सहभागितामा आधारीत नागरिक समाजको स्थापना गर्ने कुरा उल्लेख गरिएको छ ।

ड्ड    यसै गरी आयोजना छनौट गर्दा संचालन गर्दा बढि भन्दा बढी स्थानीय जनताको सहभागिता हुने गरी गर्ने, छनौट भएका आयोजनाको जानकारी गाउ“वासी बीच गराउनु पर्ने,सेवा क्षेत्रमा लगानी गर्दा,आयोजना र सेवा कार्यक्रम तर्जुमा गर्दा गाउ विकास समिति र सरकारी , गैर सरकारी निकायहरुबीच समन्वय गर्ने,गाउ परिषदबाट वार्षिक बजेट तथा कार्यक्रम पारित नगरी कोषबाट रकम खर्च नगर्ने र योजानहरु उपभोक्ता समिति मार्फत संचालन गर्नु पर्ने व्यबस्था समेत स्थानीय स्वायत्त शासन ऐनले गरेको छ ।
झ. सार्वजनिक खरिद ऐन, २०६३
सार्वजनिक खरिद  सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाइ अझ बढी खुला, पारदर्शी,वस्तनिष्ठ र विश्वसनीय  बनाउन,सार्वजनिक  खरिद  प्रक्रियामा  प्रतिस्पर्धा,स्वच्छता,  इमान्दारीता,जवाफदेहीता  र  विश्वशनीयता  प्रवद्र्घन  गरी  मितव्ययी  तथा  विवेकपूर्ण ढंङ्गबाट सार्वजनिक  खर्चको अधिकतम प्रतिफल हासिल गर्न र सार्वजनिक निकायले निमार्ण कार्य गर्दा गराउदा, मालसामान, परामर्श सेवा तथा अन्य  सेवा खरिद गर्दा उत्पादक, बिक्रेता, आपूर्तिकता, निर्माण व्यवसायी वा  सेवाप्रदायकलाई विना भेदभाव  सार्वजनिक खरिद प्रक्रियामा  सहभागी हने  समान अवसर  सुनिश्चितगरी सुशासनको प्रत्याभूति दिलाउने उद्देश्य यस ऐनको रहेको छ ।

६.नेपालमा सुशासनको अवस्था

आ.व.२०६८।०६९ मा नेपालका विभिन्न जिल्लामा कामको सिलसिलामा आएका मध्ये संखुवासभामा १६,सोलुखुम्बुमा १२.२८,मोरङमा ५६,बागलुङ्गमा १८.७५, बैतडीमा ९, बझाङमा ७,पर्वतमा ९.३७,कास्कीमा २८.१२,रोल्पामा ६,अर्घखाचीमा ३.३३,चितवनमा ३१,मुगुमा २९,म्याग्दिमा १९,कपिलवस्तुमा ३६,जुम्लामा १४ र बर्दियामा ४.४४ प्रतिशत सेवाग्राहीले कामको सिलसिलामा अतिरिक्त रकम (घुस) दिनु परेको बताएका छन् ।
 यसरि खुलेआम रुपमा घुस लिने सेवा प्रदायक संस्थामा ढिला सुस्ति,अपारदर्शीता तथा सुशासनको प्रत्याभूति नभएको गुनासो सेवाग्राहीले गर्ने गरेका छन् ।

 नेपालको अन्तरिम संविधान, २०६३ मा कानूनको शासन जनताको सूचनाको अधिकार, पारदर्शीता र जवाफदेहिता, जनसहभागिता, निष्पक्ष, सक्षम तथा स्वच्छ प्रशासनतन्त्रको अवधारणाको परिपालना गरी भ्रष्टाचार र दण्डहिनताको अन्त्य गरी सुशासन कायम गर्ने कुरा प्रष्टस“ग उल्लेख गरेको छ ।  संविधानको उक्त उद्देश्यलाई मूर्त रूप दिन र प्रभावकारी कार्यान्वयन गर्न सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४, नियमावली,२०६५, निजामति कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ समेत निर्माण भई कार्यान्वयन भई रहेको पाईन्छ भने यी नया“ कानूनका अतिरिक्त २०६२÷०६३ को जन आन्दोलन पूर्वनै निर्माण भएका स्थानीय स्वायत्त साशन ऐन, २०५५ भ्रष्टाचार निवारण ऐन, २०५९ अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लगाएतका कानूनहरू पनि क्रियाशील रहेका छन् ।

उल्लेखित कानूनी प्रावधान तथा जनतालाई सुशासनको अनुभूति दिलाई छिटोछरितो, गुणस्तरयुक्त र सुलभ ढंगमा सेवा प्रवाह गर्ने सरकारकोे प्रतिबद्धता  हु“दाहु“दै पनि लोकतन्त्रको प्राप्ती पछि जनताले आशा गरे अनुरूप सुशासन, जवाफदेहिता, पारदर्शीताको सुनिश्चितता भ्रष्टाचारको न्यूनिकरण भएको पाइदैन जसले गर्दा गरीबीको रेखामुनी रहेका जनताको जीवन स्तरमा प्रत्यक्ष नकारात्मक असर परेको छ ।

वर्तमान राष्ıिय अबस्थालाई नियाल्दा व्यबस्थापिका–संसदको रुपमा समेत काम गर्ने गरी गठन भएको संविधान सभाको विघटन भएपछि भ्रष्टाचार नियन्त्रणका लागि गठन भएका राज्यका संयन्त्रहरु,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सार्वजनिक लेखा समिति नेतृत्व बिहिन अबस्थामा पुगेका छन भने विशेष अदालत,सर्वोच्च अदालत पनि न्यायधिश विहिन अवस्थाको निकट छन । सरकारी हिसाबकिताब केलाउने महालेखा परीक्षक विभाग २०६३ पुस १७ देखि नेतृत्व विहिन छ ।  यी कारणहरुले गर्दा भ्रष्टाचार झन मौलाएको कुरा ट्रान्सपरेन्सि ईन्टरनेसनलको वार्षिक प्रतिवेदन २०१२ मा विश्वमा नेपाल भ्रष्टाचारमा १३९ औं स्थानमा रहेको कुराले पनी पुष्टि गर्दछ ।

त्यसैगरी सेवा प्रदायक संस्था र सेवाग्राहिको सम्बन्धलाई आधार मानेर अहिलेको अवस्थाको विश्लेषण गर्दा सेवाग्राहिले सेवा प्रदायक संस्थाको कार्यशैलि प्रति निम्न अनुसारको गुनासो व्यक्त गर्ने गरेको पाईन्छ ः

क. सुशासन कायम गर्ने सम्बन्धमा भएका कानूनी ब्यवस्थाहरुको कार्यान्वयन प्रभावकारी रुपमा भएको छैैन ।
ख. सेवाप्रदायक संस्थाबाट बहुसंख्यक सेवाग्राहिले सरल, सहज र छिटोछरितो ढंगले सेवा प्राप्तगर्न सकेका छैैनन् ।   ग. सार्वजनिक सेवाको गुणस्तर अत्यन्तै न्यून छ ।
घ. सुशासन कायम गर्ने सम्बन्धमा भएका कानूनी ब्यवस्थाहरुको बारेमा जनतालाई न्यून जानकारी छ ।
ङ. स्थानीय विकास प्रकृयामा सम्बन्धित निकायले जनताको सहभागिता सुनिश्चित गरेको पाईदैन ।
च.सेवाग्राहिले निर्धारित समयमा सेवा नपाउदा पुगेको क्षति वापत क्षतिपूर्ति र ढिलासुस्ति गर्ने कर्मचारीले सजाय पाएको पाईदैन ।

 यी माथी उल्लेखित अबस्थाको आधारमा कार्यालयका प्रमुख तथा कर्मचारीहरुले सेवाग्राहिलाई सेवा दिनु आफ्नो कर्तव्य हो र सेवाग्राहिको सेवा पाउने अधिकार हो । र आफूहरु सेवाग्राहिको सेवक हो भन्ने सुशासनको मर्मलाई अझै आत्मसात गर्नसकेका पाईदैन जसले गर्दा जनताको सरकार तथा सरकारका निकाय (सरकारी कार्यालय) हरु प्रति आस्था घटेको छ । यसरी जनताको राज्यमा निकायप्रतिको विश्वास र अपनत्वको कमीले लोकतन्त्र र राष्ट्रियतालाई नै कमजोर बनाएकोछ ।

  गैरसरकारी क्षेत्रबाट पनि सुशासन कायम गर्ने सन्दर्भमा भएका कानूनी व्यवस्था तथा सेवाग्राहिको अधिकार र सेवा प्रदायक संस्थाको कर्तव्यको वारेमा भएका व्यवस्थाहरु प्रति जनतालाई सुसुचित गर्ने,सुशासनको कार्यान्वयन भए नभएको निगरानी राख्ने, सेवाग्राहि र सेवा प्रदायक संस्थाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई गराउने तथा आफनो संस्थाभित्रका कृयाकलाप संचालन गर्दा सुशासनको मूल्यमान्यता बमोजिम गर्ने कार्य प्रभावकारी ढंगबाट हुन आवश्यक देखिन्छ । जसको लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट निम्न कार्यहरु हुन आवश्यक देखिन्छ ः

७. सुशासनकालागि सरकारको भूमिका  

 सरकारको मुख्य अंगको रुपमा व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका रहेको हुन्छ । व्यवस्थापिकाको काम कानून बनाउने, कार्यापालिकाको काम व्यवस्थापिकाले बनाएको कानूनको कार्यान्वयन गर्ने तथा दैनिक प्रशासन संचालन गर्ने, न्यायपालिकाको काम व्यवस्थापिकाले बनाएको कानूनको उलंघन भएमा त्यसबाट मर्का पर्ने पक्षबाट उजुरी लिने र न्याय प्रदान गर्ने तथा व्यवस्थापिकाले बनाएको कानूनको व्याख्या गर्ने हुन्छ । अतःसुशासन कायम गर्ने सन्दर्भमा समेत सरकार (राज्यका तीन वटै अंग) को भूमिका महŒवपूर्ण हुने कुरा निष्पक्ष, सक्षम तथा स्वच्छ प्रशासनतन्त्रका अवधारणाहरुको पूर्ण परिपालना गर्ने, राजनैतिक प्रणाली अवलम्बन गरी भ्रष्टाचार र दण्डहिनताको अन्त्य गरी सुशासन कायम गर्ने ।  भन्ने अन्तरिम संविधानमा भएको व्यबस्थाबाट पनी प्रष्ट हुन्छ ।

      सुशासन कायम गर्नको लागि सरकारले निम्न भूमिका गर्न आवश्यक देखिन्छ ः

क. सुशासन कायम गर्नको लागि आवश्यक पर्ने कानूनहरुको निर्माण,आवश्यकता अनुरुप भएका कानूनहरुको परिर्माजन तथा संशोधन गर्ने ।

ख. सुशासन कायम गर्नको लागि आवश्यक पर्ने कानूनी संयन्त्रहरुको निर्माण र भएका संयन्त्रहरुको प्रभावकारि कार्यान्वयन गर्ने ।

ग.कानूनी प्रावधान बमोजिम सेवाग्राहिलाई सेवा प्रवाह नगर्ने कर्मचारीलाई दण्ड दिई मर्का पर्ने सेवाग्राहिलाई क्षतिपूर्ति तथा अपचारको व्यबस्था गर्ने ।

घ.सुशासन कायम गर्ने सम्बन्धमा भएका कानूनहरुको बारेमा आम जनतालाई सुसुचित गर्ने ।
ङ..सुशासन कायम गर्नको लागि कृयाशिल नागरिक संस्थाहरुको बीचमा आवश्यक समन्वय र सहयोग गर्ने ।


८. सुशासनको लागि गैर सरकारी क्षेत्रको भूमिका

 गैरसरकारी क्षेत्र भनेको सरकार र नागरिक दुबैलाई सहयोग पु–याउने र जनतालाई सु–सूचित गर्ने महŒवपूर्ण क्षेत्र हो । यसले स्थानीय तहका जनतास“ग प्रत्यक्ष सम्पर्क र सम्बन्धकायम गरेको हुन्छ र जनताको हितलाई प्रोत्साहन गर्न प्रयत्नशील हुन्छ । जनतालाई सुशासनको प्रत्याभूति दिलाउने सेवा प्रदायक संस्थाले आफनो कामको मूल्याङ्कन आफैले गर्दा वा आफु विरुद्धको गुनासोको संबोधन गर्दा उसको  निष्पक्षता प्रति प्रश्न पनि उठ्न सक्ने हुदा सेवा प्रदायक संस्थाको काम कारबाही उपर गैर सरकारी क्षेत्रले निगरानी समुहको रुपमा काम गर्नु बढी सान्दर्भिक हुन्छ । भ्रष्टाचार, सुशासन,पारदर्शीता जस्तो ब्यापक र संवेदनशिल क्षेत्रको काम प्रभावकारी ढंगले संचालन गर्न केबल राज्यको प्रयत्नले मात्र संभव हुन कठिन हुने हुदा पनी गैर सरकारी क्षेत्रको भूमिका अपरिहार्य छ । अतःसुशासन कायम गराउने सन्दर्भमा गैरसरकारी क्षेत्रले निम्न भूमिका खेल्न सक्दछन्ः

क) सुशासन कायम गर्ने सन्दर्भमा भएका ऐन कानूनका व्यवस्थाहरु बारे जनतालाई चेतना जगाउने ।

ख) सुशासन कायम राख्नको लागि सेवा प्रदायक संस्थाले गरेको कामको निगरानी राख्ने ।

ग) सेवाग्राहिको गुनासो सुन्न र उक्त गुनासोको संबोधन गराउन सेवाग्राहि र सेवाप्रदायक बीच अन्तरकृयाको लागि सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमहरु आयोजना गर्ने ।

घ) सेवाग्राहिले आवश्यकता महसुस गरेको विषयमा आवश्यक परामर्श दिने ।

अतः उल्लेखित कार्यहरु मार्फत सुशासनको प्रभावकारी कार्यान्वयन गरी सेवाग्राही आम जनताको हितको संरक्षण गर्न सके अन्ततः लोकतन्त्रको जग पनी बलियो हुन्छ ।



सन्दर्भ सामाग्री सूची
निजामति सेवा ऐन,२०४९
निजामति सेवा नियमावली, २०५०
निजामति कर्मचारीको आचरण सम्बन्धी नियमावली–२०६५  
 नेपालको अन्तरिम संविधान २०६३  
स्थानीय स्वायत्त शासन ऐन,२०५५
 
सार्वजनिक खरिद ऐन, २०६३
सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४
सुशासन व्यवस्थापन तथा संचालन नियमावली २०६५
आ.व.२०६६–०६७ को बजेट वक्तव्य,नेपाल सरकार,अर्थ मन्त्रालय
असल शासन वर्ष प’स्तक द्दण्टछ,प्रो पब्लिक
विषेश बुलेटिन पारदर्शी, ट्रासपरेन्सी इन्टरनेसनल नेपाल, २०६७ माघ
 राष्ıिय सतर्कता केन्द्रको दश बर्ष,नेपाल सरकार, राष्ıिय सतर्कता केन्द
संयुक्त राष्ı संघ,आर्थिक तथा सामाजिक परिषदको २००६ मा न्यूयोर्कमा सम्पन्न पा“चौे सेशनको प्रतिवेदन